• ११ मंसिर २०८१, मङ्गलबार

नाबालिकाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ

blog

काठमाडौं, माघ २१ गते । प्रहरीले सामाजिक सञ्जालमा नाबालिकाको चरित्र हत्या गर्ने ३७ वर्षीय राजकुमार महर्जनलाई पक्राउ गरेको छ ।

नेपाल प्रहरी प्रधान कार्यालय, साइबर ब्युरोका उपनिर्देशक नरेन्द्र चन्दका अनुसार स्थायी घर काठमाडौँ कीर्तिपुर नगरपालिका वडा नं. १० मानाटोल भएका महर्जनले नाबालिकाको नाम र तस्बिर राखी फेक फेसबुक एकाउन्ट बनाइ सामाजिक सञ्जालका साथीहरूलाई अश्लील म्यासेजहरू पठाएर नाबालिकालाई मानसिक, तनाव, दुख हैरानी दिई चरित्र हत्या गरेका थिए ।

निजलाई विद्युतीय कारोबार ऐन, २०६३ बमोजिमको कसुरमा भोटाहिटी चोकबाट पक्राउ गरी काठमाडौँ जिल्ला अदालतबाट सात दिन म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ ।