‘राष्ट्रिय समावेशी आयोगले औचित्य पुष्टि हुने गरी काम गर्नुपर्छ’
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय समावेशी आयोगले संविधानको मर्म र भावनाअनुरूप आफ्नो औचित्य पुष्टि हुने गरी काम गर्न आवश्यक रहेको बताउनुभएको छ ।
महामन्त्री शर्माको प्रतिवेदन : लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जारी महासमिति बैठकमा समसामयिक राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुहुँदै लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र भएको उल्लेख गर्नुभएको छ ।
निर्वाचनमा गोरखा गएको औचित्य पुष्टि हुनेगरी काम गर्छु : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखाले चीरकालसम्म स्मरण गर्नेगरी सो जिल्लाको विकासमा लागिपरेको बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज गोरखा पत्रकार समाज नेपालका पदाधिकारीसँगको भेटमा प्रधानमन्त्री दाहालले गोरखाको विकासमार्फत् आफू निर्वाचनका लागि गोरखा गएको औचित्य पुष्टि गर्ने स्पष्ट गर्नुभएको हो ।
कोरियन भाषा परीक्षा पुस २ गतेसम्म
इपीएस कोरिया शाखाले सुरु गरेको कोरियन भाषा परीक्षा आगामी २०८१ पुस २ गते सकिने भएको छ । सोमबार पहिलो चरणअन्तर्गत सुरु भएको उक्त परीक्षामा ४७ हजार पाँच सय १९ जना सहभागी हुने उक्त परीक्षा आउँदो चैत २४ गते सकिने इपीएस कोरिया शाखाका निर्देशक मैयाँ कँडेलले जानकारी दिनुभयो ।
बहुराष्ट्रिय अभ्यास ‘शान्ति प्रयास चार’ आजदेखि सुरु
संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्वशान्ति कार्यमा खटिएका १९ मुलुकका एक हजार एक सय २५ सैनिकको सहभागिता रहेको बहुराष्ट्रिय अभ्यास ‘शान्ति प्रयास चार’ सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सैनिक मुख्यालय टुँडिखेलमा आयोजित विशेष समारोहमा उक्त तालिमको उदघाटन गर्नुभयो ।
भ्रष्टाचार अन्त्य गरी सुशासन स्थापना गर्नु कांग्रेसको प्रमुख नीति : उपसभापति खड्का
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्नु नेपाली कांग्रेसको प्रमुख नीति हुने बताउनुभएको छ ।
विष्णुमती कोरिडोरका अवैध संरचना हटाउन सुरु
टोखास्थित विष्णुमती नदी आसपासमा अवैध रूपमा निर्माण गरिएका संरचना हटाउन सुरु गरिएको छ । टोखा नगरपालिकाले विष्णुमती नदी कोरिडोरलाई सुन्दर र व्यवस्थित बनाउनका लागि त्यस आसपासमा निर्माण गरिएका अस्थायी संरचना आज बिहान डोजर लगाएर हटाएको हो ।
एमाले पेसागत विशेष जिल्ला कमिटीको अध्यक्षमा पराजुली
नेकपा (एमाले) को पेसागत विशेष जिल्ला कमिटीको नवौँ अधिवेशनबाट मोहनकुमार पराजुलीको अध्यक्षतामा ५३ सदस्यीय नयाँ नेतृत्व चयन भएको छ ।
आठ सय ५५ ग्राम सुनसहित विमानस्थलबाट भारतीय नागरिक पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आठ सय ५५ ग्राम सुनसहित भारतीय नागरिक पक्राउ गरेका छन् ।
रासायनिक मल १० महिनादेखि भन्सारकै गोदाममा
चीनबाट ल्याइएको रासायनिक मल दश महिनादेखि तातोपानी भन्सारको गोदाममा थन्किएको छ । एक सय ११ कन्टेनरले वैशाख महिनाभर ल्याएको सात लाख ३५ हजार बोरा रासायनिक मल लार्चा सुक्खा बन्दरगाह यार्डभित्र गोदाममा थन्किएको हो ।
देशभर २० सुरुङमार्ग निर्माण प्रक्रियामा
छिल्लो समय देशभर सुरुङमार्गको अध्ययन बढ्न थालेको छ । देशभर २० वटा सुरुङमार्ग निर्माणका लागि अध्ययन अघि बढेको छ ।
धादिङमा बजार अनुगमन तीव्र
जिल्ला अनुगमन समिति धादिङले बजार अनुगमनलाई तीव्र बनाएको छ ।
चित्रकलामार्फत काठमाडौँमा झल्कियो खोटाङ
काभ्रेपलाञ्चाककी रोजिना तामाङ खोटाङ पुग्न पाउनु भएको छैन । तर उहाँले सोमबारदेखि काठमाडौँ बबरमहलस्थित नेपाल कला परिषद्मा सञ्चालित चित्रकलामार्फत खोटाङबारे निजकबाट नियाल्न मौका पाउनुभयो ।
एमाले केन्द्रीय कमिटी बैठक आजदेखि
समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक आजदेखि सुरु हुँदैछ । बैठक सो पार्टीको केन्द्रीय कार्यालय, ललितपुरको च्यासलमा बस्दैछ ।
