• १५ वैशाख २०८१, शनिबार

अन्तर्राष्ट्रिय कला प्रदर्शनी सुरु (फोटो फिचर)

blog

अन्तर्राष्ट्रिय कला प्रदर्शनीको अवलोकन स्थल । तस्बिर: केशब गुरुङ

काठमाडौँ, फागु ८ गते। अन्तर्राष्ट्रिय कला प्रदर्शनी २०२४ मंगलबारदेखि काठमाडौँमा सुरु भएको छ। 

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको मुख्य आयोजनामा कला कार्यशाला तथा प्रदर्शनी सुरु भएको हो। प्रतिष्ठानमा सुरु भएको प्रदर्शनीमा जर्मनका सात र नेपालको २६ जना कलाकारले बनाएको ४२ कला प्रदर्शनीमा राखिएको छ। 

अन्तर्राष्ट्रिय कलाकारलाई स्वदेशमा ल्याएर आफ्नो कला देखाउने, उहाँहरूबाट नयाँ कला सिक्नका साथै हाम्रो कला विश्वमा चिनाउनका लागि यो कार्यशाला तथा प्रदर्शनीको आयोजना गरेको प्रदर्शनीका संयोजक  पुरुषोत्तम डंगोलले जानकारी दिनुभयो। 

उहाँका अनुसार २०२५ को कला प्रदर्शनी जर्मनीमा हुनेछ। प्रदर्शनीमा नेपालका कलाकार सहभागी हुनेछन्।  मंगलबार सुरुभएको प्रदर्शनी ६ दिनसम्म चल्नेछ।    


Author
केशब गुरुङ

केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।