वडा सचिवसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा
रामेछापको मन्थली नगरपालिका वडा नं. ३ का तत्कालीन वडासचिव शिवकुमार महतोविरुद्ध आफू जिवितै हुँदै आफ्नो मृत्युको दर्ताको प्रमाणपत्र बनाएर श्रीमतीलाई एकल महिला भत्ता खुवाएको आरोप लागेको छ ।
दूरसञ्चारको विकास डिजिटल नेपालको मेरुदण्ड हो : उपप्रधानमन्त्री खड्का
उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले दूरसञ्चार क्षेत्रको विकास नै डिजिटल नेपालको मेरुदण्ड भएको बताउनुभएको छ ।
काठमाडौं महानगरका उपप्रमुख डङ्गोल अष्ट्रेलिया प्रस्थान
काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनीता डङ्गोल शुक्रबार अष्ट्रेलिया प्रस्थान गर्नुभएको छ ।
सहकारी दर्ता, क्षेत्र विस्तार र सेवा केन्द्र स्वीकृतिमा रोक
सरकारले कुनै पनि प्रकृतिका सहकारी संस्था दर्ता, कार्यक्षेत्र विस्तार तथा सेवा केन्द्रको स्वीकृतिमा रोक लगाएको छ ।
कर बक्यौता एक खर्ब १३ अर्ब, साढे पाँच हजार करदाता मुद्दा मामिलामा
गत आर्थिक वर्ष २०७९/८० सम्ममा रु एक खर्ब १३ अर्ब सात करोड ५८ लाख बराबर कर बक्यौता उठ्न बाँकी रहेको देखिएको छ ।
चोभार सुख्खा बन्दरगाह निजी क्षेत्रले सञ्चालन गर्दै
चोभार सुख्खा बन्दरगाह निजी साझेदारी (पि.पि.पि.) मोडेलमार्फत निजी क्षेत्रले सञ्चालन गर्ने भएको छ ।
प्रधानमन्त्री र कतारका विदेश राज्यमन्त्रीबीच भेट
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखैरीबीच शिष्टाचार भेट भएको छ ।
अहिले व्यवस्थामाथि प्रश्न उठेको होइन : उपप्रधानमन्त्री खड्का
उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले अहिलेको प्रश्न सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामाथिको नभएको बताउनुभएको छ ।
विपिन जोशीको रिहाइको पहल गरिदिन आग्रह
परराष्ट्रमन्त्री एनपी साउदले कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखैरीसँग हमासको नियन्त्रणमा रहनुभएका नेपाली विपिन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गर्नुभएको छ ।
बाघको आक्रमणबाट एक जनाको मृत्यु
मकवानपुरको मनहरीमा बाघको आक्रमणबाट शुक्रबार बिहान एक जनाको मृत्यु भएको छ ।
तीनकुने पुगेका व्यवसायी प्रसाईंका समर्थक पक्राउ
व्यवसायी दुर्गा प्रसाईंले आह्वान गरेको विरोध प्रदर्शनमा सहभागी हुन तीनकुने पुगेका प्रदर्शनकारीहरु पक्राउ परेका छन् ।
देशभर १२ सय र उपत्यकामा दैनिक ३५० युनिट रगत माग
नेपाल रेडक्रस सोसाइटीले नेपालमा रगतको सङ्कलन एवम् व्यवस्थापनका लागि सबैमा रगत दान गर्नुपर्ने जागरण चलाउन आवश्यक रहेको बताएको छ ।
नेपालको उच्चशिक्षा चुनौतीको सँघारमा : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको उच्चशिक्षा चुनौतीको सँघार पुगेको बताउनुभएको छ । ‘उच्च शिक्षाका मापदण्डहरूमा एकरूपता र अन्तर्राष्ट्रियकरण’ बारे उपकुलपतिहरूको सम्मेलनलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
आजको मौसम : हल्का वर्षा र हिमपातको सम्भावना
हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले देशका पहाडी भू–भागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बालबालिकाको पोषण सुधार
