सप्तपाताल पोखरी दुई वर्षभित्र पुनर्जीवित गर्ने लक्ष्य
ललितपुर महानगरपालिकाले लगनखेलस्थित ऐतिहासिक तथा धार्मिक महत्त्वको सप्तपाताल पोखरीलाई पुनर्जीवित गर्ने लक्ष्यका साथ काम अघि बढाएको छ । महानगरपालिकाले सो पोखरीको निर्माण कार्य अबको दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिएको छ ।
नेपाल चिकित्सक सङ्घको तेस्रो राष्ट्रिय स्वास्थ्य सम्मेलन सुरु
नेपाल चिकित्सक सङ्घको तेस्रो राष्ट्रिय स्वास्थ्य सम्मेलन (एनएमए–नेशनल हेल्थ समिट) आजबाट काठमाडौंमा सुरु भएको छ । सम्मेलन आइतबार र सोमबार गरी दुई दिनसम्म चल्नेछ ।
अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्ने जनशक्तिको उत्पादनमा ध्यान दिनुपर्छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वविद्यालयहरूले राष्ट्रिय आवश्यकतालाई ध्यानमा राखेर अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्नसक्ने उच्चस्तरीय जनशक्तिको उत्पादनमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।
काँग्रेस प्रमुख सचेतक लेखक भारतमा सम्मानित
नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखक भारतमा सम्मानित हुनुभएको छ । लखनउ विश्वविद्यालयले विश्वविद्यालयबाट अध्ययन गरी काँग्रेसको प्रमुख सचेतक तथा राजनीतिको माध्यमबाट समाजमा योगदान पुर्याएको भन्दै सम्मान गरेको हो ।
प्रहरी महानिरीक्षक कुँवर अस्ट्रिया प्रस्थान
प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर इन्टरपोलको ९१औँ महासभामा सहभागी हुन आइतबार बिहान अस्ट्रियातर्फ प्रस्थान गर्नु भएको छ । इन्टरपोल महासचिवालयको आयोजनामा अस्ट्रियाको भियनामा मङ्सिर १२ देखि १५ गतेसम्म सञ्चालन हुने उक्त महासभामा सहभागी हुन प्रहरी महानिरीक्षक कुँवर त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।
माडीमा चक्रशिला स्थापना
चितवनको माडीमा चक्रशिला (शालिग्राम) स्थापना गरिएको छ । पर्वतको कुश्माबाट ल्याइएको उक्त चक्रशिला माडीको खैरहनीस्थित चक्रतीर्थ धाममा राखिएको छ ।
जिरी ताल निर्माण अन्योलमा
बागमती प्रदेश सरकारको गौरवको आयोजना मानवनिर्मित जिरी तालको निर्माण योजना अन्योलमा परेको छ । दुई वर्षअघि प्रदेशको गौरवको आयोजनाका रूपमा ताल निर्माण गर्ने भनिए पनि अहिले ताल निर्माणको काम अन्योलमा परेको हो । डिभिजन सिँचाइ कार्यालय दोलखाले ताल निर्माणका लाागि जग्गाको लगत सङ्कलन गर्ने काम गत वर्ष नै सम्पन गरेको थियो । नापी कार्यालय तथा मालपोत कार्यालय दोलखाबाट आयोजनाको क्षेत्रभित्र पर्ने जग्गाको लगत लिई अध्ययन गर्दा ताल निर्माणका लागि करिब सात सय रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने देखिएको डिभिजन सिँचाइ कार्यालय दोलखाका प्रशासन अधिकृत शरद दङ्गालले जानकारी दिनुभयो ।
गुम्बा पुनर्निर्माण सुस्त
सिन्धुपाल्चोकमा पुनर्निर्माणमा रहेका सात वटा गुम्बाको निर्माण कार्य सुस्त रहेको छ । २०७२ सालको भूकम्पले ध्वस्त भएका यस जिल्लाका सात वटा गुम्बाको पुनर्निर्माणको गति सुस्त हुँदा सम्पन्न हुनुपर्ने समय लम्बिएको छ । भारत सरकारको सहयोगमा यस जिल्लाका पाँच वटा गुम्बा निर्माणाधीन अवस्थामा रहे पनि प्राकृतिक र मानव सिर्जित समस्याका कारण निर्माण कार्य ढिला भएको हो । हेलम्बु गाउँपालिकामा मात्रै चार वटा गुम्बाको पुनर्निर्माण कार्य ढिलाइ हँुदा बजेटसमेत प्रभावित भएको छ ।
