आजको मौसम : हल्का हिमपातको सम्भावना
पश्चिमी वायुको आंशिक प्रभावले देशका पहाडी भू–भागमा आंशिक बदली रही उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ ।
आलु र दूध बिक्रीबाट दुई करोडभन्दा बढी आम्दानी
दोलखाको वैतेश्वर गाउँपालिका–८ यवोका ९३ घरधुरी किसानले यस वर्ष आलु बिक्रीबाट एक करोडभन्दा बढी आम्दानी गरेका छन् । आलु उत्पादनको हिसाबले उर्वर भूमि मानिने यवोबाट मात्रै यस वर्ष एक करोड ६८ लाखको आलु बिक्री भएको जनप्रेमी कृषि सहकारी संस्थाका अध्यक्ष टीकाबहादुर खत्रीले जानकारी दिनु भयो ।
हरिबोधनी एकादशीमा टाँगियो तोरन (फोटो फिचर)
कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधनी एकादशी पर्व मनाइँदै छ । हरिशयनी एकादशीका दिन रोपिएको तुलसीको आज विवाह गरी मनाइने धार्मिक प्रचलन छ।
ललितपुरमा अत्याधुनिक दमकल
ललितपुर महानगरपालिकाले आधुनिक प्रविधि जडानयुक्त दुई वटा दमकल सञ्चालनमा ल्याएको छ । आगलागीका बेला करिब १२० मिटर टाढा र २० तलाको उचाइसम्म पनि पानीको फोहोरा हान्न सक्ने दुई वटा दमकल बुधबारदेखि सञ्चालनमा ल्याएको हो । महानगरपालिकाले विपत् व्यवस्थानका लागि इसुजी कम्पनीका दमकल सञ्चालनमा ल्याएको हो । आगलागी नियन्त्रण गर्न महानगरको प्राङ्गणमा बुधबार दमकलद्वारा नमुना प्रदर्शन गरिएको थियो । प्रदर्शनको अवलोकन गर्दै महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले दमकल सञ्चालनको शुभारम्भ गर्नुभएको थियो । जापानी कम्पनीका उक्त दमकल पाँच करोड ६५ लाख रुपियाँमा महानगरपालिकाले खरिद गरेको कार्यव्रmममा जानकारी गराइएको थियो ।
सकियो सिंहदरबार प्रबलीकरण
विसं २०७२ को भूकम्पबाट क्षतिग्रस्त सिंहदरबारको मुख्य भवनको प्रबलीकरण सकिएको छ । प्रबलीकरण गरिएको सिंहदरबार अब आठ रेक्टर स्केलसम्मको भूकम्प थेग्न सक्ने क्षमताको रहेको सहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन) का प्रमुख कोषनाथ अधिकारीले बताउनुभयो । प्रबलीकरण सकिएसँगै प्रधानमन्त्रीको कार्यालय पश्चिमी मोहडामा सारिएको छ । भूकम्पपछि प्रधानमन्त्रीको कार्यालय तत्कालीन गृह मन्त्रालय रहेको भवनमा सारिएको थियो । त्यहाँबाट यसअघि प्रधानमन्त्री कार्यालय मुख्य प्रशासनिक भवनको पूर्वी मोहडा (उत्तरी, पूर्वी र दक्षिणी भाग) स्थानान्तरण भएको थियो । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय बुधबार पूर्वी मोहडाबाट पश्चिमी मोहडामा स्थानान्तरण भएको हो । आयोजना प्रमुख कोषनाथ अधिकारीका अनुसार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय पश्चिमी मोहडा पहिलो तलाको पश्चिम–दक्षिण कुनामा स्थानान्तरण भएको हो ।
उपत्यकामा एकीकृत सुरक्षा योजना
नेपाल कम्युनिस्ट पार्टी (एमाले) को भ्रातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ र व्यवसायी दुर्गा प्रसाईं समर्थकले आयोजना गर्न लागेका छुट्टाछुट्टै प्रदर्शनविरुद्ध सुरक्षार्थ काठमाडौँ उपत्यकामा एकीकृत सुरक्षा योजना लागु गरिएको छ । बिहीबार दिउँसो प्रसाईं समर्थकले बल्खु र युवासङ्घले तीनकुनेमा प्रदर्शनको तयारी गरेपछि काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा अधिकारीको बैठकले एकीकृत सुरक्षा योजना लागु गर्ने निर्णय गरेको हो ।
बढ्दो छ जिन्सीको दुरुपयोग
स्थानीय तहमा सार्वजनिक जिन्सी सम्पत्तिको दुरुपयोग बढेको छ । कतिपय स्थानीय तहले पुनः प्रयोग गर्न मिल्ने जिन्सी सामग्रीको बेवास्ता गरी कार्यालय परिसरमा बेवारिसे अवस्थामा राखेका छन् । कतिपयले एउटै कोठामा अव्यवस्थित रूपमा सामान थुपारेका छन् । पुनः प्रयोग गर्न मिल्ने, पुराना सवारीसाधन, कुर्सी, टेबुल, कम्प्युटर, स्टेसनरी सामान, ल्यापटप, पङ्खा, दराज, कपडा झुन्ड्याउने ह्याङ्गर, भान्साका सामानलगायतका सामग्री छरपस्ट राखिएका छन् । नयाँ सामान खरिद गर्दा आवश्यकताभन्दा बढी खरिद गर्ने र उक्त सामान प्रयोगविहीन हुने गरेको महालेखा परीक्षकको प्रतिवेदनले औँल्याएको छ ।
काठमाडौंमा भूकम्पको धक्का : चित्लाङ केन्द्रबिन्दुमा ४.५ म्यागनिच्युट मापन
काठमाडौंमा बिहीबार राति भूकम्पको धक्का महसुस भएको छ ।
अध्यक्ष डा भट्टराईको संयोजकत्वमा पार्टी एकता संयोजन समिति गठन
समान विचार भएका पार्टी एकताका लागि पार्टी अध्यक्ष बाबुराम भट्टराईको संयोजकत्वमा पार्टी एकता संयोजन समिति गठन गर्ने निर्णय गरेको छ ।
बिहीबारका लागि सुरक्षा व्यवस्था कडा, डिआईजी नेतृत्वमा कमाण्ड सेन्टर
भोलि (बिहीबार) बल्खु र तीनकुनेमा हुने शक्ति प्रदर्शनको सुरक्षा व्यवस्थाका लागि काठमाडौँ उपत्यकाको सुरक्षा व्यवस्था कडा बनाइएको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयका अनुसार उपत्यकाको सुरक्षा व्यवस्थालाई मजबुत बनाउन डिआईजी लालमणि आचार्यको नेतृत्वमा ज्वाइन्ट अप्रेसन कमाण्ड सेन्टर गठन गरिएको छ ।
‘भिजिट भरतपुर २०२४’
भरतपुर महानगरपालिकाले ‘भिजिट भरतपुर २०२४’ अभियान सञ्चालन गर्ने भएको छ । महानगर र पर्यटन बोर्डद्वारा आज आयोजित ‘सरोकारवाला निकायसँग अन्तरक्रिया तथा पत्रकार सम्मेलनमा’ भरतपुरलाई पर्यटकीय गन्तव्यका रूपमा प्रवर्द्धन गरी आन्तरिक तथा बाह्य पर्यटक भित्राउने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको जनाइएको हो ।
प्राप्त उपलब्धि रक्षाका लागि एक हुन प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राप्त उपलब्धि रक्षाका लागि सबै एक हुन आग्रह गर्नुभएको छ । बुधबार शंखधर दिवसको अवसरमा काठमाडौँमा आयोजित समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
प्रधानमन्त्री प्रचण्डलाई सम्मान
नेपाल संवत् न्हुँद राष्ट्रिय समारोह समितिले नेपाल संवतलाई सम्पूर्ण सरकारी दस्तावेजमा उल्लेख गर्ने ऐतिहासिक निर्णय गरेकामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सम्मान गरेको छ ।
जनतालाई अनुभूति हुनेगरी काम भइरहेको छ : स्वास्थ्यमन्त्री बस्नेत
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले जनतालाई अनुभूति हुनेगरी काम गरिरहेको बताउनुभएको छ । विश्व स्वास्थ्य सङ्गठन र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको संयुक्त वार्षिक समीक्षा गोष्ठीको पूर्वतयारीका लागि आज यहाँ आयोजित कार्यक्रममा उहाँले स्वास्थ्य क्षेत्रमा सुधारको काम भइरहेको जिकिर गर्नुभएको हो ।
भरतपुरमा बोराभित्र महिला पुरुषको शव फेला
चितवनको भरतपुर महानगरपालिका–१२ मिलनचोक नजिकैको पूर्व पश्चिम राजमार्गको पुलमुनि हात खुट्टा बाँधेर बोरामा फालेको अवस्थामा दुईजनाको शव फेला पारेको छ ।
भृकुटीमण्डपमा पुस्तक प्रदर्शनी (फोटो फिचर)
साना कलिला नानीबाबुदेखि ग्राज्युएडसम्मका पाठकलाई एउटा राम्रो अवसर हुन सक्छ ‘साउथ एसिया इन्टरनेशनल बुक फेयर २०२३ (नेपाल)’। काठमाडौँको भृकुटीमण्डपमा मंगलबारदेखि सुरु भएको पुस्तक प्रदर्शनी अब चार दिनसम्म चल्नेछ।
बिहीबार अत्यावश्यक काममा मात्र सवारी चलाउन ट्राफिक प्रहरीको अनुरोध
बिहीबार अत्यावश्यक काममा मात्र सवारीसाधन लिएर निस्कन ट्राफिक प्रहरीले अनुरोध गरेको छ । बिहीबार भोलि राष्ट्रिय युवा सङ्घ नेपाल र दुर्गा प्रसाईँले उपत्यकाका विभिन्न स्थानमा विरोध प्रदर्शनका कार्यक्रम आयोजना गर्नुभएको छ ।
वन उपभोक्ता समितिका अध्यक्षसहित तीन जनाविरुद्ध नौ लाखको भ्रष्टाचार मुद्दा
काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–४ स्थित धारापानी हिले सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष चन्द्रसिंह लामासहित तीन जनाविरुद्ध नौ लाख १४ हजार २८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।
पर्यटन ऐन संशोधनको प्रक्रियामा छौँ : राज्यमन्त्री सिर्पाली
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले पर्यटकहरूलाई मध्यनजर गरी पर्यटन ऐन संशोधनको प्रक्रियामा रहेको बताउनुभएको छ ।
सामाजिक सञ्जालको नियमन : नेपाली समाज कस्तो बनाउने भन्ने बहस
केही समयअघि सुनसरीको धरानमा गोरु काटेर सामूहिक भोज गरेको भिडियो टिकटकमा पोष्ट भएपछि सामाजिक सद्भाव खलबलिने घटना भई निषेधाज्ञा लगाउनुपर्ने अवस्था आयो । केही हिन्दु धर्मगुरुले गाई काट्ने व्यक्तिहरूको हत्या गरेमा आफूले जिम्मा लिने विवादास्पद अभिव्यक्ति दिएको भिडियो भाइरल नै भयो । त्यस्ता व्यक्तिलाई प्रहरीले पक्राउ गरेर कागज गराई छाडेको थियो ।
ललितपुर महानगरपालिकामा दुई दमकल थपिए
ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले विपद् व्यवस्थापनको सन्दर्भमा गर्नुपर्ने काममा उच्च प्राथमिकता दिएको बताउनुभएको छ ।
काउन्सिलद्वारा पत्रिका वर्गीकरण फाराम भर्न आह्वान
प्रेस काउन्सिल नेपालले आर्थिक वर्ष २०७९–८० मा प्रकाशित पत्रपत्रिकालाई वर्गीकरणका लागि आवेदन फाराम भर्ना आह्वान गरेको छ । काउन्सिलले आज सार्वजनिक सूचना जारी गर्दै सो आह्वान गरेको हो ।
पहिलो चौमासिकमा कामपाको राजस्व करिब तीन अर्ब
काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा रू दुई अर्ब ९२ करोड ९६ लाख नौ हजार राजस्व असुल गरेको छ ।
आवधिक निर्वाचनका लागि ‘बार’ नै तोकेर प्रस्ताव
प्रतिनिधिसभा सदस्य वा प्रदेशसभा सदस्यको निर्वाचन यस्तो सभाको अन्तिम निर्वाचन परिणाम घोषणा भएको चार वर्ष ११ महिनापछिको पहिलो आइतबारलाई प्रस्ताव गरिएको छ ।