सुरुङबाट पानी चुहियो, बस्ती जोखिममा
सिन्धुपाल्चोकको सबैभन्दा ठुलो १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत् आयोजनाको सुरुङबाट पानी चुहिएपछि बस्ती उच्च जोखिममा परेका छन् । सुरुङबाट पानी चुहिएर फुट्ने खतरा बढेपछि बाह्रबिसे, राम्चे, खाग्दल जम्बु, ड्यामसाइड, लामो साँघु, खाडीचौर, कोठे, बलेफी, सुकुटेलगायतका दर्जन बस्ती उच्च जोखिममा परेका हुन् ।
सरकारको निगरानी गर्ने आधिकारिक संस्था नै सार्वभौम संसद् हो : सांसद वासुदेव घिमिरे
नेपालगञ्ज, फागुन १३ गते । कानुन निर्माण गर्ने मुख्य थलोका रुपमा सङ्घीय संसद््लाई लिने गरिन्छ । जनतालाई कानुन निर्माण हुने थलो संसद् हो भन्ने कुरा राम्ररी बुझाउन नसक्दा एक खालको अन्यौल देखिन्छ । संसद््मा विकास निर्माणलगायत जनसरोकारका विषय र विधेयकमाथिका छलफलले प्राथमिकता पाइरहेका हुन्छन् । विश्वव्यापी रुपमै स्वीकार गरेकै कुरा हो, यो व्यवस्था आफैँमा समुन्नत व्यवस्था हो । आवधिक निर्वाचन यसको जग हो । निर्वाचित जनप्रतिनिधिले जनजीविकाका विषयमा निरन्तर वकालत गर्नु उसको प्रमुख दायित्व र कर्तव्य नै हो । संसद््मा अल्पमत र बहुमतका आधारमा निर्णय हुन्छ जुन स्वभाविक हो । अल्पमत भएका दल प्रतिपक्षमा बस्ने र बहुमतले सरकार चलाउने गरिन्छ । सरकारले गरेका कामको निगरानी, अनुगमन तथा मूल्याङ्कनका साथै जनताले भोगेका समस्याका विषयमा सरकारलाई दबाब दिने आधिकारिक संस्था भनेकै सार्वभौम संसद्मा सक्रिय सांसदको हुने गर्दछ । सांसदले उठाएका विषयमा सरकार उत्तरदायी र जवाफदेही हुनुपर्छ । जब संसद्प्रति सरकार जिम्मेवार हुँदैन तब जनसरोकारका विषय ओझेलमा पर्दछन् । मिनी संसद्को रुपमा लिइने विषयगत संसदीय समितिको काम पनि अहिले सन्तोषजनक देखिन्न ।सङ्घीय संसद्को मूल बैठकमा समसामयिक विषयमा छलफल र बहस हुने गरेपनि संसदीय समितिका बैठकमा कुनै विषय वा विधेयकमा सघन छलफल, धेरै बहस, धेरै विचारविमर्श हुनुपर्दछ । तर त्यहाँको काम पनि चित्तबुझ्दो छैन । अहिलेसम्म एकाध मात्रै विधेयक पारित भएर कानुन बनेका छन् । संसद्मा ४० भन्दा बढी विधेयक दर्ता भएका होलान् तर समितिका बैठकहरु कार्यसूचीबमोजिम नियमितरुपमा बस्ने गरेका छैनन् । समितिमा समय र कार्यतालिका निश्चित गरेर काम गर्नुपर्छ, महिनामा के के विषयमा कुन कुन बैठक बस्ने भन्ने कुरा निक्र्यौल गरेर काम गर्नुपर्छ र मात्रै हामीले अपेक्षित परिणाम पाउँछौँ । समितिमा विषयगत समितिका सभापति कति सक्रिय हुनुहुन्छ भन्ने कुरा पनि हेर्नुपर्छजस्तो लाग्छ । समितिमा सभापतिले बैठक नराख्ने वा छलफल नगर्ने अवस्था रह्यो भने त्यो अघि बढ्ने कुरा आउँदैन । हिजो म स्थानीय तहको नेतृत्व गरेर आफैँ कानुन बनाउने र त्यसलाई कार्यान्वयन गर्ने तहमा थिएँ । त्यहाँ हामीले छिटोछिटो काम गरेर जनतालाई सेवाप्रवाह गरेका थियौँ । योजना निर्माण पनि आफैँ गर्ने र त्यसलाई व्यवहारमा लागू गर्ने काम पनि हामीले गरेका थियौँ । त्यही कारण जनताले सहज र सर्वसुलभ ढङ्गबाट सेवा प्राप्त गर्न पाएका थिए । यो एक उदाहरण मात्र हो । अहिले वैदेशिक रोजगारीमा जाने युवाको लर्को छ । सधैँका लागि विदेशिनेको सङ्ख्या पनि बढ्दै गएको छ । यो गम्भीर विषय भए पनि यसप्रति सरकार गम्भीर भएको जस्तो पाइँदैन । खासगरी विदेश जानेलाई नकार्ने र उनीहरुलाई गाली गर्नेभन्दा पनि उनीहरुलाई स्वदेशमै राख्ने वातावरण सिर्जना गर्नुपर्छ । यहाँ भएका उद्योग व्यवसायको संरक्षण र सम्बद्र्धन गर्नुपर्छ । निजी क्षेत्रलाई उत्साहित बनाउनुपर्छ । निजी क्षेत्र पछिल्लो समय उत्साहित भएको अवस्था छैन । बैंकको चर्को ब्याजदरका कारण उद्योगी, व्यवसायी निराश मात्रै छैनन् भएका केही उद्योग बन्द हुन थालेका छन् । केही बन्द भएका छन् । उनीहरुले लगानी गरेर त्यसको परिणाम छिट्टै पाइन्छ भन्ने कुरामा विश्वस्त