कलाकार कोमल ओलीकी मृतक आमाको आँखा दान
कलाकार कोमल ओलीकी मृतक आमा दिपा ओलीको आँखाको नानी दान गरिएको छ ।
शिक्षामन्त्री राईको कानको शल्यक्रिया हुँदै
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक कुमार राईको कानको शल्यक्रिया हुने भएको छ ।
एकअर्काको अस्तित्व स्वीकार र सम्मानका आधारमा नेपाली समाज चलेको छ : मन्त्री किराती
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले एकअर्काको अस्तित्व स्वीकार र सम्मानका आधारमा नेपाली समाज चलेको धारणा व्यक्त गर्नुभएको छ ।
हराएका ४० लाख बराबरका सामान हस्तान्तरण
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले साउनयता विभिन्न सवारी साधनमा छुटेका रु. ४० लाखभन्दा बढीका सामान खोजी गरी सम्बन्धित व्यक्तिलाई बुझाएको छ ।
सांसदको जिम्मेवारी एक, भूमिका अनेक: रायमाझी
नेकपा (एमाले) का नेता अम्बरबहादुर रायमाझी गत एक वर्षमा सुखी नेपाली जनता र समृद्ध नेपाल निर्माण निम्ति कानुन निर्माणमा संसद् र सांसदको उत्साह नदेखिएकामा सन्तुष्ट हुनुहुन्न । उहाँ कानुन निर्माणमा मात्र नभई सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेट नै पनि त्यति सहज ढङ्गबाट कार्यान्वयन हुन नसकेकामा स्पष्ट हुनुहुन्छ ।
काठका पोल विस्थापन अभियानलाई बजेट अभाव
काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न स्थानीय तहमा अहिले पनि वर्षौंपहिले विद्युत् आपूर्तिका लागि प्रयोग गरिएका चार हजारभन्दा बढी काठका पोल प्रयोग भइरहेका छन् । नेपाल विद्युत् प्राधिकरण, काभ्रे वितरण केन्द्र र पाँचखाल वितरण केन्द्रले दुई वर्षअघि आफ्नो सेवा क्षेत्रभित्र रहेका काठका पोल विस्थापन गर्ने अभियान सञ्चालन गरे पनि पछिल्लो समय बजेट अभावका कारण अभियान सञ्चालन हुन सकेको छैन ।
विदेश जाने युवा बढ्दै
गत आर्थिक वर्षमा सिन्धुपाल्चोकका १८ हजार युवा रोजगारीका लागि विदेश गएका छन् । सुरक्षित आप्रवासन कार्यक्रमका अनुसार वैदेशिक रोजगारीका लागि विदेश गएका आठ हजार महिलामध्ये ९० प्रतिशत जनजाति आदिवासी समुदायका छन् । घरायसी कामदारका रूपमा महिला इजरायल, कुवेत, अरब, दुबई, कतार, मलेसिया, जोर्डनलगायतका देशमा गएका छन् । यसरी वैदेशिक रोजगारीमा गएका महिलामध्ये केहीले मात्रै राम्रो काम पाउने गरेको सो कार्यक्रमका मनोसामाजिक परामर्शदाता निर्मला श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “भाषागत सिप, ज्ञान, दक्षताको कमीका कारण महिला विदेशी भूमिमा अलपत्र परेका हुन् । विदेशमा पुगेर समस्या भो
उदाउँदो सूर्यलाई पूजा गरी छठ पर्वको समापन (फोटो फिचर)
उदाउँदो सूर्यलाई पूजाआजासहित अर्घ्य दिई चार दिन लामो छठ पर्वको आज बिहान समापन गरिएको छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने पर्वको मुख्य दिन आइतबार अस्ताउँदो सूर्यलाई पूजा गरी अर्घ्य दिइएको थियो ।
