किन ८१ प्रतिशत नर्स अनुत्तीर्ण भए ?
स्टाफ नर्स (पीसीएल नर्सिङ) तर्फको नाम दर्ता (लाइसेन्स) परीक्षामा सहभागीमध्ये ८१ प्रतिशत अनुत्तीर्ण भएका छन् ।
देशभरीका कारागारमा विपश्यना ध्यान शिविर चलाइने
मन्त्रालय र मातहतका निकायमा स्वजागरणका रूपमा योगाभ्यास संस्कृतिलाई अगाडि बढाउने उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको अभियानअन्तर्गत देशभरीका कारागारमा विपश्यना ध्यान शिविर सञ्चालन हुने भएको छ ।
‘हिंसा प्रतिकारका लागि बलियाे बन्नुपर्छ’
आर्थिक वर्ष २०७९/८० मा महिला आयोगमा उजुरी भएका ९०२ उजुरीमध्ये ८१८ वटा घरेलु हिंसाका छन् । पछिल्लो साउनदेखि असोजसम्म आयोगमा १६८ वटा घरेलु हिंसा र अरू हिंसाका १३ वटा उजुरी परेका छन् ।
गायक भुजेलको नयाँ साङ्गीतिक सौगात ‘तिमी आइदेऊ’ सार्वजनिक
युवा गायक दीपक भुजेलले नयाँ साङ्गीतिक सौगात ‘तिमी आइदेऊ’ सार्वजनिक गर्नुभएको छ । प्रेमिल शैलीको यस गीतमा स्वर, शब्द र सङ्गीत स्वयम् गायक भुजेलकै रहेको छ ।
बसाइसराइ रोक्न तीन वटै सरकार सजक हुनुपर्छ : स्वास्थ्यमन्त्री
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले जनसङ्ख्याको बसाइसराइ रोक्नका लागि तीन वटै सरकार सजक हुनु पर्ने बताउनुभएको छ ।
वेश्यावृत्तिमा लगाउने स्पा सेन्टरका सञ्चालक पक्राउ
रोजगारीको प्रलोभन देखाई वेश्यावृत्तिमा लगाएको अभियोगमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–९ रातोपुलस्थित नुवाकोट ब्युटी पार्लर एण्ड स्पा सेन्टरका सञ्चालक सङ्खुवासभा चिचिला गाउँपालिका–१ घर भएका ४३ वर्षीय दिनेश पौडेललाई प्रहरीले पक्राउ गरेको हो ।
सांसद महराको धनमाल चोरी
काठमाडौँ महानगरपालिका घट्टेकुलोबाट राष्ट्रिय सभाका सांसद महेशकुमार महराको केही धनमाल चोरी भएको छ ।
आजको मौसम : हल्का वर्षा र हिमपातको सम्भावना
हाल देशमा पश्चिमी वायुका साथै भारतको राजस्थान आसपास क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । यसका कारण देशका विभिन्न स्थानमा बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
माडीको वैकुण्ठ तालमा पौडी खेल्न प्रतिबन्ध
चितवनको माडीस्थित पर्यटकीय गन्तव्य वैकुण्ठ तालमा पौडी खेल्न रोक लगाइएको छ । यहाँ पौडी खेल्दा प्रत्येक वर्ष मानिसको डुबेर मृत्यु हुन थालेपछि वैकुण्ठ ताल व्यवस्थापन समितिले पौडी खेल्न रोक लगाएको हो ।
प्रजातान्त्रिक आन्दोलनका योद्धा पूर्णानन्द शर्माको निधन
नेपाली कांग्रेस झापाका पूर्व सभापति तथा प्रजातान्त्रिक आन्दोलनका योद्धा ८८ वर्षीय पूर्णानन्द शर्मा दाहालको निधन भएको छ । झापाको कमल गाउँपालिका वडा नं. ६ मा स्थायी रूपमा बस्दै आउनुभएका शर्माको सोमबार साँझ उपचारको क्रममा निधन भएको हो ।
आगलागीबाट घर र गोठमा क्षति
काभ्रेपलान्चोक जिल्लाको धुलिखेल नगरपालिका ११ बानिँयाछापमा आगलागी हुँदा एक घर र एक गोठमा क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकका अनुसार मङ्गलबार बिहान करिब ३ः५० मा स्थानीय बलराम धिमालको तीन तले कच्ची घरमा अचानक आगलागी भएको जनाएको छ ।
हेभी ईक्युपमेन्टको क्षेत्रमा मन्दी
आर्थिक मन्दीले निर्माण कार्य ठप्प भएपछि सबैभन्दा धेरै मारमा परेको क्षेत्र हो हेभी ईक्युपमेन्ट अर्थात् ठुला आकारमा काम गर्ने उपकरण । त्यस्ता हेभी ईक्युपमेन्ट सञ्चालन गर्ने व्यवसायीको साझा संस्था काभ्रे हेभी इकयुपमेन्ट व्यवसायी सङ्घको चौथो साधारण सभामा व्यवसायीले आफ्नो क्षेत्रमा परेको समस्या र त्यसलाई समाधान कसरी गर्न सकिन्छ भनेर खुलेर छलफल गरेका छन् ।
