सुदूरपश्चिम प्रदेशबाट पश्चिमी वायुको प्रभाव फेरि बढ्ने
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ ।
बाँसबारी जग्गा प्रकरण : अरुण चौधरीसँग बयान सुरु, नियम विपरीत भए जग्गा फिर्ता गर्ने
बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका व्यवसायी अरुणकुमार चौधरीसँग बयान लिन थालिएको छ ।
गठबन्धनले सत्ताका लागि मात्र राजनीति गरेको छ : अध्यक्ष ओली
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनले सत्तामा टिकिरहने काम मात्र गरिरहेको बताउनुभएको छ ।
रोजगारी सिर्जना सरकारको प्राथमिकतामा : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषि क्षेत्रको विकासमार्फत उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्न सरकार केन्द्रित भएको बताउनुभएको छ ।
प्रधानमन्त्रीबाट दुधौली नगर अस्पतालको समुद्घाटन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सिन्धुलीको सिर्थौलीमा निर्मित दुधौली नगर अस्पतालको समुद्घाटन गर्नुभएको छ ।
हामीले विरोध गरेका हौँ, अवरोध होइन : प्रमुख प्रतिपक्ष
सङ्घीय संसद्को आगामी हिउँदे अधिवेशनमा प्रमुख प्रतिपक्षसहितका राजनीतिक दलले भ्रष्टाचार, महँगी, कालोबजारी, युवा विद्यार्थीको विदेश पलायनसहित जनसरोकार र संविधान कार्यान्वयनसँग जोडिएका कानुन निर्माणका विषयलाई प्रमुखताका साथ उठाउने रणनीति बनाएका छन् ।
विमानस्थलमा देश छोड्नेहरूको आँसु (फोटो फिचर)
विदेश जानु नराम्रो नै हो भन्न त सकिँदैन । तर कामकै खोजीमा विदेश भौँतारिनुपर्ने भनेको देशको लागि राम्रो कदापि हुन सक्दैन । नेपालमा पछिल्लो समय रोजगारी खोज्दै विदेश पुग्नेहरूको सङ्ख्या ठुलो छ । धेरैजसो नेपालीहरू स्वदेशमा रोजगारी नपाउँदा विदेश जान बाध्य छन् । कति भने स्वदेशमा पाएको रोजगारीबाट परिवार पाल्न र आफ्नो जनजीविका चलाउन नसक्दा बिदेसिन बाध्य छन् ।
नारायणगढको दुर्गा मन्दिर (फोटो फिचर)
भरतपुर उप महानगरपालिका वडा नं. १ पुलचोकमा अवस्थित प्रख्यात दुर्गा मन्दिर। यो दुर्गा देवीको मन्दिर नारायणी नदीको पुल नजिकको उत्तरतर्फको सडकको केही दुरीमा दाहिनेतर्फ दुई तले प्याइगोडा शैलीको निकै नै आकर्षक रहेको छ।
छ सय जनाभन्दा बढीलाई रोजगारी
रामेछापमा यो वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत छ सय जनाभन्दा बढी बेरोजगार नागरिकले न्यूनतम एक सय दिन बराबरको रोजगारी पाउँदै छन् । चालु आर्थिक वर्ष २०
नारायणी नदी किनारमा चियाको प्रदर्शनी गरिने
यही माघ २६ र २७ गते नारायणी नदी किनारमा नेपाली चियाको बृहत प्रदर्शनी तथा टि टेस्टिङ हुने भएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजना तथा चिया क्षेत्रमा क्रियाशील विभिन्न सङ्घ–संस्थाको सहकार्यमा चिया प्रदर्शनी आयोजना हुन लागेको हो ।
अब तीन दिन संसद र तीन दिन समितिको बैठक
संसद्को आउँदो हिउँदे अधिवेशनलाई व्यवस्थित र प्रभावकारी बनाउन सातामा तीन दिन संसद्को बैठक र तीन दिन संसदीय समितिका बैठक हुनेगरी कार्यतालिका तयार गरिएको छ ।
कार्यकर्ताले नेता बोक्ने होइन, पार्टी बोक्ने हो : महासचिव पोखरेल
नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले राजनीतिक दलका कार्यकर्तामा सिङ्गो पार्टीलाईभन्दा नेतालाई बढी विश्वास गर्ने परिपाटी बढेसँगै दलहरूमा फुटको अवस्था सिर्जना भएको बताउनुभएको छ ।
