प्राध्यापक चलाउनेमाथि कुटपिट गर्ने छ जनालाई दुई वर्ष कैद
जिल्ला अदालत काठमाडौँले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेमबहादुर चलाउनेमाथि ज्यान लिने उद्देश्यले कुटपिट गर्ने ६ जनालाई जनही दुई वर्ष कैद सजाय तोकेको छ । न्यायाधीश विनोद खतिवडाको इजलासले बिहीबार ६ जनालाई कैद तथा जरिबाना फैसला गरेको हो । दोषी ठहर भएका सबै नेपाल विद्यार्थी सङ्घमा आबद्ध विद्यार्थी हुन् । अभियुक्तमध्येका एक जनालाई अदालतले सफाइ दिएको छ । चलाउनेलाई २८ लाख १७ हजार रुपियाँ उपचार खर्चबापतको क्षतिपूर्ति उपलब्ध गराउन पनि अदालतले फैसलामा भनेको छ ।
बल्खु प्रदर्शनमा २८ घाइते, ६ जनाको उपचार हुँदै
काठमाडौँको बल्खुमा बिहीबार भएको प्रदर्शनमा झडपको स्थिति सिर्जना भएपछि त्यसलाई नियन्त्रणमा लिने क्रममा प्रहरीसहित २८ जना घाइते भएका छन् ।
टिकटक प्रतिबन्ध : अन्तरिम आदेश जारी नहुँदा क्षति पुग्ने आधार देखिएन
सर्वोच्च अदालतले टिकटक प्रतिबन्धविरुद्ध दायर रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । टिकटक प्रतिबन्धविरुद्ध दायर रिटमा सर्वोच्चले यही मङ्सिर १५ गतेभित्र लिखित जवाफ पेस गर्न सरकारलाई आदेश दिएको छ ।
प्रचण्ड–बाबुरामबिचको अविश्वासको अन्त्य भयो : सहअध्यक्ष श्रेष्ठ
नेपाल समाजवादी पार्टीका सहअध्यक्ष गङ्गानारायण श्रेष्ठले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेसपा अध्यक्ष डा. बाबुराम भट्टराईबिच अविश्वासको अन्त्य भएको बताउनुभएको छ ।
चार महिनामा साढे १२ अर्बको विद्युत् भारत निर्यात
नेपाल विद्युत प्राधिकरणले चालू आर्थिक वर्ष (आव) २०८०/८१ को पहिलो चार महिनामा साढे १२ अर्ब रुपियाँको विद्युत भारतर्फ निर्यात गरेको छ ।
शिक्षक र अहेवविरुद्ध नक्कली प्रमाणपत्रको मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी सुविधा लिएको आरोपमा एक शिक्षकविरुद्ध मुद्दा दायर गरेको छ ।
ऋण लिएर तिर्दिन भन्न कसैलाई छुट छैन : अर्थमन्त्री डा. महत
अर्थमन्त्री डा. प्रकाशशरण महतले ऋण लिएर तिर्दिन भन्ने छुट कसैलाई नभएको बताउनुभएको छ । मध्यपुरथिमि नगरपालिकाले आयोजना गरेको शङ्खधर दिवस कार्यक्रममा उहाँले ऋण लिएर जथाभाबी लगानी गर्ने र अहिले ऋण तिर्दिन भन्न नपाउने बताउनुभयो ।
बल्खु क्षेत्रमा अश्रुग्यास र पानीको फोहरा प्रहार
काठमाडौँको बल्खुमा दुर्गा प्रसाईँ समूह र प्रहरीबिच झडप भएको छ । प्रदर्शन गर्ने क्रममा प्रदर्शनकारीहरू निषेधित क्षेत्र कालीमाटीतर्फ जान थालेपछि झडप भएको हो ।
प्रसाईं समर्थकद्वारा बल्खुमा प्रदर्शन जारी
काठमाडौंको बल्खुमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंको समर्थकहरूको प्रदर्शन जारी राखेका छन् । बल्खुस्थित जारी प्रदर्शनमा प्रदर्शनकारीले राजतन्त्रको पक्ष र गणतन्त्रको विपक्षमा नारा लगाएका छन् ।
तीनकुनेमा राष्ट्रिय युवा सङ्घको प्रदर्शन
काठमाडौँको तीनकुनेमा नेकपा (एमाले) निकट राष्ट्रिय युवा सङ्घले प्रदर्शन गरेको छ । प्रदर्शनमा युवा सङ्घका नेता कार्यकर्ताको उपस्थिति रहेको छ भने अहिले प्रदर्शन जारी छ ।
अहिले पनि जातीय विभेद कायम रहनु दुःखद् हो : सांसद विश्वकर्मा
सांसद हर्कमाया विश्वकर्माले अझै पनि जातीय विभेद कम हुन नसकेकोप्रति दुःख व्यक्त गर्नुभएको छ । जातीय विभेदका घटना पटक पटक संसद्मा उठाए पनि खासै सम्बोधन हुन नसकेको उहाँको भनाइ छ ।
दनुवार समुदाय 'बर्की एकादशी' मनाउँदै
सिन्धुली जिल्लाको कमलाखुँज क्षेत्रमा मुख्य बसोबास रहेको दनुवार समुदायले बिहीबार बर्की एकादशी पर्व धूमधामसँग मनाएका छन् ।
तीनकुने र बल्खु क्षेत्रमा सवारी अवरोध, अन्य क्षेत्रमा सामान्य
काठमाडौँको तीनकुने र बल्खु क्षेत्रमा सवारीसाधन अवरोध भएको छ । काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका अनुसार तीनकुनेमा युवा सङ्घको र्याली र बल्खुमा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानको मोटरसाइकल र्यालीका कारण उक्त क्षेत्रमा सवारीसाधन अवरोध भएको हो ।
ऊर्जा क्षेत्रको विकासका लागि सरकारले सार्थक र योजनाबद्ध प्रयास गरिरहेको छ : ऊर्जा मन्त्री बस्नेत
ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मुलुकको ऊर्जा क्षेत्रको समग्र विकासका लागि सरकारले योजनाबद्ध र सार्थक पहल गरिरहेको बताउनुभएको छ ।
नेपाली सेनाका रथी पाण्डे र ऊर्जा सचिव घिमिरेको राजीनामा स्वीकृत
सरकारले नेपाली सेनाको उपरथी ताराध्वज पाण्डे र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेको राजीनामा स्वीकृत गरेको छ ।
बल्खुमा दुई समूहबिच झडप र ढुङ्गा हानाहान
काठमाडौंको बल्खु चोकमा ढुङ्गामुढा र तोडफोड भएको छ । बिहीबार कालीमाटीबाट बल्खु हुँदै तीनकुने आउन लागेको युवा संघको बाइक र्यालीमाथि बल्खु चोकमा दुर्गा प्रसाईंको समूहले ढुङ्गाप्रहार गरेको हो ।
‘नेपालमा भविष्य छ’ भन्ने सकारात्मक भाष्य स्थापित गरौँ : अर्थमन्त्री डा. महत
अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या क्रमशः समाधान हुँदै गइरहेका बताउनुभएको छ । राष्ट्रिय कर दिवस, २०८० का अवसरमा सञ्चालित कर सप्ताहको आज (बिहीबार) समापन गर्दै उहाँले अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि जिम्मेवार निकायको उपस्थितिमा सर्वपक्षीय र सर्वदलीय छलफल गरिएको जानकारी दिनुभयो ।
स्वीजरल्याण्ड सरकारको ६५ करोड अनुदान स्वीकृत गर्ने
नेपाल सरकारले प्राविधिक शिक्षाको क्षेत्रमा स्वीजरल्याण्ड सरकारले प्रदान गर्ने स्वीस फ्रेंक ४.४६५ मिलियन (करिव ६५ करोड) अनुदान स्वीकृत गर्ने निर्णय गरेको छ ।
देशको दिगो आर्थिक विकासमा निर्माण व्यवसायको भूमिका महत्त्वपूर्ण : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको दिगो आर्थिक विकासमा निर्माण व्यवसायको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभएको छ ।
तेह्र सय वर्ष पुरानो गङ्गाजमुना जात्रा
धादिङको गङ्गाजमुना झरना धार्मिक तथा पर्यटकीयरुपले परिचित स्थल हो । यस झरनामा वर्षाैंंदेखि लाग्दै आएको जात्राको रौनक अहिले पनि घटेको छैन । देशका थुप्रै जिल्लाबाट यो मेला हेर्न र गङ्गाजमुना माईको दर्शन गर्न उल्लेख्य सङ्ख्यामा आउने गर्दछन् ।
मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु
मन्त्रीपरिषद्को बैठक सिंहदरबारमा सुरू भएको छ । समसामयिक राजनीतिका विषय र प्रशासनिक निर्णय गर्ने गरी बैठकले निर्णय गर्ने तयारी रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
खरको छानामुक्त कार्यक्रम कार्यान्वयनको तयारी
बागमती प्रदेश सरकारले ल्याएको विपन्न समुदायलक्षित खरको छानामुक्त कार्यक्रम कार्यान्वयनको तयारी भएको छ । न्यून मानव सूचकाङ्क भएका स्थानीय तहमा स्थायी बसोबास गर्ने, आफ्नो स्वामित्वको जग्गामा घर भएका दलित, सीमान्तकृत, विपन्न र पिछडिएको बस्तीमा खरको छाना विस्थापन गर्ने गरी प्रदेश सरकारले खरको छानामुक्त बागमती प्रदेश कार्यक्रम ल्याएको हो । आर्थिक वर्ष २०७८/७९ देखि सुरु भएको यस कार्यक्रमको प्रगति विगतका वर्षमा शून्य प्रायः छ ।
बिजुलीले तीनपाटन झिलिमिली
सिन्धुली जिल्लाको तीनपाटन गाउँपालिकाको सबै वडा राष्ट्रिय प्रसारण लाइनसँग जोडिएर बिजुलीले झलमल्ल भएको छ । पछिल्लो समय वडा नं. ७ को तोस्राम खोला राष्ट्रिय प्रसारण लाइनसँग जोडिएपछि गाउँपालिकाका ११ वटै वडामा राष्ट्रिय प्रसारण लाइनमा जोडिएको जनाइएको छ । गाउँपालिका अध्यक्ष कर्ण थापामगरका अनुसार गाउँपालिकाका करिब आठ हजार घरधुरीमध्ये ९० प्रतिशत घरधुरीमा राष्ट्रिय प्रसारण लाइनको बिजुली बत्ती पुगेको छ । बाँकी १० प्रतिशत घरधुरीमा यो वर्ष बिजुली बत्ती पु¥याउने लक्ष्यसहित धमाधम काम भइरहेको उहाँले जानकारी दिनुभयो ।
पानी संरक्षण गर्न ‘रिचार्ज’ पोखरी
खानेपानीका मुहान सुक्न नदिन काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न सामुदायिक वन क्षेत्रमा पुनर्भरण (रिचार्ज) पोखरी निर्माण गरिएका छन् । डिभिजन वन कार्यालय काभ्रेपलाञ्चोकले विगत केही वर्षदेखि सामुदायिक वनभित्र रिचार्ज पोखरी, मुहान संरक्षण र सिमसार संरक्षणको काम गर्दै आएको छ भने केही स्थानीय तहले समेत रिचार्ज पोखरी र मुहान संरक्षणको काम गर्दै आएका छन् ।