२३ पालिकाले बुझाएनन् बजेट विवरण
चालु आर्थिक वर्ष २०८०८१ को चार महिना बितिसक्दा पनि २३ पालिकाले वार्षिक बजेट ल्याएको विवरण पेस गर्न सकेका छैनन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ अनुसार गाउँसभा तथा नगरसभामा पेस भएको बजेट असार मसान्तसभित्रमा पारित गरिसक्नुपर्ने हुन्छ ।
फस्टायो सामूहिक केरा खेती
दोलखाको गौरीशङ्कर गाउँपालिका–५, सुरी तिनेखुमा १५ लाख रुपियाँ लगानीमा गरेको सामूहिक केरा खेतीले आम्दानी दिन थालेको छ । स्थानीय १५ जना युवाले ८० रोपनी आआफ्नो खेतमा गरेको सामूहिक केरा खेती फस्टाएपछि दुई वर्षमै दिएको उत्पादनले डेढ लाख रुपियाँ आम्दानी भएको हलेश्वर कृषि तथा पशुपन्छी कृषक समूहका अध्यक्ष नवराज खड्काले जानकारी दिनुभयो ।
छैनन् महिला र अपाङ्गतामैत्री शौचालय
हुम्लाको सर्केगाड गाउँपालिका–५ की कुन्तीमाया शाही काठमाडौँको भृकुटीमण्डपस्थित सार्वजनिक शौचालय प्रयोग गर्न जानुभयो । निस्किँदा नाक थुनेर फर्किंदै गर्दा उहाँको मुखबाट वाक्य निस्कियो, “पैसा लिएपछि सफा गर्नु पर्दैन, डङ्डङ्गी गनाउँछ, पस्नै मुन नलाग्ने !” शाहीका अनुसार उक्त शौचालयमा झोला राख्ने ठाउँ छैन, शौचालय फोहोर हुँदा महिनावारी भएमा सङ्क्रमण हुने जोखिम हुन्छ । उहाँले भन्नुभयो, “महिलाले ब्याग बोकेकै हुन्छ, ब्याग बोकेरै शौच गर्न मिल्दैन, ब्याग राख्ने ठाउँ त हुनुप¥यो नि !” उहाँले काठमाडौँको अलि व्यस्तमध्येमै पर्ने भृकुटीमण्डपमा पनि भुइँमा झोला बिसाएर शौच गर्नुपर्दा असुरक्षाको डर हुने बताउनुभयो । उहाँले महिला, अपाङ्गता भएका व्यक्ति र बालबालिकालाई शौचालय प्रयोग गर्नै अप्ठ्यारो भएको बताउनुभयो ।
काठमाडौँ कमलपोखरीमा छठ पूजा (फोटो फिचर)
राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलका साथ कमलपोखरीमा निर्माण गरिएको छठ पूजास्थलमा पुगेर छठी माताको पूजा आराधना गर्नुभएको छ।
ललितपुरमा छठ पूजा (फोटो फिचर)
छठ पर्वको मुख्य दिन आइतबार साँझ अस्ताउँदो सूर्यलाई पूजा–आराधना गरी अर्घ दिइएको छ ।
एमाले श्रमदान अभियान : अस्थायी टहरा निर्माण प्राथमिकतामा
जाजरकोट र रुकुमपश्चिम लगायत भूकम्प प्रभावित क्षेत्रमा नेकपा (एमाले) को श्रमदान अभियान जारी छ । एमालेको ११ सय स्वयंसेवक भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माणको कार्यमा व्यस्त छन् ।
ट्रकको ठक्करबाट महिलाको मृत्यु
हेटौँडा–काठमाडौँ कान्तिलोकपथ सडक खण्डअन्तर्गत हेटौँडा–६ चौघडामा आइतबार ट्रकले ठक्कर दिँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ ।
ट्रकको ठक्करबाट एकको मृत्यु
कान्ति लोकपथको हेटौँडा उपमहानगरपालिका ६ स्थित शान्तिटोल सडक खण्डमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
ट्याक्सीमा छुटेका सुनचाँदीका गहना धनीलाई हस्तान्तरण
