‘योजना बिना टेलिभिजनमा लगानी गर्दा वर्षदिनमै बन्द हुने अवस्था आयो’
हरेक वर्षको २१ नोभेम्बरमा विश्व टेलिभिजन दिवस मनाइन्छ । यस वर्ष पनि विभिन्न कार्यक्रमको आयोजना गरी विश्व टेलिभिजन दिवस नेपालमा पनि मनाइँदै छ ।
युवा विद्यार्थीको विदेश पलायन सबैभन्दा ठुलो समस्या : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको शिक्षा प्रणालीलाई सरल, सहज, जीवनोपयोगी र आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिनुभएको छ । मङ्गलबार काठमाडौँमा एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनीको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
नेपालमा कार्बन उत्सर्जन शून्य बनाउन कुनै चुनौती छैन : मन्त्री महत
अर्थमन्त्री डा.प्रकाशशरण महतले नेपालमा कार्बन उत्सर्जन शून्य बनाउन कुनै चुनौती नरहेको बताउनुभएको छ । मङ्गलबार काठमाडौँमा आयोजना भएको राष्ट्रिय जलवायु सम्मेलनमा बोल्नुहुँदै अर्थमन्त्री डा. महतले यस्तो बताउनुभएको हो ।
अख्तियारद्वारा सर्वोच्चमा चार करोडको भ्रष्टाचार मुद्दा पुनरावेदन
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजेन्द्र ढुंगाना र मधु कोइरालाको मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।
टिकटक प्रतिबन्धविरुद्धको रिटमा सुनुवाइ जारी
टिकटक प्रतिबन्धविरुद्धको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ जारी छ । सर्वोच्चका न्यायाधीश विनोद शर्माको एकल इजलासमा मङ्गलबार सुनुवाइ भइरहेको हो ।
नेपाल जलवायु परिवर्तनका कारण उच्च जोखिममा : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल जलवायु परिवर्तनका कारण उच्च जोखिममा रहेको बताउनुभएको छ । मङ्गलबार राष्ट्रिय जलवायु परिवर्तनसम्बन्धी राष्ट्रिय सम्मेललाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताउनुभएको हो ।
यसरी पाउँछन् भूकम्पपीडितले अस्थायी आवासबापतको रकम
सरकारले जाजरकोट भूकम्पपीडितका लागि अस्थायी आवास निर्माणका लागि पहिलो किस्ता वापतको रकम सोमबार निकासा गरिसकेको छ ।
आन्तरिक पर्यटकको चहलपहल
नेपालकै सबैभन्दा ठुलो दोलखाको गौरीशङ्कर गाउँपालिका–९ मा अवस्थित च्छोरोल्पा हिमतालमा पुग्ने पर्यटकको सङ्ख्या बढेको छ । वर्षामा आवतजावत करिब बन्द रहेको च्छोरोल्पा हिमताल असोज महिनादेखि खुला भएपछि पर्यटकको घुइँचो लाग्न थालेको स्थानीय मिङमा शेर्पाले जानकारी दिनुभयो ।
साढे दुई करोडको लागतमा खानेपानी योजना निर्माण सुरु
वर्षौंदेखि खानेपानीको समस्या झेल्दै आएका उत्तरी मकवानपुरको थाहा नगरपालिका–१२, लितीका बासिन्दालाई लक्षित गरी लिती खानेपानी आयोजना निर्माण सुरु भएको छ । थाहा नगरपालिका, मानवीय सेवा तथा अन्तरसांस्कृतिक आदानप्रदान केन्द्र (च्वाइस नेपाल) नामक संस्था र स्थानीयको श्रमदानमा डेढ वर्षभित्रमा आयोजना सम्पन्न गर्ने गरी निर्माण सुरु भएको हो ।
सामाजिक सुरक्षा योजना प्रभावकारी बनाउन पहल
सरकारले सबै प्रकारका श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्ध गराउने योजनालाई थप प्रभावकारी बनाउन स्थानीय तहलाई सहजीकरणका लागि पत्राचार गरेको छ । कोषका प्रवक्ता विवेक पन्थीका अनुसार पालिकाले औपचारिक क्षेत्रका श्रमिकलाई कोषमा आबद्ध हुुनेलाई सहयोग गर्ने र अनौपचारिक क्षेत्रका श्रमिकका लागि पहल गरिदिने अपेक्षासहित अनुरोध गरिएको हो । अनौपचारिक क्षेत्रका श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्ध गराउन पाइलटका रूपमा चालु आर्थिक वर्षमा दुई हजार श्रमिकलाई योजनामा आबद्ध गराउने लक्ष्य कोषले लिएको छ ।
‘घुमुवा प्रहरीसम्बन्धी कानुन बनाउनू’
सर्वोच्च अदालतले घुमुवा तथा सुराकी प्रहरी परिचालनसम्बन्धी कानुन बनाउन नेपाल प्रहरीको ध्यानाकर्षण गराएको छ । घुमुवा प्रहरीका रूपमा परिचालित प्रहरी हबलदार नै चोरीको घटनामा संलग्न भएको एक मुद्दामा व्याख्या गर्दै सर्वोच्चले परिचालन, अधिकार र दायित्वसमेत समेटेर कानुन बनाउन ध्यानाकर्षण गरेको हो ।
