वन्यजन्तुको चोरी, तस्करी रोक्न तत्काल कदम चाल्नुपर्छ : उपराष्ट्रपति यादव
उपराष्ट्रपति रामसहायप्रसाद यादवले गैँडा तथा बाघको चोरी तस्करीमा वृद्धि हुनु दुःखको विषय भएको बताउनुभएको छ । शनिबार काठमाडौँमा आयोजित नेपाल वन प्राविधिक सङ्घको ४९ औँ स्थापना दिवस र २९ औँ साधारण सभालाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु
हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर मनाइने लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान आजदेखि सुरु भएको छ । ‘लैङ्गिक हिंसा मानव अधिकारको हनन हो’ भन्ने विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा जनचेतना विस्तार गर्न नेपालले पनि हरेक वर्ष नोभेम्बर २५ तारिखमा महिला हिंसा विरुद्धको राष्ट्रिय अभियान दिवसका रूपमा मनाउने गरेको छ ।
जसपाका प्रदेश र राष्ट्रिय समिति पुनः गठन हुने
जनता समाजवादी पार्टी (जसपा) नेपालले आज प्रदेश र राष्ट्रिय समिति पुनः गठन गर्न लागेको छ । गण्डकी प्रदेश समिति र पहिचानका समिति मध्येको लिम्बुवान राष्ट्रिय समिति आज पुनः गठन गर्न लागिएको पार्टीका केन्द्रीय प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो ।
‘तीर्थकुमारी स्वर्णिम साँझ-२०८०’ सम्पन्न
शुक्रबार साँझ काठमाडौँको जमलस्थित राष्ट्रिय नाचघरमा एक हजारभन्दा बढी गीतमा स्वर दिनुभएकी लोकगायिका तीर्थकुमारी थापा एकल साँझमा प्रस्तुत हुनुभएको छ । ‘तीर्थकुमारी स्वर्णिम साँझ-२०८०’ नाम दिइएको उक्त कार्यक्रममा उहाँले आफ्ना लोकप्रिय १९ गीत गाउनुभयो ।
जोखिममा परेका समुदायलाई जलवायु क्षतिपूर्तिमा प्राथमिकता दिइने छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तनका असर न्यूनीकरण गर्नका लागि अन्तर्राष्ट्रियरूपमा नेपाललाई प्राप्त हुने अनुदान सहयोग महिला, बालबालिका, आदिवासी, जनजातिलगायत उच्च जोखिममा परेका समुदायलाई उपलब्ध गराउन प्राथमिकता दिने बताउनुभएको छ ।
नेपाल-भारत संयुक्त सैन्य अभ्यास सुरु
भारतको पिथौरागढमा नेपाल-भारत संयुक्त सैन्य अभ्यास शुक्रबारदेखि सुरु भएको छ । नेपाली सेना र भारतीय सेनाको संयुक्त अभ्यास ‘सूर्यकिरण’को १७ औँ संस्करणमा नेपाली सेनाको तारा दल गणका प्रमुख सेनानी सुवास केसीको नेतृत्वमा तीन सय ५४ सदस्यीय फौज र भारतीय सेनाको कुमाउ गणका तीन सय ५४ जना सहभागी छन् ।
आजको मौसमः पहाडी भेगमा आंशिक बदली, काठमाडौँमा सफा
हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागको मौसम सामान्यतया सफा रहनेछ ।
हेलम्बुमा १५ शय्याको अस्पताल निर्माण
सिन्धुपाल्चोकको विकट ठाउँ हेलम्बुमा १५ शय्याको अस्पताल भवनको निर्माण कार्य ८० प्रतिशत सम्पन्न भएको छ । सङ्घीय सरकारको ‘एक स्थानीय तह, एक आधारभूत अस्पताल’ निर्माण योजना अनुरूप हेलम्बुमा अस्पताल निर्माणको काम अन्तिम चरणमा पुगेको उक्त गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिनुभयो । साढे तीनतले उक्त अस्पताल १९ करोड ४३ लाख रुपियाँमा निर्माण भइरहेको हो । यो अस्पतालको गत पुस १ गते अध्यक्ष शेर्पाले शिलान्यास गर्नुभएको थियो । अस्पतालका झ्यालढोका, भित्री काम र फिनिसिङ, रङरोगनलगायतका काम चार महिनाभित्र सकेर अस्पताल गाउँपालिकालाई हस्तान्तरण गर्ने योजना रहेको ठेकेदार कम्पनीले जनाएको छ ।
थाहा फिल्म फेस्टिभलमा आजदेखि सुरु
मकवानपुरको थाहा नगरमा शनिवारबाट थाहा फिल्म फेस्टिभल–२०२३ सुरु हुँदै छ । पर्यटनका लागि फिल्म फेस्टिभल भन्ने नाराका थाहा कला केन्द्रको आयोजनामा हुने एक हप्ते थाहा फिल्म फेस्टिभल–२०२३ को सम्पूर्ण तयारी पूरा भएको थाहा फिल्म फेस्टिभल–२०२३ आयोजक समितिका संयोजक प्रमोदकृष्ण जोशीले जानकारी दिनुभयो ।
पशुपति महास्नान आइतबार
मकै सुब्बाले वैकुण्ठ चतुर्दशीका दिन चलाउँदै आउनुभएको पशुपतिनाथ महास्नान आइतबार हुने भएको छ । मल्लकालीन समयमा आफ्नो जायजेथा परोपकार तथा धर्मकर्ममा समर्पण गर्ने दाताका रूपमा मकै सुब्बाको इतिहासमा नाम छ । यसै मौसममा धर्तीमा उब्जेका सबै अनाज, फलफूल र कन्दमूलसहित प्रशस्त पञ्चामृतद्वारा महास्नान गर्ने पालो मकै सुब्बाका सन्तति घट्टेकु्लो निवासी राजेश जोशीको परेको छ ।
‘चेतनाको स्तर वृद्धि हुँदै गए पनि महिलामाथिको हिंसामा कमी नआउनु दुःखद्’: सभामुख घिघिरे
आज नोभेम्बर २५ अर्थात् महिला हिंसा निर्मूलसम्बन्धी अन्तर्राष्ट्रिय दिवस । संयुक्त राष्ट्रसङ्घको महासभाले महिला हिंसा निर्मूलसम्बन्धी अन्तर्राष्ट्रिय दिवस विश्वभर मनाउने निर्णय गरे बमोजिम आजदेखि डिसेम्बर १० सम्म विश्वभर सञ्चालन गरिने लैङ्गिक हिंसाविरूद्धको १६ दिने अभियान सुरु भएको छ ।
‘संस्कृतिको विकास नहुँदासम्म सरकारका कार्यक्रमले मात्रै समतामूलक समाजको निर्माण हुँदैन’ : प्रधानमन्त्री ‘प्रचण्ड’
आज नोभेम्बर २५ अर्थात् महिला हिंसा निर्मूलसम्बन्धी अन्तर्राष्ट्रिय दिवस । संयुक्त राष्ट्रसङ्घको महासभाले महिला हिंसा निर्मूलसम्बन्धी अन्तर्राष्ट्रिय दिवस विश्वभर मनाउने निर्णय गरे बमोजिम आजदेखि डिसेम्बर १० सम्म विश्वभर सञ्चालन गरिने लैङ्गिक हिंसाविरूद्धको १६ दिने अभियान सुरु भएको छ ।
महिलाविरुद्ध हुने हिंसाको स्वरूप अनेक रूपमा देखा पर्नु दुखद: उपराष्ट्रपति यादव
आज नोभेम्बर २५ अर्थात् महिला हिंसा निर्मूलसम्बन्धी अन्तर्राष्ट्रिय दिवस । संयुक्त राष्ट्रसङ्घको महासभाले महिला हिंसा निर्मूलसम्बन्धी अन्तर्राष्ट्रिय दिवस विश्वभर मनाउने निर्णय गरे बमोजिम आजदेखि डिसेम्बर १० सम्म विश्वभर सञ्चालन गरिने लैङ्गिक हिंसाविरूद्धको १६ दिने अभियान सुरु भएको छ ।
करिब एक्काइस हजार घटना सार्वजनिक
एक वर्षमा देशभर लैङ्गिक हिंसाका २० हजार ८८० घटना भएका छन् । यी त प्रहरीमा आएका घटना मात्र हुन् । प्रहरीसमक्ष नआउने घटना अझै धेरै छन् । आर्थिक वर्ष २०७९/८० मा सो सङ्ख्यामा लैङ्गिक हिंसासम्बन्धी उजुरी परेको र मुद्दा दर्ता भएको नेपाल प्रहरीले जनाएको छ । प्रहरीका अनुसार समग्र लैङ्गिक हिंसा अपराधमा घरेलु हिंसाको हिस्सा ८० प्रतिशत रहेको छ । प्रहरीका अनुसार सो अवधिमा घरेलु हिंसाका १६ हजार ५१९, जबरजस्ती करणीका दुई हजार ३८७, जबरजस्ती करणी उद्योगका ५१८, अपहरण तथा जबरजस्ती करणीका ५९, जबरजस्ती करणी गरी कर्तव्य ज्यानका पाँच, मानव बेचबिखन तथा जबरजस्ती करणीका १० वटा घटना भएका छन् ।
नेपालको भोकमरी सूचकाङ्कमा सुधार
विश्वव्यापी भोकमरीको सूचकाङ्क (जिएचआई) मा नेपालको अवस्था सुधार देखिएको छ । ग्लोबल हङ्गर इन्डेक्स २०२३ र वेल्टहङ्गर हिल्फेद्वारा संयुक्त रूपमा प्रकाशित वार्षिक प्रतिवेदनमा यस्तो सुधार देखिएको हो । जिएचआईले १२५ राष्ट्रमा गरेको अध्ययनमा नेपाल ६९ औँ स्थानमा रहेको छ । अङ्कका आधारमा नेपालले १५ अङ्क प्राप्त गरेको छ । अघिल्लो वर्ष नेपालको अवस्था ८१ औँ नम्बरमा रहेको थियो । सार्क राष्ट्रमा भने नेपाल दोस्रो स्थानमा छ ।
पुगेन विपत् न्यूनीकरण पूर्वतयारी
गोरखादेखि पश्चिम भारतको देहरादुनसम्मको जमिनमुनि महाभूकम्प जान सक्ने भूकम्पीय शक्ति सञ्चित छ । त्यसको खबरदारी पश्चिम नेपालका विभिन्न जिल्लामा आएका मझौला भूकम्पले गरिरहेका छन् । भर्खरै गएको जाजरकोट भूकम्प एउटा उदाहरण मात्र हो । भूकम्प रोक्न सकिँदैन तर त्यसबाट हुने सम्भावित क्षति कम गर्न पूर्वतयारी गर्न सकिन्छ । त्यसका लागि २०७२ को गोरखा भूकम्पले हामीलाई धेरै सिकाएको पनि छ तर पनि सचेतना र पूर्वतयारी पटक्कै भएको छैन । बरु भूकम्पपछिको उद्धार, राहत र पुनर्निर्माणको चक्र नै भूकम्पको प्रतिकार्य हो भन्ने भाष्य निर्माण भएको छ ।
टोखा–छहरे सुरुङ मार्ग बन्छ : अर्थमन्त्री डा. महत
अर्थमन्त्री डा. प्रकाशशरण महतले शिक्षा र रोजगारीका लागि विदेश जान नपर्ने वातावरण नेपालमै सिर्जना भइरहेको बताउनुभएको छ ।
सरकारद्वारा मनिप्लान्ट सहकारी सम्मानित
आन्तरिक राजस्व कार्यालयले मनिप्लान्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई ०७८–७९ मा सबैभन्दा बढी आयकर दाखिला गरेकोमा सम्मान गरेको छ।
श्री एयरलाइन्समा गडबडी, काठमाडौँमा अवतरण
काठमाडौँ, मङ्सिर ८ गते । काठमाडौँबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या देखिएपछि काठमाडौँ फर्किएको छ । समस्याग्रस्त जहाजमा चालक दलका सदस्यसहित ७६ यात्री थिए ।उक्त जहाजको ‘इन्डिकेटर’ले प्राविधिक समस्याको सङ्केत गरेपछि विमान काठमाडौँ फर्किएको कम्पनीका व्यवस्थापक अनिल मानन्धरले जानकारी दिनुभयो । प्राविधिक समस्या उत्पन्न भएको विमानका यात्रीलाई अर्को जहाजको व्यवस्था गरेर गन्तव्यतर्फ पठाइएको व्यवस्थापक मानन्धरले बताउनुभयो । रासस
जनताद्वारा फ्याँकिएको राजतन्त्र आउँदैन : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले जनताले वाक्कदिक्क भएर फ्याँकेको राजतन्त्र पुनः आउने कुनै सम्भावना नरहेको बताउनुभएको छ । शुक्रवार पार्टी मुख्यालय च्यासलमा राष्ट्रिय युवा संघ, नेपालको केन्द्रीय कमिटी बैठकमा उहाँले सो कुरा बताउनुभएको हो ।
आन्दोलनकारीलाई प्रहरीको चिया बिस्कुट
काठमाडौंमा जिल्ला प्रशासन कार्यालय काठमाडौंको अनुमति नलिइ प्रदर्शनमा उत्रिएका आन्दोलनकारीलाई प्रहरीले नियन्त्रणमा लिएपछि चिया र बिस्कुट खुवाउँदै ।
काठमाडौं जिल्ला अदालत अगाडि ट्राफिक बत्ती राखिँदै
काठमाडौं महानगरपालिकाले बबरमहलस्थित काठमाडौं जिल्ला अदालत अगाडि ट्राफिक बत्ती राख्ने भएको छ ।
रेशम चौधरीको आममाफीमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी
सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा कारण देखाऊ आदेश जारी गरेको छ ।
दुर्गा प्रसाईंद्वारा सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियान नेपालका संयोजक दुर्गा प्रसाईंले सर्वोच्च अदालतमा शुक्रबार बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गराउनुभएको छ ।