• २५ वैशाख २०८१, मङ्गलबार

नेपाल महिला भलिबलमा भारतसँग पराजित

blog

हाङझाउ, असोज १७ गते । १९औँ एसियाली खेलकुद (एसियाड) महिला भलिबलको क्लासिफिकेसन म्याचमा नेपाल बुधबार भारतसँग ३–१ ले पराजित भएको छ ।

हाङझाव नर्मल युनिभर्सिटी कानक्विन जिम्न्याजिमा भारतले नेपाललाई २५–३३, २६–२८, २५–२३, २५–१७ को सेटमा पराजित ग¥यो ।

नेपाल प्रतियोगिताबाट बाहिरिए पनि शीर्ष आठ बाहेकका बाँकी स्थान छुट्याउनको लागि पनि खेल हुने भएको हुँदा नेपाली महिला टोलीले अरू खेल खेल्ने मौका पाएको हो । समूह चरणको खेलमा नेपाल भियतनाम र दक्षिण कोरियासँग समान ३–० को सोझो सेटमा पछि परेको थियो । 

भारतसँग पराजित भएपछि नेपालले ९ देखि १२ औँ स्थानको क्लासिफिकेसनका लागि अझै दुई खेल खेल्न पाउनेछ । नेपालले अर्को खेल हङकङसँग खेल्नेछ ।

हङकङलाई पराजित गरेमा नेपालले नवौँ स्थानको लागि अर्को खेल खेल्ने छ । नेपाल पराजित भएमा ११औँ स्थानका लागि अन्तिम खेल खेल्नेछ ।