काठमाडौँको जडीबुटीबाट जोरपाटीस्थित जम्मुडाँडासम्म जाने क्रममा हिजो दिउँसो ट्याक्सीमा छुटेका सुनचाँदीका गहना खोजी गरेर आइतबार ट्राफिक प्रहरीले धनीलाई बुझाएको छ ।
सामाजिक सञ्जाल नियमनको आवश्यकता
सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिकाअनुसार ‘सामाजिक सञ्जाल’ भन्नाले इन्टरनेटले उपलब्ध गराएको सुविधा प्रयोग गरी सामाजिक सञ्जाल ‘प्लेटफर्म’ले उपलब्ध गराएको विधिअनुरूप कुनै व्यक्ति, समूह वा संस्थालाई एक अर्कासँग अन्तरक्रियात्मक सञ्चार गर्न सक्ने सुविधा तथा प्रयोगकर्ताले निर्माण गरेका विषयवस्तु प्रसार गर्ने सुविधासमेत प्रदान गर्ने समूह, ब्लग, एपलगायतका सञ्जाल सम्झनु पर्छ ।
समाजमा विद्यमान विकृति र विसङ्गतिलाई अन्त्य गर्नुपर्छ : अध्यक्ष नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले समाजमा विद्यमान सबै प्रकारका विकृति र विसङ्गतिलाई अन्त्य गर्दै समतामूलक एवम् सुसंस्कृत समाजको निर्माण गर्नुपर्ने बताउनुभएको छ ।
सडक पूर्वाधार विकासमा सेनाको सक्रियता
राष्ट्रिय सुरक्षाको प्रमुख जिम्मेवारीमा रहेको नेपाली सेना रणनीतिक महत्त्वका सडक पूर्वाधार निर्माणमा पनि सक्रिय रहेको छ ।
नेपालमा तीन लाख एक हजार परिवारसँग छैन शौचालय
खुला दिसापिसाबका कारण फैलने रोगले दैनिक एक हजार बालबालिकाको मृत्यु हुने गरेको छ । सुरक्षित शौचालय, पूर्ण सरसफाइ र सबैका लागि स्वच्छ पानीको लक्ष्य हासिल गर्न अब सात वर्षमात्र बाँकी छ ।
नेपालका बारे धेरै कुरा लेख्नेछु : बलिउड गीतकार समीर अञ्जान
बलिउडका गीतकार समीर अञ्जानलाई काठमाडौंमा अभिनन्दन गरिएको छ । काठमाडौंको लुनकरणदास गंगादेवी चौधरी साहित्यकला मन्दिर र गीतकार संघ नेपालले उहाँलाई एक कार्यक्रमको आयोजना गरी अभिनन्दन गरेको हो ।
सदनको बहस दलभन्दा माथि उठन सकेन : सांसद अर्याल
पहिलो पटक संसदीय प्रणालीमा अभ्यास गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) एक वर्ष पुग्दै गर्दा घरदैलो अभियानमा केन्द्रित भएको छ । राजनीतिमार्फत नयाँ ढङ्गले मुलुकका लागि केही गर्ने विश्वासका साथ पार्टी गठन गरी निर्वाचन होमिएको रास्वपाले अपेक्षाभन्दा बढी प्राप्त गरेको मतले पार्टीको भविष्य उज्जवल हुने आधार खडा गरेको छ । यसै मेसोमा पार्टीले ‘मिसन ८४’लाई केन्द्रित गरी पार्टी अभियानलाई थप सङ्गठित र बलियो बनाउँदै अघि बढेको छ ।
सात वर्षदेखि पुल अलपत्र
दोलखाको भीमेश्वर नगरपालिका र वैतेश्वर गाउँपालिकाको सिमानामा रहेको तामाकोशी नदीमा पक्की पुल बनाउने काम अलपत्र परेको छ । २०७३ सालमा आठ करोड ४५ लाख १० हजार रुपियाँमा ठेक्का सम्झौता भएको यो पुल यस क्षेत्रको मुख्य राजमार्ग लामोसाँघु–जिरी सडकखण्ड अन्तर्गत पर्छ । फुटपाथसमेत ११ मिटर चौडाइ र ७५ मिटर लम्बाइको यो पुल पिल्लर उठाएर छोडिएको छ ।