• २५ वैशाख २०८१, मङ्गलबार

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता

‘एसियाली खेलकुदमा सोचेजस्तो नतिजा आउन सकेन’

blog

चीनमा जारी १९ औँ एसियाली खेलकुद प्रतियोगितामा सहभागी भई नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता । तस्बिर : विकास द्वारे

काठमाडौं, असोज १८ गते । चीनमा जारी १९ औँ एसियाली खेलकुद प्रतियोगितामा सहभागी भई नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएका छन् । क्वार्टरफाइनलमा भारतसँग पराजित भएको नेपाली क्रिकेट टोली बिहीबार मध्याह्न राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको हो ।

स्वदेश फर्किएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्नुहुँदै नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले सोचेजस्तो नतिजा नआएपनि खेल राम्रो भएको बताउनुभयो ।


उहाँले अन्तिम ओभरमा फिल्डिङमा कमजोरी भएकाले भारतसँग हार व्यहोर्नुपरेको बताउनुभयो । उहाँले विश्व रेकर्ड बन्दा टिम धेरै नै खुसी भएको जिकिर गर्नुभयो । आउने दिनमा बलिया देशहरूसँग खेल्न पाए र झनै अभ्यास गर्न पाए खेल्न सहज हुने जानकारी दिनुभयो । टी २० विश्वकप छनोटमा पाँच वटै खेल फाइनल सरह रहेको बताउनुभयो ।

त्यस्तै, क्रिकेटर दीपेन्द्र सिंह ऐरीले रेकर्ड तोड्न पाउँदा धेरै खुसी भएको बताउनुभयो । उहाँले अहिले टिम एकजुट भएर खेलिरहेको जानकारी दिनुभयो । अनुभव बटुल्ने मौका भएकाले आगामी खेलमा झनै राम्रो गर्ने भनाइ उहाँको छ ।


एसियाड गेममा सहभागी भई स्वदेश फर्किएको नेपाली क्रिकेट टिमलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ब्याण्ड बाजासहित स्वागत गरिएको थियो । एसियन गेम्समा नेपाल भारतसँग क्वार्टरफाइनलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो । पहिलो खेलमा मङ्गोलियामाथि फराकिलो जित निकालेको नेपालले दोस्रो खेलमा माल्दिभ्सलाई फराकिलो अन्तरले पराजित गरेको थियो ।