• २६ वैशाख २०८१, बुधबार

१९औं एसियाड : करातेमा खराब सुरूवात

blog

हाङझाउ, असोज १८ गते । १९औं एसियाड अन्तर्गत कराते खेलमा पनि नेपालले कम प्रदर्शन गरेको छ । बिहीबारदेखि सुरु भएको करातेको पहिलो दिन नेपालका तीन खेलाडीले प्रतिस्पर्धा गरेकोमा तीनै जना प्रतियोगिताबाट बाहिरिएका छन् ।

लिन्पिङ स्पोर्ट्स सेन्टर जिम्न्याजिममा भएको पुरुष ७५ केजीमुनि नेपालका शेखु मोहम्मद आलम काजाकिस्तानका खेलाडीसँग पराजित हुनुभयो । काजाकिस्तानका नुरकान्त अझिकानोभले शेखुलाई ५–० ले पराजित गर्नुभयो । रिपेचेजको पहिलो बाउटमा बाइ पाउनुभएका शेखु रिपेचेजकै अर्को बाउटमा भने किर्गिस्तानका नजिम नुर्लानोभसँग २–० ले चुक्नुभयो । 

यस्तै एकल काताको पुरुषमा स्वर्णिम मानन्धर र महिलामा एलिसा मागर रास्कोटी पनि अगाडि बढ्न सक्नुभएन । स्वर्णिमले ३८.३० र एलिसाले ३७.३० अङ्क जोड्नुभयो ।