सङ्घीय व्यवस्थासम्बन्धी प्रतिवेदन आएन कार्यान्वयनमा
सङ्घीय व्यवस्थालाई प्रभावकारी कार्यान्वयन गर्न सङ्घीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले सरकारलाई दिएको निर्देशन एक वर्ष पुग्दासम्म कार्यान्वयन भएको छैन ।
विश्व शौचालय दिवस २०२३ मनाइँदै
विश्व शौचालय दिवस १९ नोभेम्बरका दिन नेपालमा पनि सरसफाइका मुद्दामा केन्द्रित रही मनाइने भएको छ ।
जुवातास खेल्ने १६५ जना पक्राउ, ३५ लाख बरामद
तिहारमा तास, लङ्गुरबुर्जा र जुवा खेलेको अभियोगमा एकसय ६५ जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ । प्रहरीले उनीहरुका साथबाट ३४ लाख ६२ हजार आठ सय ८५ बरामद गरेको छ ।
वाणिज्य बैङ्कहरूले घटाए ब्याजदर, कसको कति ?
मङ्सिर महिनाका लागि अधिकांश वाणिज्य बैङ्कहरूले निक्षेप ब्याजदर घटाएका छन् । बैङ्किङ प्रणालीमा पर्याप्त लगानी योग्य रकम (तरलता) थुप्रिएको र कर्जाको माग समेत बढ्न नसकेपछि बैङ्कहरूले निक्षेपको ब्याजदर घटाएका हुन् ।
नेपाल हङकङसँग पराजित
चार देश सम्मिलित टी-२० शृङ्खलाअन्तर्गत आज भएको आफ्नो दोस्रो खेलमा नेपाल हङकङसँग पराजित भएको छ ।
गौरीघाटस्थित बागमती नदीमा छठ पूजास्थल निर्माण गरिँदै
राजधानीको विभिन्न स्थानमा छठ पूजाको तयारी थालिएको छ । गौरीघाट, कमलपोखरी, विष्णुमती, नख्खु, गहनापोखरी, कुपण्डोललगायत काठमाडौँको २१ स्थानमा पूजा स्थलको निर्माण सुरु गरिएको छ ।
हङकङलाई जितका लागि ५७ रनको लक्ष्य
चार देश सम्मिलित टि ट्वान्टी शृङ्खलाअन्तर्गत आज (बिहीबार) भएको खेलमा नेपालले हङकङलाई जितको लागि ५७ रनको सामान्य लक्ष्य दिएको छ ।
टिकटक बन्द गर्ने सरकारी निर्णय विरोधाभासपूर्ण : सञ्चारविज्ञ दाहाल
नेपालमा पछिल्लो समय सामाजिक सञ्जालको रूपमा चर्चित र धेरै प्रयोगमा आएको टिकटक एप सरकारले बन्द गर्नु विरोधाभासपूर्ण रहेको सञ्चारविज्ञ सुधांशु दाहालले बताउनुभएको छ । सरकारले टिकटक बन्द गरेसँगै दुईथरी आवाज उठेको उहाँको भनाइ छ ।
बारीमा लडेर वृद्धाको मृत्यु
मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नं. १ रानीशेरामा बारीमा लडेर एक वृद्धाको मृत्यु भएको छ ।
टिकटकमाथि प्रतिबन्ध : भ्रम र यथार्थ
नेपाल सरकारको गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेपश्चात त्यसमाथि राष्ट्रियस्तरमा बहस भइरहेको छ ।
राप्ती नदी तर्दै पर्यटक
चितवन राष्ट्रिय निकुञ्जको घडियाल प्रजनन केन्द्र घुमेर आएका पर्यटक काठको डुङ्गाबाट राप्ती नदी तर्दै । तिहार र छठ पर्वको बिदामा चितवन राष्ट्रिय निकुञ्ज र आसपासका पर्यटकीय क्षेत्र घुम्नेको सङ्ख्या बढेको छ ।
महिला टी–२० सिरिजः नेपालले आज हङकङसित खेल्ने
चार देश सम्मिलित महिला टि–२० सिरिजअन्तर्गत नेपालले आज आफ्नो दोस्रो खेल हङकङसित खेल्ने छ । उक्त खेल बिहान ११ः४५ बजे सुरु हुने छ । पहिलो खेलमा पराजित नेपाल आजको खेल जित्नैपर्ने दबाबमा छ । हङकङ भने पहिलो खेलमा बुधबार जापानसित विजयी भएको थियो । आजको खेल जितेमा हङकङले उपाधि भिडन्त पक्का गर्ने छ । समूह चरणको अर्को खेल अहिले ७ः१५ बजे जापान र तान्जानियाबीच हुँदै छ ।
नेपाल बैङ्कको चुक्ता पुँजी १४ दशमलव ६९ अर्ब
नेपाल बैङ्कको चुक्ता पुँजी अहिले १४ दशमलव ६९ अर्ब पुगेको छ । ८७ वर्ष अघि ८ लाख ४२ हजार रुपैयाँबाट सुरु भएको नेपाल बैङ्कको चुक्ता पुँजी अहिले १४ दशमलव ६९ अर्ब रहेको बैङ्कका सूचना अधिकारी प्रकाश कुमार अधिकारीले जानकारी दिनुभयो ।