‘शिक्षामा बुद्धिचाल’ कार्यक्रम घोषणा
नेपाल बुद्धिचाल महासङ्घले निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) सँगको सहकार्यमा शिक्षामा बुद्धिचाल (चेस इन एजुकेसन) कार्यक्रम घोषणा गरेको छ ।
उर्लाबारी आगलागी अपडेट : घाइतेमध्ये ६ को अवस्था जटिल
मोरङको उर्लाबारी आगलागीमा उपचाररत घाइते बिरामीमध्ये छ जनाको अवस्था जटिल छ । कीर्तिपुर बर्न अस्पतालमा उपचाररत घाइतेमध्ये छ जना घाइतेको अवस्था गम्भीर रहेको अस्पतालकी मेडिकल डाइरेक्टर डा.निजीना ताम्राकारले जानकारी दिनुभयो ।
बाल अधिकारको प्रत्याभूति दिलाउन आग्रह
राष्ट्रिय मानव अधिकार आयोगले बाल अधिकारको पूर्ण प्रत्याभूति दिलाउन तीनै तहका सरकारलाई आग्रह गरेको छ । अन्तर्राष्ट्रिय बाल अधिकार दिवसका अवसरमा आज आयोगले प्रेस विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय महासन्धि, नेपालको संविधान, कानुनले परिकल्पना गरेको बाल अधिकारका प्रावधानलाई प्रत्याभूति गर्न नसकेको भन्दै बाल अधिकारको पूर्ण प्रत्याभूति गर्न तीनै तहका सरकारलाई आग्रह गरेको हो ।
अख्तियारद्वारा सर्वोच्चमा मुद्दा पुनरावेदन
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा मुद्दा पुनरावेदन गरेको छ ।
मकवानपुरमा डेंगु सङ्क्रमितको सङ्ख्या ७६० पुग्यो
मकवानपुरमा डेंगु सङ्क्रमितको सङ्ख्या ७६० पुगेको छ । स्वास्थ्य कार्यालय मकवानपुरको तथ्याङ्कअनुसार जिल्लामा साउन १ गतेदेखि मङ्सिर ४ गतेसम्म पुरुष ३८८ र महिला ३७२ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको हो ।
लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान मनाउन महानगरको अनुरोध
काठमाडौँ महानगरपालिकाले लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान विभिन्न कार्यक्रम सञ्चालन गरी मनाउन अनुरोध गरेको छ ।
फोहोरबाट मल र ग्यास उत्पादन गरिँदै
धनगढी उपमहानगरपालिका क्षेत्रमा सङ्कलन हुने कुहिने फोहोरबाट ‘बायो मिथेन ग्यास’ उत्पादन गर्न थालिएको छ । उपमहानगरपालिकाबाट फोहोरमैला व्यवस्थापनको ठेक्का पाएको देवतालिम केन्द्रले वडा नम्बर २ मा स्थापना गरिएको फोहोरमैला प्रशोधन केन्द्रमा कुहिने फोहोरबाट ग्यास उत्पादन गर्न सुरु गरेको हो ।
अस्थायी आवासका लागि एक अर्ब ४१ करोड निकासा
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भूकम्प प्रभावित परिवारको अस्थायी आवास निर्माणका लागि पहिलो किस्ताको रकम निकासा गरेको जनाएको छ।
गृह मन्त्रालय सुधार कार्ययोजना तयार पार्न पूर्व मुख्यसचिव पौड्यालको नेतृत्वमा अध्ययन समिति गठन
गृह मन्त्रालय सुधारका लागि कार्ययोजना तयार पार्न पूर्व मुख्यसचिव लीलामणि पौड्यालको संयोजकत्वमा अध्ययन समिति गठन गरिएको छ ।
पाटेबाघ मृत फेला
चितवनमा पाटेबाघ मृत फेला परेको छ । भरतपुर महानगरपालिका–२७ स्थित चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत हरियाली सामुदायिक वनमा सोमबार बाघ मृत फेला परेको हो ।
टिकटक प्रतिबन्धविरुद्धको मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा
टिकटक प्रतिबन्धविरुद्ध परेको मुद्दा सर्वोच्च अदालतले सोमबार ‘हेर्न नभ्याइने’ सूचीमा राखेको छ । सर्वोच्चका न्यायाधीश डा. कुमार चुडालको एक इजलासले उक्त मुद्दा हेर्न नभ्याइने सूचीमा राखेको हो ।
विस्तृत शान्ति सम्झौताको १७ वर्ष ‘पीडित अझै न्यायको प्रतीक्षामा’
नेपालमा चलेको दशवर्षे सशस्त्र द्वन्द्वपछि विस्तृत शान्ति सम्झौता भएको आज १७ वर्ष पूरा भएको छ । तर द्वन्द्वमा प्रत्यक्ष प्रभावित भएका पीडितले अहिलेसम्म न्याय पाउन सकेका छैनन् ।
अर्थतन्त्रका सूचक सकारात्मक छन्, नेपालमा लगानी बढ्दैछ : अर्थमन्त्री
अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/०८१ मा सबैभन्दा धेरै विदेशी पर्यटकले नेपाल भ्रमण गर्ने बताउनुभएको छ ।