कांग्रेसले १२ जिल्लाका प्रतिनिधिलाई महासमिति बैठकमा सहभागी गराउने
नेपाली कांग्रेसले ललितपुरमा जारी महासमिति बैठकमा १२ जिल्लाका प्रतिनिधिलाई आमन्त्रित सदस्यको रुपमा सहभागी गराउने निर्णय गरेको छ ।
पूर्वी चितवनमा छुरा प्रहार गरी युवकको हत्या
पूर्वी चितवनको खैरहनी नगरपालिकामा एक युवाको हत्या भएको छ । मङ्गलबार बिहान ३ बजे घरबाट निस्किएका खैरहानी नगरपालिका–२ निवासी २४ वर्षीय कृष्णप्रसाद खनाल घर नजिकै हर्वल कारखाना अगाडि मृत भेटिनुभएको हो ।
आयोगका उपाध्यक्ष नेतृत्वमा नेपाली प्रतिनिधि मण्डल बैंकक प्रस्थान
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ थाइल्याण्डको बैंकक प्रस्थान गर्नुभएको छ । एशिया प्यासिफिक फोरम अन सस्टेनेवल डेभलपमेन्ट कार्यक्रममा सहभागी हुन उपाध्यक्ष श्रेष्ठ नेतृत्वको टोली आज बैंकक प्रस्थान गरेको हो ।
दोलखाको हाटडाँडा केन्द्रबिन्दु भएर भूकम्पको धक्का
दोलखा जिल्लाको हाटडाँडा केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ४ बजेर ५८ मिनेट जाँदा दोलखा जिल्लाको हाटडाँडा आसपास केन्द्रविन्दु भएर चार दशमलव एक रेक्टर स्केलको भूकम्प गएको हो ।
झोलुङ्गे पुल निर्माणमा ढिलाइ
रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका–१, राकाथुमको कोथपे र सिन्धुलीको सुनकोशी गाउँपालिका–२, मझुवा जोड्ने झोलुङ्गे पुल निर्माण सुस्त गतिले अघि बढेको छ । तीन वर्षअघि सुरु भएको पुल निर्माण कार्यको उपलब्धि ३५ प्रतिशत रहेको छ । सङ्घीय सरकारको सात करोड ३५ लाख रुपियाँ लागतमा निर्माण थालिएको सो पुलको लम्बाइ ४६५ मिटर रहेको छ । आर्थिक वर्ष २०७७/७८ मा निर्माण सुरु भएको सो पुल कोभिड–१९ का कारण काम रोकिएको थियो । आव २०७८/७९ को सुरुवातीबाट पुनः निर्माण सुरु गरिए पनि रामेछापतर्फको पिल्लर कोल्टिएपछि काम रोकिएको स्थानीयको भनाइ छ ।
सस्तोमै टेलिकमको ‘रोमिङ’
नेपाल टेलिकमले उपलब्ध गराउँदै आएको ‘रोमिङ’ सुविधा झन् सस्तो दरमा उपलब्ध हुन थालेको छ । विदेश जाँदा पनि टेलिकमकै सिमकार्ड प्रयोग गरेर कुराकानी र एसएमएस गर्न सकिने यो सुविधाको महसुल दर विगतको भन्दा धेरै कम गराइएको कम्पनीले जनाएको छ । त्यस्तै एसएमएस हेर्नका लागि कुनै शुल्क नलाग्ने कम्पनीले जानकारी दिएको छ । महसुल दर सस्तो भएपछि केही समयका लागि विदेश जाने वा विदेशमा बसेर पनि नेपालकै सिममार्फत बैङ्क खाता चलाउने टेलिकमको सिम निकै उपयोगी भएको कम्पनीको दाबी छ । अन्य देशको कुनै मोबाइल सेवा प्रदायकको सिम चलाउनुपर्ने झन्झटको समेत अन्त्य भएको कम्पनीले उल्लेख गरेको छ ।
रसुवा बन्दरगाह निर्माण साठी प्रतिशत सम्पन्न
रसुवाको रसुवागढीमा निर्माणाधीन सुक्खा बन्दरगाह (ड्राई पोर्ट) को निर्माण ६० प्रतिशत सम्पन्न भएको छ । चीन सरकारको सहयोगमा उत्तरी नाका रसुवागढीमा नेपाल इन्टरमोडल यातायात विकास समितिको व्यवस्थापनमा बन्दरगाह निर्माणको काम भइरहेको छ । दुई देशको आयात निर्यात सहज गर्ने उद्देश्यसहित बन्दरगाह निर्माण गरिएको हो । कोरोना सङ्क्रमणका कारण लामो समयदेखि रोकिएको काम गत वर्षदेखि नियमित रूपमा निर्माण भइरहेको समितिले जनाएको छ ।
करिब ७० हजारले गरे कृषि महोत्सव अवलोकन
काभ्रेपलान्चोकको बनेपामा आयोजना गरिएको काभ्रेपलान्चोक बृहत् कृषि महोत्सव २०८० को करिब ७० हजार सर्वसाधारण नागरिकले अवलोकन गरेका छन् ।
पत्रकारितालाई परिस्कृत बनाउनु पर्छ : सभामुख पाठक
बागमती प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले सूचना र प्रविधिको विकाससँगै पत्रकारिता क्षेत्रलाई परिष्कृत बनाउन आवश्यकभएको बताउनुभएको छ ।
कसैलाई निषेध गरेर दिगो शान्ति र स्थायित्व हुन सक्दैन : अध्यक्ष थापा
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले कसैलाई निषेध गरेर स्थायी शान्ति र स्थायित्व हुन नसक्ने बताउनुभएको छ ।