फूल बिक्री नभएपछि
गत वर्ष भन्दा यसवर्ष किसानले तिहारलाई लक्षित गर्दै उल्लेख्य मात्रामा फूल खेती गरेपनि सो अनुरुप फूल बिक्री नभएको र मूल्य पनि नपाएको किसान बताउँछन् ।
बिक्री नभएपछि किसानले फाले सडक किनारमा फूल
तिहारमा बिक्री नभएपछि किसान र व्यापारीले बुधबार नारायणगढको सडक किनारामा फालेको सयपत्री र मखमली फूलको माला । गत वर्षभन्दा यसवर्ष किसानले तिहारलाई लक्षित गर्दै उल्लेख्य मात्रामा फूल खेती गरे पनि सोअनुरुप फूल बिक्री नभएको र मूल्य पनि नपाएको किसानको भनाइ छ ।
विधिपूर्वक लगाइयो भाइटीका, सकियो तिहार
प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज (बुधबार) दाजुभाइले दिदीबहिनीबाट टीका लगाएका छन् । यससँगै नेपालीको दोस्रो महत्त्वपूर्ण पर्व आजैदेखि सकिएको छ ।
पूर्व प्रधानमन्त्री खनालले दिदी र बहिनीबाट ग्रहण गर्नुभयो भाइटीका
पूर्व प्रधानमन्त्री तथा नेकपा (एस) का नेता झलनाथ खनालले दिदी यशोदा र बहिनी कुसुम खनालको हातबाट भाइटीका ग्रहण गर्नुभएको छ । नेता खनाल आज भक्तपुर पुगेर भाई दाताराम खनालसहित दिदी र बहिनीबाट टीका ग्रहण गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।
बालगोपालेश्वरमा भाइटीका लगाउनेको भीड
रानीपोखरीको बीचमा रहेको वर्षको एकदिन मात्रै खुल्ने बालगोपालेश्वर मन्दिर भाइटीकाका दिन खुलेसँगै तिहारको भाइटीका लगाउन शुरु भएको छ ।
विकलको ९५ औँ जन्मजयन्तीमा योगदानको चर्चा
साहित्यकार रमेश विकलको ९५ औँ जन्मजयन्तीका अवसरमा कलाकारिता क्षेत्रमा उहाँले गर्नुभएको योगदानका बारेमा चर्चा गरिएको छ ।
भोलि भाइटीका लगाइँदै, टीकाको उत्तम साइत १०ः५१ बजे
नेपालीको दोस्रो मुख्य चाड तिहारको मुख्य दिन भोलि भाइटीका पर्व मनाइँदैछ । यमपञ्चक समेत भनिने तिहारको पाँचौं दिन भाइटीका पर्व दिदी बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाउने गर्छन् ।
इतिहासको सम्मान गर्न नसक्ने राष्ट्रको भविष्य उज्यालो हुँदैन : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लनमिछानेले इतिहासको सम्मान गर्न नसक्ने राष्ट्र र समाजको भविष्य उज्यालो हुन नसक्ने बताउनुभएको छ । मंगलवार भक्तपुरमा नेपाल संवत ११४४ र नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाको प्रतिमामा माल्यार्पण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
गाउँको तिहार सम्झिएर न्यास्रो मान्दै सहरिया
मौलिक नेपाली संस्कृतिका रुपमा रहेको यो देउसी–भैलोको परम्परा पछिल्लो समयमा प्रत्यक्ष खेलेरै संस्कृति संरक्षण गर्ने कार्यमा कमी आएको देखिन्छ ।
लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीले सबैलाई जोड्ने काम गरेको छ : उपराष्ट्रपति
उपराष्ट्रपति रामसहायप्रसाद यादवले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीले बहुजाति, बहुभाषा, बहुसंस्कृति, बहु–वेशभूषा आदिलाई संरक्षण गर्दै सबै क्षेत्र, भूगोल, धर्म, समुदाय र संस्कृतिलाई परस्पर जोड्ने काम गरेको बताउनुभएको छ ।
सामाजिक सुरक्षा योजनामा आबद्ध हुन आवेदन माग
अनौपचारिक क्षेत्रमा रहेका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिलाई सामाजिक सुरक्षा योजनामा आबद्ध हुन मकवानपुरको भीमफेदी गाउँपालिकाले आवेदन माग गरेको छ ।