• २७ वैशाख २०८२, शनिबार

ट्रकको ठक्करबाट महिलाको मृत्यु

blog

घटनाको विरोधमा कान्तिलोकपथ अवरुद्ध गर्दै स्थानीयवासी ।

अनिल पराजुली

हेटौँडा, मङ्सिर ३ गते । हेटौँडा–काठमाडौँ कान्तिलोकपथ सडक खण्डअन्तर्गत हेटौँडा–६ चौघडामा आइतबार ट्रकले ठक्कर दिँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ । 

शिवम् सिमेन्ट उद्योगबाट हेटौँडा बजारतर्फ आउँदै गरेको ना ७ ख १८१६ ट्रकले बाटो काट्नेक्रममा पैदलयात्री स्थानीय ३८ वर्षीया निरा बजगाईँलाई ठक्कर दिँदा उहाँको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।  

घटनाको विरोधमा स्थानीयले कान्तिलोकपथ अवरुद्ध गरेका थिए । घटनास्थलमा ठुलो सङ्ख्या प्रहरी परिचालन गरिएको छ । ट्रक तथा चालक प्रहरी चौकी चौघडा मकवानपुरको नियन्त्रणमा रहेको छ।