• २१ वैशाख २०८१, शुक्रबार

गोरखामा यु – १३ अन्तर विद्यालय लिग फुटबल सुरु

blog

गुणबहादुर रोका 

सुलीकोट, असोज १५ गते । गोरखा नगरपालिका –९ स्थित दल भञ्ज्याङमा यु – १३ अन्तर विद्यालय लिग फुटबल प्रतियोगिता सुरु भएको छ । द ओसन क्लबको आयोजनमा शनिवार सुरु भएको प्रतियोगिता अन्तरगत पहिलो दिनमा पाँच खेल सम्पन्न भएका छन् । 

पहिलो खेल सूर्यमुखी बेडिङ छेपेटार र लक्ष्मी सामुदायिक शिक्षा सदन लक्ष्मी बजार बिच भएको थियो । उक्त खेलमा ५ – २ को गोल अन्तरले लक्ष्मी सामुदायिक शिक्षा सदन विजयी भएको छ । 

द ओल्ड क्यापिटल मावि रानीवन र महालक्ष्मी मावि लक्ष्मी बजार बिच भएको दोस्रो खेलमा २– १ को गोल अन्तरले महालक्ष्मी मावि विजय भएको आयोजक क्लबका अध्यक्ष अमित खत्रीले बताउनु भयो । 

तेस्रो खेल सरस्वती मावि र रत्न राज्य मावि बिच भएको थियो । उक्त खेलमा २– ० को गोल अन्तरले रत्नलक्ष्मी मावि विजय भएको छ । चोथो खेल मोर्डन सेकेण्डरी र रत्न राज्य मावि बिच भएको थियो । उक्त खेलमा ३–० को गोल अन्तरले रत्न राज्य मावि विजय भएको छ भने अन्तिम खेलमा द ओसन क्लबलाई ३– ० को गोल अन्तरले पछि पार्दै नवज्योति मावि विजय भएको छ । 

गोरखा नगरपालिका भित्रका ९ वटा विद्यालयको सहभागिता रहेको प्रतियोगिता पहिलो र दोस्रो हुने टिमले क्रमशः सात हजार पाँच सय र तीन हजार पाँच सय नगद पुरस्कारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । 

गोरखा मेयर युवा फुटबल विकास परियोजनाको ‘ नबौ ओसन कप २०८० अन्तरगत यु – १३ अन्तर विद्यालय लिग २०८० सञ्चालन गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा १३ वर्ष भन्दा मुनिका विद्यार्थी मात्र सहभागिता रहेको छ ।