सङ्घीयता कार्यान्वयनमा प्रधानमन्त्रीको सक्रियता
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीयता कार्यान्वयनका सम्बन्धमा सङ्घीय सरकारले गर्न बाँकी कार्यायोजना र हालसम्म भएका तथा कार्यान्वयनमा देखिएका समस्याबारे आज छलफल गर्नुभएको छ ।
कानुन निर्माणमा सत्तापक्ष र प्रतिपक्ष हुनुहुँदैन : जनार्दन शर्मा
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले कानुन निर्माणमा कोही पनि सत्ता र प्रतिपक्ष हुन नहुने बताउनुभएको छ ।
स्टार्टअप कर्जासम्बन्धी त्रिपक्षीय सम्झौता
स्टार्टअप उद्यम कर्जा प्रवाह तथा कर्जा सुरक्षण सम्बन्धमा औद्योगिक व्यवसाय विकास प्रतिष्ठान, राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेड र निक्षेप तथा कर्जा सुरक्षण कोशबिच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
मस्यौदा समितिको प्रतिवेदन स्वीकृत
राष्ट्रिय सभाको आजको बैठकले राष्ट्रिय सभा नियमावली, २०७५ को संशोधन मस्यौदा समितिको प्रतिवेदन २०८० सर्वसम्मतिले स्वीकृत गरेको छ ।
संसद्लाई प्रभावकारीरुपमा सञ्चालन गर्न एमालेको माग
नेकपा (एमाले) का प्रमुख सचेतक पदम गिरीले जनतामा आशा जगाउँदै संसद्लाई प्रभावकारीरुपमा सञ्चालन गर्न सरकार जवाफदेहीरुपमा प्रस्तुत हुनुपर्ने बताउनुभएको छ ।
आमाको उमेर नपुग्दै जन्मिँदै छन् सन्तान
शिक्षित जिल्लाकारुपमा चिनिने चितवनमा उमेर नपुग्दै सन्तान जन्माउनेको सङ्ख्या निकै धेरै छ । कम उमेरमा बच्चा जन्माउँदा आमा र बच्चाको स्वास्थ्यमा नकारात्मक असर पर्छ भन्ने ज्ञानको कमीका कारण महिलाले कलिलो उमेरमै बच्चा जन्माएका हुन् ।
कृषि उत्पादन प्रवर्द्धनमा सांसदको जोड
सांसदहरूले मुलुकको अर्थतन्त्रको महत्त्वपूर्ण आधार कृषि क्षेत्रको उत्पादन, विकास र प्रवर्द्धनमा ध्यान दिन सदनमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
बाँसबारी जग्गा प्रकरण : चौधरीसहित तीन रिहा
बाँसबारी छाला जुत्ता कारखाको जग्गा प्रकरणमा पक्राउ परेका च्याम्पियन फूटवेयर लिमिटेडका सञ्चालक तथा व्यवसायी अरुण चौधरीसहित तीन जना रिहा भएका छन् ।
वैदेशिक रोजगारीको रकम देश विकासमा लगानी गर्नुपर्छ : नेता गौतम
सांसद वामदेव गौतमले वैदेशिक रोजगारीबाट आएको रकमलाई मुलुकको विकासमा खर्च गरिनुपर्ने बताउनुभएको छ ।
प्रतिनिधि सभा शून्य समय : विकास खर्च बढाएर पूर्वाधार निर्माणमा गति दिन माग
सङ्घीय संसद् प्रतिनिधि सभाको आजको बैठकमा शून्य समयमा बोल्दै सांसदहरूले विभिन्न विकास पूर्वाधार आयोजना निर्माणमा भएको ढिलाइ र न्यून पुँजीगत खर्चबारे सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
राष्ट्रिय सभा बैठक : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले भूकम्पपीडितलाई राहत, सडक, पुललगायत पूर्वाधार विकास, विदेशमा हराएका नागरिकको खोजी तथा विभिन्न निकायमा अपुग कर्मचारीको व्यवस्थापनलगायत मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
विद्यार्थीलाई मुना र मधुपर्क वितरण
विश्वप्रकाश मावि भरतपुर-१५ मङ्गलपुर चितवनका विद्यार्थीलाई बालपत्रिका मुना र साहित्यिक पत्रिका मधुपर्क वितरण गरिएको छ ।
जहाँ विद्यार्थी दिसा पिसाब गर्न जङ्गल छिर्छन् !
