• १ जेठ २०८२, बिहिबार

प्रेस चौतारीले छ जना पत्रकारलाई पुरस्कृत गर्ने

blog

काठमाडौँ, माघ २१ गते । प्रेस चौतारी नेपालले यस वर्षको हृदयचन्द्रसिंह प्रधान स्मृति पत्रकारिता पुरस्कार अन्नपूर्ण दैनिकका सम्पादक अखण्ड भण्डारीलाई प्रदान गर्ने भएको छ । चौतारीको २६ औँ स्थापना दिवसका अवसरमा उक्त प्रदान गरिने प्रेस चौतारीका महासचिव हीरामान लामाले जारी गर्नुभएको प्रेस विज्ञप्तिमा उल्लेख छ । 

त्यस्तै, अग्निशिखा स्मृति पत्रकारिता पुरस्कार सिन्धुपाल्चोकका माधव नेपाल, डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कार रुकुमपूर्वका महेश केसीलाई प्रदान गरिने भएको छ । चौतारीले वीरेन्द्रकुमार साह क्रियाशील पत्रकारिता पुरस्कार रौतहटका फनिदेव महत, सावित्रीदेवी-पद्मलक्ष्मी बस्नेत स्मृति पत्रकारिता पुरस्कार काभ्रेपलाञ्चोककी काजल तामाङ, चन्द्र न्यौपाने शान्तिराम कार्की स्मृति पत्रकारिता पुरस्कार रामेछापकी यासिमा महतलाई प्रदान गरिने प्रेस चौतारीले जनाएको छ । 

चौतारीको यही माघ २२ गते आफ्नो २६ औँ स्थापना दिवस मनाउने र उक्त पुरस्कार प्रदान गरिने चौतारीका महासचिव हीरामान लामाले जानकारी दिनुभयो । चौतारीले पुरस्कार छनोट गर्नका लागि वरिष्ठ पत्रकार गोविन्द पोखरेलको संयोजकत्वमा सङ्गठनका महासचिव हीरामान लामा र सचिव हरिवल्लभ नेपाल सदस्य रहेको समिति गठन गरिएको थियो । रासस