७९ जना बालिकाको बेलविवाह (फोटो फिचर)
काठमाडौँ महानगरपालिका १९ नं. वडा को सहकार्यमा ज्यापु मिसा: पुचःले इहि संस्कार (बेलविवाह)को आयोजना गरेको छ । नेवार समुदायमा रजस्वला हुनुअघि बेलविवाह गर्ने परम्परा रहेको छ ।
‘यौन हिंसाबाट बचेकाको गोपनीयता कायम राख्नुपर्छ’
महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी) द्वारा आयोजित कार्यक्रमका वक्ताहरूले यौन हिंसाबाट बचेकाको गोपनीयता कायम राख्नुपर्ने बताउनुभएको छ । आज काठमाडौँमा आयोजित अभिमुखीकरणमा पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र सञ्चारकर्मी बबिता बस्नेतले सो कुरा बताउनुभयो ।
खागले चिलेर दुई महिला गम्भीर बिरामी
हेटौँडा उपमहानगरपालिका वडा नं. १६ स्थित चिसापानीमा खाग (जङ्गली माहुरी) ले चिलेर दुई जना महिला गम्भीर बिरामी हुनुभएको छ ।
‘द लेप्रोसी मिसन नेपाल’ द्वारा सफल भएको दाबी
‘द लेप्रोसी मिसन नेपाल’ ले आफूले गरेको काममा सफलता पाएको जनाएको छ । अपाङ्गता समावेशी रोजगारी प्रवर्द्धन कार्यक्रममा लेप्रोसीले सफलता हासिल गरेको दाबी गरेको हो ।
किशोरी बटाला आयोगको एकदिने अध्यक्ष
सोह्रदिने महिला हिंसाविरुद्धको दिवस मनाउने सन्दर्भमा प्रेरणा बटाला एक दिनका लागि गर्ल्स टेक ओभर कार्यक्रम अन्तर्गत राष्ट्रिय महिला आयोगका अध्यक्ष बन्नुभएको छ ।
नरभक्षी बाघ नियन्त्रणमा
मानिसलाई आक्रमण गरी मार्ने बाघलाई मकवानपुरको मनहरी गाउँपालिका अन्तर्गत पर्ने मध्यवर्ती क्षेत्रबाट नियन्त्रणमा लिइएको छ ।
स्वास्थ्य बीमा प्रभावकारी कार्यान्वयनका लागि सङ्कल्प आवश्यक : सांसद थापा
नेपाल चिकित्सक सङ्घद्वारा आज यहाँ आयोजित ‘स्वास्थ्य सेवा प्रणालीको उन्नयनका लागि स्वास्थ्य अर्थशास्त्र’ विषयक अन्तरक्रियामा सांसद थापाले स्वास्थ्य बीमा असफल हुन लागेकामा चिन्ता व्यक्त गर्दै प्रभावकारी बनाउनका लागि सङ्कल्प आवश्यक रहेको बताउनुभयो ।
गुरु नानक जयन्तीमा साधुसन्तका लागि भण्डारा
गुरु नानक जयन्तीका अवसरमा पशुपतिस्थित राजराजेश्वरी निर्मल अखडामा ‘गुरु ग्रन्थ साहेव’ पाठ गराउनुका साथै साधुसन्तलाई भण्डारा गराइएको छ र यसैगरी पशुपतिकै भष्मेश्वर, ज्ञानेश्वर र थापाथलीमा रहेको गुरु नानक मठमा पनि विविध कार्यक्रम आयोजना गरी नानक जन्मजयन्ती मनाइएको छ ।
सुरु भयो गौराति मेला
धार्मिक तथा पर्यटकीय दृष्टिले प्रसिद्ध सिन्धुपाल्चोकको गौराति भीमेश्वर मेलाको चहलपहल सुरु भएको छ । कात्तिक पूर्णिमाको दिनदेखि सुरु भई तीन दिनपछि सकिने उक्त मेला भर्न देशका विभिन्न जिल्लाबाट ठुलो सङ्ख्यामा भक्तजन आउने भएकाले यसलाई जिल्लाकै लामो मेलाका रूपमा मानिएको हो ।
प्रहरीमा क्युआर कोडबाट उजुरी गर्न सकिने
जिल्ला प्रहरी कार्यालय मकवानपुरले आफ्नो सेवालाई प्रभावकारी बनाउन क्युआर कोड प्रयोगमा ल्याएको छ । प्रहरी सेवालाई थप आधुनिकीकरण गर्दै नागरिकका गुनासो तथा सुझाव यथाशीघ्र सम्बोधन गर्न क्युआर कोड प्रचलनमा ल्याएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
संविधान कार्यान्वयनको सबैभन्दा महत्त्वपूर्ण आयाम सामाजिक न्याय : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानमा व्यवस्था अनुसार समाजवाद उन्मुख संविधान कार्यान्वयनको सबैभन्दा महत्त्वपूर्ण आयाम सामाजिक न्याय भएको बताउनुभएको छ ।
स्वर्गीय दीपा वलीको नाममा २० लाखको अक्षय कोष
गायिका तथा नेकपा (एमाले) का नेता कोमल वलीको परिवारले स्वर्गीय आमा दीपा वलीको नाममा २० लाख रुपियाँको अक्षय कोष स्थापना गरेको छ ।