• २५ वैशाख २०८१, मङ्गलबार

गणेश एसियाड क्यानोइङको सेमिफाइनलमा

blog

हाङझाउ, असोज १८ गते । नेपालका गणेश गुरुङ चीनको हाङझाउमा जारी १९औँ एसियाडको क्यानोइङमा शुक्रबार सेमिफाइनल चरणमा प्रवेश गर्नुभएको छ । 

दुई चरणको हिट्समा सहभागी हुनुभएका गणेश सेमिफाइनलमा पुग्नुभएको हो । क्यानोइङमा १६ खेलाडी सेमिफाइनलमा पुग्ने प्रावधान रहेको छ । 

गणेश पहिलो हिट्समा १६ खेलाडी सहभागी भएकोमा १४औँ हुनुभयो । पहिलो हिट्सबाट आठ खेलाडी सेमिफाइनल चरणमा पुगेका थिए ।

दोस्रो हिट्समा नेपालका गणेशसहित आठ खेलाडीले प्रतिस्पर्धा गरेकोमा उहाँ सातौँ बन्दै छनोट हुनुभयो । दोस्रो हिट्समा खेलेका सबै खेलाडी सेमिफाइनल चरणमा छनोट भए ।

सेमिफाइनल चरणमा १६ खेलाडी छनोट भएका छन् । १६ जना मध्ये १० खेलाडी फाइनल चरणमा प्रतिस्पर्धा गर्नेछन् । बाँकी ६ खेलाडी बाहिरिने छन् ।

कुस्तीमा निराशा

एसियाड कुस्तीमा नेपालकी सुवाङ्गी दुवे पराजित हुनुभएको छ । लिलान् स्पोर्ट्स कल्चर एन्ड एक्जिबिसन सेन्टरमा भएको महिला ५७ केजीको पहिलो चरणको खेलमा थाइल्यान्डकी श्रृपाराले सुवाङ्गीलाई ८–० ले पराजित गर्नुभयो । पहिलो राउन्डमा श्रृपाराले ८–० अङ्क जोड्नुभयो ।  दोस्रोमा दुवैले अङ्क बटुल्न सक्नुभएन ।