• ४ जेठ २०८१, शुक्रबार

१९औँ एसियाली खेलकुद : रसिला प्रिक्वाटर फाइनलमा

blog

काठमाडौँ,  असोज १६ गते । चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत ब्याडमिन्टनको महिला सिङ्गल्समा नेपालकी रसिला महर्जन प्रिक्वाटर फाइनलमा प्रवेश गरेकी छिन् ।

महर्जनले मङ्गोलियाकी म्यागमार्टसिन गान्बटारलाई २१–४ र २१–७ अङ्कको सोझो सेटमा पराजित गरिन् । आज भएका बाँकी तीन स्पर्धामा भने नेपाल पराजित भयो । महिला सिङ्गल्समै थाइल्यान्डकी पोर्नपावीले नेपालकी अनुमाया राईलाई सीधा सेटमा २१–१० र २१–४ ले हराइन् ।

महिला डबल्समा चाइनिज ताइपेईंका चिङ या सु र चिन वान लिनको जोडीले नेपालका नीता लम्साल र नङसल तामाङको जोडीलाई २१–१ र २१–५ तथा इन्डोनेसियाका द्विपुजी कुसुमा फेब्रियन र काहाया प्रतिवी अमालियाको जोडीले नेपालका रशिला महर्जन र अनुमाया राईको जोडीलाई २१–३ र २१–७ को सोझो सेटमा पाखा लगाए । रासस