शैलुङ घुम्न आउने पर्यटक बढ्दै
रामेछाप र दोलखाको सिमानामा रहेको धार्मिक तथा पर्यटकीय स्थल शैलुङ घुम्न बाह्रै महिना पर्यटक आउन थालेका छन् । वर्षायाममा भन्दा हिउँदमा शैलुङबाट रमणीय दृश्य अवलोकन गर्न पाइने भएका कारण समुद्र सतहदेखि तीन हजार पाँच सय मिटर उचाइमा स्थित शैलुङ घुम्न आउने पर्यटकको सङ्ख्या निकै बढेको छ ।
अहिलेको व्यवस्थाप्रति नागरिकको वितृष्णा होइनः सांसद सिंह
स्वतन्त्र सांसद डा अमरेशकुमार सिंहले राजनीतिक दल र तिनका नेताको कार्यशैलीका कारण लोकतान्त्रिक व्यवस्था नै आलोचित हुनुपरेको बताउनुभएको छ । शासकीय चरित्रमा सुधार नहुँदा नागरिकस्तरबाट आलोचना बढेको उहाँको भनाइ थियो ।
औद्योगिक क्षेत्रको विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले मुलुकको औद्योगिक क्षेत्रको विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण हुने बताउनुभएको छ । नवौँ उद्योग दिवसका अवसरमा शनिबार उद्योग विभागले राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री रिजालले औद्योगिक क्रान्तिमार्फत मुलुकलाई समृद्धिमा लैजान उद्योगी व्यवसायीलाई अगाडि बढाउनुपर्ने बताउनुभएको हो । “औद्योगिक समृद्धि उद्योगी व्यापारीले दिने हो, परम्परागत सोच राखेर काम गर्ने हो भने मुलुक बन्दैन,” उहाँले भन्नुभयो, “आर्थिक मन्दीको कारणले उद्योग व्यवसायमा समस्या होला तर उद्योगीहरू निराश हुनु पर्दैन ।” मन्त्री रिजालले अर्थतन्त्रमा देखिएको समस्या समाधान कसरी गर्ने भन्ने विषयमा छलफल गर्नुपर्ने बताउनुभयो ।
तेमाल बृहत् खानेपानीः भुक्तानी नहुँदा आयोजनाको समयावधि लम्ब्याइयो
गत चैत महिनाभित्र काभ्रेपलाञ्चोकको तेमाल क्षेत्रका ५५ हजार स्थानीयलाई स्वच्छ खानेपानी घर–घरमा पुर्याउन आयोजनाको काम तीव्रगतिमा भइरहेको थियो । विसं २०७८ मङ्सिरमै खानेपानी आयोजनाको काम सक्ने लक्ष्य लिइए पनि कोभिड र प्राकृतिक प्रकोपका कारण उपभोक्ताको घर–घरमा खानेपानी उपलब्ध गराउन नसकिएको अवस्थामा ठेकेदार कम्पनीले भुक्तानी नपाएको जनाउँदै यस वर्ष आयोजनाको समयाबधि लम्ब्याइएको छ ।
मनकामना केबुलकारको स्तरोन्नति गरिँदै
नेपालको पहिलो केबुलकार सेवा मनकामना केबुलकारले विभिन्न प्राविधिक पक्षको स्तोन्नति गरिरहेको जनाएको छ । स्वर्गीय लक्ष्मणबाबु श्रेष्ठको लगानीमा सुरु भएको नेपालको पहिलो मनकामना केबुलकार सेवा २६ वर्ष प्रवेश गरिसकेको छ । केबुलकार सञ्चालक कम्पनीले मनकामना दर्शन प्रालिले आगामी दिनमा अझ स्तरीय दिने प्रतिबद्धता दिन विभिन्न प्राविधिक पक्षमा सुधार गर्दै उच्चस्तरीय र भरपर्दो सेवा प्रवाह गर्ने प्रतिबद्धता जनाएको छ । २०५५ मङ्सिर ८ देखि सो केबुलकारको व्यावसायिक सेवा सुरु भएको थियो ।
सामूहिक प्रयासले मात्र लैङ्गिक हिंसा अन्त्य सम्भव
३२ औँ अन्तर्राष्ट्रिय लैङ्गिक हिंसाविरुद्वको विश्वव्यापी १६ दिने अभियान शनिबारदेखि सुरु भएको छ । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको थालनी महिलाविरुद्धको हिंसा अन्त्यका लागि सन् १९९१ मा सेन्टर फोर ओमन्स ग्लोबल लिडरसिप (सिडब्लुजिएल) को सहयोगमा विभिन्न २३ देशका उत्साहित महिला अधिकारकर्मी समूहले गरेको थियो ।