पछिल्लो वर्षदेखि काभ्रेपलाञ्चोक जिल्लामा कुपोषित बालबालिकाको सङ्ख्यामा कमी आएको छ । स्वास्थ्य कार्यालय तथा स्थानीय तहहरूले विभिन्न सङ्घ संस्थाको सहकार्यमा कुपोषित बालबालिकालक्षित कार्यक्रम सञ्चालन गरेपछि कुपोषित बालबालिकाको सङ्ख्या घटेको हो । स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले अघिल्ला वर्षको तुलनामा गत वर्षदेखि यस जिल्लामा कुपोषित बालबालिकाको सङ्ख्यामा कमी आएको जनस्वास्थ्य अधिकृत दीपेन्द्रकाजी श्रेष्ठले बताउनुभयो । उहाँले कुपोषित बालबालिकालाई लक्षित गर्दै कार्यालय तथा स्थानीय तहले सोही अनुसारका कार्यक्रम अगाडि बढाएका कारण कुपोषित बालबालिकाको सङ्ख्या घटेको दाबी गर्नुभयो ।
चारमहिनादेखि प्राध्यापकले तलव नपाउँदा पठनपाठन ठप्प
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको पठनपाठन ठप्प भएको छ । प्रतिष्ठानमा कार्यरत प्राध्यापकले तलब र भत्ताबापतको रकम नपाएको जनाउँदै विरोधमा उत्रिएपछि १५ दिनदेखि पठनपाठन ठप्प भएको हो ।
सेवा प्रभावकारी बनाउन अख्तियारको सुझाव
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक खरिद, सार्वजनिक सेवा प्रवाह, नियमनकारी भूमिका थप प्रभावकारी बनाउँदै लैजान सुझाव दिएको छ । अख्तियारले सार्वजनिक नियामक निकाय तथा सार्वजनिक संस्थानसँग गरेको अन्तर्क्रियामा प्रमुख आयुक्त प्रेमकुमार राईसहित आयुक्तले कानुनको अक्षरशः पालना गर्नुपर्ने, आयोगबाट दिइएका सुझावको गम्भीरतापूर्वक कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभएको हो ।
प्राध्यापक चलाउनेमाथि कुटपिट गर्ने छ जनालाई दुई वर्ष कैद
जिल्ला अदालत काठमाडौँले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेमबहादुर चलाउनेमाथि ज्यान लिने उद्देश्यले कुटपिट गर्ने ६ जनालाई जनही दुई वर्ष कैद सजाय तोकेको छ । न्यायाधीश विनोद खतिवडाको इजलासले बिहीबार ६ जनालाई कैद तथा जरिबाना फैसला गरेको हो । दोषी ठहर भएका सबै नेपाल विद्यार्थी सङ्घमा आबद्ध विद्यार्थी हुन् । अभियुक्तमध्येका एक जनालाई अदालतले सफाइ दिएको छ । चलाउनेलाई २८ लाख १७ हजार रुपियाँ उपचार खर्चबापतको क्षतिपूर्ति उपलब्ध गराउन पनि अदालतले फैसलामा भनेको छ ।
बल्खु प्रदर्शनमा २८ घाइते, ६ जनाको उपचार हुँदै
काठमाडौँको बल्खुमा बिहीबार भएको प्रदर्शनमा झडपको स्थिति सिर्जना भएपछि त्यसलाई नियन्त्रणमा लिने क्रममा प्रहरीसहित २८ जना घाइते भएका छन् ।
टिकटक प्रतिबन्ध : अन्तरिम आदेश जारी नहुँदा क्षति पुग्ने आधार देखिएन
सर्वोच्च अदालतले टिकटक प्रतिबन्धविरुद्ध दायर रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । टिकटक प्रतिबन्धविरुद्ध दायर रिटमा सर्वोच्चले यही मङ्सिर १५ गतेभित्र लिखित जवाफ पेस गर्न सरकारलाई आदेश दिएको छ ।
प्रचण्ड–बाबुरामबिचको अविश्वासको अन्त्य भयो : सहअध्यक्ष श्रेष्ठ
नेपाल समाजवादी पार्टीका सहअध्यक्ष गङ्गानारायण श्रेष्ठले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेसपा अध्यक्ष डा. बाबुराम भट्टराईबिच अविश्वासको अन्त्य भएको बताउनुभएको छ ।
चार महिनामा साढे १२ अर्बको विद्युत् भारत निर्यात
नेपाल विद्युत प्राधिकरणले चालू आर्थिक वर्ष (आव) २०८०/८१ को पहिलो चार महिनामा साढे १२ अर्ब रुपियाँको विद्युत भारतर्फ निर्यात गरेको छ ।
शिक्षक र अहेवविरुद्ध नक्कली प्रमाणपत्रको मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी सुविधा लिएको आरोपमा एक शिक्षकविरुद्ध मुद्दा दायर गरेको छ ।
ऋण लिएर तिर्दिन भन्न कसैलाई छुट छैन : अर्थमन्त्री डा. महत
अर्थमन्त्री डा. प्रकाशशरण महतले ऋण लिएर तिर्दिन भन्ने छुट कसैलाई नभएको बताउनुभएको छ । मध्यपुरथिमि नगरपालिकाले आयोजना गरेको शङ्खधर दिवस कार्यक्रममा उहाँले ऋण लिएर जथाभाबी लगानी गर्ने र अहिले ऋण तिर्दिन भन्न नपाउने बताउनुभयो ।