जिल्ला सदरमुकाम सिन्धुलीमाढीबाट नजिकै भएर पनि कमलामाई नगरपालिका–४ स्थित ढाँडे र ढकालगाँउ शिखर दुर्गम गाउँको रूपमा परिचित छ ।
थानकोट–चन्द्रागिरि सडक : थप छ करोड बजेट विनियोजन
सरकारले थानकोट–चन्द्रागिरि सडकमार्गलाई थप छ करोड बजेट विनियोजन गरेको छ । गणेशमान सिंह मार्ग नाम गरेको उक्त सडकमार्गमा बजेट अभावका कारण धराप खेपेको भन्दै आलोचना भएपछि सरकारले सडकको स्तरोन्नतिका लागि बजेट विनियोजन गरेको छ ।
मेघौली विमानस्थलको धावनमार्ग स्तरोन्नति गरिँदै
पश्चिम चितवनमा रहेको मेघौली विमानस्थलको धावन मार्गको स्तरोन्नतिको काम अघि बढेको छ । घाँसेमैदान रहेको धावन मार्गमा उच्च स्तरको ग्राभेल गरेर स्तरोन्नति गर्न लागिएको हो । मेघौली विमानस्थल आयोजना प्रमुख चन्द्रमणि सापकोटाका अनुसार विमानस्थलमा नाली र स्ल्याब कल्भर्ट निर्माण गरिएको छ ।
प्रक्रिया पूरा भएका कम्पनीका आइपिओ निष्कासन गर्न नरोकियोस् : अध्यक्ष ढकाल
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रक्रिया पूरा भएर पनि रोकिएका कम्पनीका आइपिओहरु निष्कासन गर्न अनुमति दिन आग्रह गर्नुभएको छ ।
विकट बस्तीमा फैलिएको भाइरल ज्वरोको प्रकोप नियन्त्रणमा आउँदै
मकवानपुरको विकट बस्ती राक्सिराङ गाउँपालिका–९ स्थित तर्लिङ आसपासका क्षेत्रमा फैलिएको भाइरल ज्वरोको प्रकोप नियन्त्रणमा आउन थालेको छ ।
सुरुङ निर्माणस्थलमा गरियो क्षमापूजा
राष्ट्रिय गौरवको सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना अन्तर्गत सुक्खा पहिरो झरेर सुरुङ निर्माण रोकिएपछि मङ्गलबार सुरुङ निर्माणस्थल कुसुमटारमा क्षमापूजा गरिएको छ । सुरुङको दायाँबायाँ दुवैतर्फ पाउडर जस्तो माटो झरेर सुरुङ खन्ने टनेल बोरिङ मेसिनलाई थिचेपछि ४५ दिनदेखि निर्माण कार्य रोकिएको थियो । मङ्गलबार बिहान पण्डित लगाएर कमलामाई नगरपालिका–२, कुसुमटारमा ‘विश्वकर्मा बाबा’ को पूजा गरी क्षमापूजा गरिएको आयोजनाले जनाएको छ ।
योजना सम्झौतामै ढिलाइ
चालु आर्थिक वर्षको सात महिना सकिन लाग्दा रामेछापका स्थानीय तहमा सम्पन्न हुनुपर्ने विकास योजनाहरूको कामले अपेक्षित मात्रामा गति लिन सकेको छैन । रामेछापमा दुई नगरपालिका र छ वटा गाउँपालिकाको हालसम्मको प्रगति विवरण हेर्दा यहाँका स्थानीय तहले अपेक्षित रूपमा विकास योजनाहरूको काम गर्न सकेका छैनन् । यहाँका स्थानीय तह अझै असारे विकासको मानसिकताबाट मुत्तक्तहुन नसकेको देखिन्छ ।
सर्वोच्च विधायिकी संस्थालाई सुदृढ बनाउन सबै सांसदको भूमिका उत्तिकै छ : सांसद बिजुला रायमाझी
सङ्घीय संसद्मा जनप्रतिनिधिको जिम्मेवारी बहन गरेको एक वर्ष बढी बितिसकेछ । मेरो संसदीय राजनीतिको पहिलो अनुभव प्रतिनिधिसभा नै हो । आम नागरिक, श्रमजीवीको प्रतिनिधित्व गर्दै थुप्रै काम गर्न सकिन्छ कि भनेर जागिर छाडेर निर्वाचनमा होमिएकी हुँ
माटो बचाउँदै गोबरको दाना मल
रासायनिक मलको अधिक प्रयोगले माटोमा अम्लीयपना बढाउँदै उर्वराशक्तिमा ह्रास हुँदै गएको छ । परम्परागत रूपमा प्रयोग हुने गाईभैँसीको गोबर, बाख्राको जुतो, कुखुरा र हाँसको सुलीको प्राङ्गारिक मलले माटोको उर्वराशक्तिलाई बचाउने भए पनि त्यसको प्रयोग कम हुँदै गएको छ । गोबर र सोत्तरको मलको प्रत्यक्ष प्रयोगमा फोहोरको अनुभूति हुने भएकाले किसानले त्यस्तो मलको प्रयोग कम गर्न थालेका छन् तर अब यो समस्या निराकरण हुने छ, किनकि गोबर, जुतो, सुली आदिको प्रयोग गरेर प्राङ्गारिक मलको उत्पादन सुरु भएको छ ।
बस र बोलेरो ठोक्किँदा ११ घाइते
पूर्वपश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौँडा–१९, सान्नानिटारमा मङ्गलबार दिउँसो बस र बोलेरो एक आपसमा ठक्कर हुँदा ११ जना यात्रु घाइते भएका छन् ।
अनुगमन तथा मूल्याङ्कनसम्बन्धी विधेयक पारित
प्रतिनिधि सभा, राज्य व्यवस्था तथा सुशासन समितिबाट अनुगमन तथा मूल्याङ्कन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक परिमार्जनसहित सर्वसम्मतले पारित भएको छ ।
गोरखापत्र दैनिकका प्रधान सम्पादक भट्टराई सम्मानित
रफत सञ्चार क्लबले गोरखापत्र दैनिकका प्रधान सम्पादक शिवकुमार भट्टराईसहित तीन जना पत्रकारलाई सम्मान गरेको छ।