चलचित्र क्षेत्रको विकासमा सरकार प्रतिबद्ध छ : मन्त्री चित्रकार
मकवानपुरको थाहा नगरमा शनिबारबाट साताव्यापी थाहा फिल्म फेस्टिवल–२०२३ सुरु भएको छ। पर्यटनका लागि फिल्म फेस्टिवल भन्ने नाराका साथ थाहा कला केन्द्रले एक हप्ते थाहा फिल्म फेस्टिवल–२०२३ आयोजना गरेको हो।
उखुको समर्थन मूल्य तोकिदै, अनुदान रकम कृषकले पाउन बाँकी
मंसिर सुरु भएसँगै किसानलाई उखु काट्ने चटारो छ । तर उखुको समर्थन मूल्य सरकारले नतोक्दा उखु किसान मर्कामा परेका छन् । अहिले उखु किसानहरु सरकारले समर्थन मूल्य नतोकिदिँदा सस्तो मूल्यमा उखु बेच्न बाध्य छन् ।
पाख्रिनको सांस्कृतिक योगदान, निष्ठा र तपस्या स्मरणयोग्य : प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनगायक खुसीराम पाख्रिनको नेपाली क्रान्तिमा सांस्कृतिक योगदान, निष्ठा, त्याग र तपस्या स्मरणयोग्य रहेको बताउनुभएको छ ।
पशुपतिनाथ मन्दिर उत्तराखण्डमा भन्ने समाचारमा सत्यता छैन : पशुपति क्षेत्र विकास कोष
पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिर अब उत्तराखण्डमा भन्ने समाचारमा कुनै सत्यता नभएको बताएको छ ।
देशविरुद्ध षडयन्त्र भइरहेको छ, सचेत बनौँ : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशविरुद्ध अहिले विभिन्नखाले षडयन्त्र सुरु भएकाले सचेत रहन नेपाली जनतालाई आग्रह गर्नुभएको छ । नेपाल संवत् ११४४ को अवसरमा एमाले काठमाडौँ महानगर कमिटीद्वारा आयोजित शुभकामना कार्यक्रममा उहाँले आज सो आग्रह गर्नुभएको हो ।
साताको शेयर बजार : आठ अङ्कको सुधार
तिहार र छठपछि खुलेको शेयर बजारमा पहिलो साताको कारोबार अवस्था हेर्दा सुधारको सङ्केत देखिएको छ । यो साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आठ दशमलव ११ अङ्कले बढेर एक हजार आठ सय ६० दशमलव २० को बिन्दुमा कायम भएको छ ।
प्रथम कृषि वैज्ञानिक सम्मेलन सम्पन्न
कृषि तथा वन विज्ञान विश्व विद्यालय रामपुरमा सञ्चालन भएको पहिलो कृषि वैज्ञानिक सम्मेलन तथा स्नातक कार्यशाला आज सम्पन्न भएको छ । सम्मेलनको विश्वविद्यालय अनुदान आयोगका सदस्यसचिव प्रा.डा.शङ्कर भण्डारीले एक समारोहबिच समापन गर्नुभएको हो ।
लैङ्गिक हिंसा अन्त्य गर्न सबै एक ठाउँमा उभिनु पर्छ : नगर प्रमुख पोख्रेल
सिन्धुली जिल्लामा विभिन्न स्थानीय तहमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शनिबारदेखि सुरु भएको छ । प्रभातफेरी, कोणसभा, अन्तरक्रियालगायतका कार्यक्रम गरी उक्त अभियान सुरु गरेको स्थानीय तहले जनाएका छन् ।
कार्बन उत्सर्जनले अविकसित र अल्पविकासशील मुलुक जोखिममा : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वको साझा समस्याका रूपमा रहेको कार्बन उत्सर्जनले अविकसित तथा अल्पविकासशील मुलुकहरूलाई नै सबैभन्दा धेरै जोखिममा पुर्याएको बताउनुभएको छ ।
त्रिवि पुस्तकालय २४ सै घण्टा सञ्चालन
त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय २४ सै घण्टा सञ्चालनमा आएको छ । विद्यार्थीलाई पठन संस्कृतिमा सहज बनाउनका लागि पुस्तकालय २४ घण्टा नै सञ्चालनमा ल्याइएको हो ।