चन्द्रागिरिमा ‘एकीकृत घुम्ती शिविर कार्यक्रम’ सञ्चालन
चन्द्रागिरि नगरपालिकाले आफ्नो सेवालाई चुस्त र प्रभावकारी बनाउन सेवाग्राहीलाई पायक पर्ने स्थानमै पुगेर एकीकृत घुम्ती शिविर कार्यक्रम सञ्चालन गरी सेवा प्रवाह गर्न सुरुआत गरेको छ ।यस्ता सेवामा स्वास्थ्य, सामाजिक विकास, कृषि, पशु र पञ्जीकरण छन् ।
डलर साट्ने नाममा १३ लाख चोरी
मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका वडा ५ र थाहा नगरपालिका वडा ९ को सिमानामा पर्ने सानोपोखरी डाँडाबाट एक व्यक्तिले डलर साट्ने नाममा सिजलबहादुर सुनारबाट रकम लिएर दुई जना फरार भएका छन्।
घरघरमा पुगेर बिरामी पहिचान गरी क्षयरोग निर्मुल पारौँ : स्वास्थ्यमन्त्री बस्नेत
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले क्षयरोग थाहा पाउन प्रत्येक घरघरमा पुगेर बिरामी पहिचान गरी रोग निर्मुल पार्न सुरु गरिएको अभियानलाई प्रभावकारी बनाउन आग्रह गर्नुभएको छ ।
‘बालमैत्री समाज निर्माणमा नेपाल प्रहरीको महत्वपूर्ण भूमिका’
काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले बालमैत्री समाज निर्माणमा नेपाल प्रहरीको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ ।
लामो अनुसन्धानपछि मात्रै अरुण चौधरीलाई पक्राउ गरिएको होः सिआईबी
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले च्याम्पियन फुटवेयरमा बाँसबारी छाला उद्योगको २५ प्रतिशत शेयर अरुण चौधरीले खरिद गरेको आधारमा पक्राउ गरिएको बताएको छ ।
बागमती प्रदेश सरकारले बनायो ७८ कानुन
बागमती प्रदेश सरकारले प्रदेशसभामार्फत हालसम्म ७८ वटा कानुन निर्माण गरेको छ । प्रदेश सरकार सञ्चालन तथा सेवा प्रवाहका लागि आवश्यक पर्ने ९९ कानुनमध्ये ७८ वटा कानून बनेका हुन् ।
भारतसँगको विद्युत् व्यापार सम्झौतामा सर्वोच्चले माग्यो एमीकस क्युरी
सर्वोच्च अदालतले भारतसँगको दीर्घकालीन विद्युत् व्यापारसम्बन्धी सम्झौताका विषयमा सुनुवाइ गर्दै एमीकस क्युरी माग गरेको छ ।
टोखामा सार्वजनिक जग्गामा बनाइएका संरचना हटाइँदै
काठमाडौँको टोखा नगरपालिकाले सार्वजनिक जग्गा मिचेर बनाइएका अवैध संरचना हटाउन सुरु गरेको छ । टोखा नगरपालिकाले सार्वजनिक जग्गा संरक्षण गर्नका वडा नम्बर ४ का वडाअध्यक्ष धर्मेन्द्र श्रेष्ठको संयोजकत्वमा ‘सार्वजनिक जग्गा संरक्षण समिति’ निर्माण गरी सार्वजनिक जग्गा मिचेर अवैधरुपमा बनाइएका संरचना हटाउन सुरु गरेको हो ।
बैंकहरु विकासमा सहयोगी हुनुपर्छ : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बैंकहरु विकास अभियानमा सहयोगी हुनुपर्ने बताउनुभएको छ । पछिल्लो समय बैंकलाई समेत मिटरब्याजी भएको आरोप लाग्नु दुःखद भएको उहाँले चर्चा गर्नुभयो ।
मायालुका लागि भए पनि धूमपान त्याग्न डा.ओममूर्तिको आग्रह
वरिष्ठ मुटुरोग विशेषज्ञ डा.ओममूर्ति अनिलले ‘मेरो एउटा सानो त्याग, मायालुको लागि ठूलो उपहार’ भन्ने नाराका साथ धूमपान सेवनलाई निरुत्साहित गर्न चेतनामूलक अभियानको थालनी गर्नु भएको छ ।
सत्रजना जुवातास खेलाडी पक्राउ
काठमाडौं महानगरपालिका–२६ रानिबारी बस्ने कृष्ण सिलवालको घरमा जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ परेका छन् ।
शान्ति प्रक्रियाका बाँकी काम सबैको सहमतिमा पास गर्नुपर्छ : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक सबैको सहमतिबाट पास गर्नुपर्ने बताउनुभएको छ ।