नभएको कारण पनि रोजगारीका अवसर सिर्जना भएका छैनन् । नेपालीले विदेशमा आर्जन गरेको रकम वा विप्रेषणलाई सुरक्षित तवरबाट नेपालमा लगानी गर्ने वातावरण निर्माण गर्नुपर्छ । आन्तरिक स्रोतबाट उठेको रकम कर्मचारीको तलब र सामाजिक सुरक्षा भत्ता र अनिवार्य दायित्वका काममा खर्च भएको छ । मोटो रकम विप्रेषणले नै धानेको अवस्था छ । वैदेशिक रोजगारी न्यूनीकरणका लागि यहाँ सुशासन कायम गरेर भ्रष्टाचार नियन्त्रण गर्नुपर्छ भन्ने मलाई लाग्छ । जसको अधिकार छ, जसको हातमा डाडुपन्यु छ त्यसले आफैँ खान्छ, नेपाली भ्रष्टाचारी प्रवृत्तिका छन् भन्ने मानसिकता बनेको छ यसलाई चिर्न जरुरी छ । रुपन्देही क्षेत्र नं ५ को निर्वाचन क्षेत्र कृषिसँग सम्बन्धित छ र यहाँ सिँचाइ र मलखादको टड्कारो आवश्यकता छ । सरकारले दिएको अनुदानको मलले पुग्दैन र खुला सिमाना भएका कारण भारतबाट समेत मलखाद आउँछ तर प्रहरी, प्रशासनले कडाइ गरेका कारण वास्तविक किसान मलखाद नपाएर पीडित भइरहेका छन् भने सिँचाइको समस्या पनि छ । यसबाहेक सडक पूर्वाधार, पुलको अवस्था पनि सन्तोषजनक छैन । लुम्बिनी गुरुयोजनालाई चाँडो सम्पन्न गर्न बजेट व्यवस्था गर्न आवश्यक छ । लुम्बिनी गुरुयोजना अनुसार कार्यसम्पादन हुन सके त्यसले स्थानीय पर्यटनमा एउटा सम्भावनाको ढोका खुल्न सक्छ । पर्यटन प्रवद्र्धनलाई सैनामैना, देवदहलगायतका नगरपालिकासँग जोडेर धार्मिक पर्यटनका रुपमा विकास गर्न पनि सकिन्छ । लुम्बिनी, सैनामैना, कञ्चन, गैडहवा र मायादेवी गाउँपालिकालाई जोडेर एकीकृत विकास हुँदा पर्यटनबाट लाभ लिन सकिन्छ । समग्रमा कृषि, स्वास्थ्य र शिक्षासँग सम्बन्धित समस्या यस निर्वाचन क्षेत्रमा रहेका छन् । गैडहवा, गजेडी तालको संरक्षण र सम्बद्र्धन गर्नुपर्ने खाँचो छ । यस निर्वाचन क्षेत्रलाई बुटवल र भैरहवासँग जोड्नुपर्ने आवश्यकता छ । गैडहवामा २५ श्यया बराबरको सुविधासम्पन्न अस्पताल जरुरी छ । यी तमाम समस्यालाई मैले संसद्मा उठाएको छु । तर सरकारले यस्ता विषयलाई गम्भीरतापूर्वक लिएर समाधान गर्ने तथा आवश्यक बजेट विनियोजन गर्नेतर्फ इच्छुक देखिन्न, जुन विडम्बनापूर्ण अवस्था हो । सांसद वासुदेव घिमिरेको परिचयसांसद वासुदेव घिमिरे रुपन्देहीको क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनु भएको थियो । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको वडा नं ४ निवासी उहाँ नेकपा एमाले प्रदेश कमिटी सदस्य खुलातर्फ बढी मत ल्याएर विजयी हुनुभएको थियो । प्रतिनिधिसभा सदस्य घिमिरे यसअघि तिलोत्तमा नगरपालिकाको प्रमुख भएर चर्चामा आउनुभएको थियो । उहाँ नगरप्रमुख हुँदा तिलोत्तमा नगरपालिकालाई मुलुकमै उत्कृष्ट नगरपालिका बनाउन सफल हुनुभएको थियो । रासस
सभामुखको आह्वानमा आज दिउँसो सर्वदलीय बैठक बस्दै
बागमती प्रदेश सभाका सभामुख भुवनकुमार पाठकको आह्वानमा आज आइतबार दिउँसो बागमती प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरूको सर्वदलीय बैठक बस्दै छ ।
नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक बस्दै
सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज बस्दै छ । बैठक आज बिहान ११ बजेबाट पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा सुरु हुनेछ ।
महासचिव चन्द ‘अन्धोेपन निवारणमा उत्कृष्ट सेवा पुरस्कार’द्वारा सम्मानित
नेपाल नेत्रज्योति सङ्घका महासचिव भरतबहादुर चन्द ‘अन्धोेपन निवारणमा उत्कृष्ट सेवा पुरस्कार’ द्वारा सम्मानित हुनुभएको छ । इन्डोनेसियाको बालीमा जारी आँखा रोग विशेषज्ञको वार्षिक सम्मेलनमा एशिया–प्यासिफिक एकेडेमी अफ अफ्थाल्मोलोजी (अपाओ)ले उहाँलाई उत्कृष्ट सेवा पुरस्कार अर्पण गरेको हो ।
अशक्तहरूलाई चकटी बुनाइ तालिम
अपाङ्ग तथा दृष्टिविहीन समुदाय सेवा सङ्घ चरिकोटले यहाँका अपाङ्गता भएका समुदायको आयआर्जनका लागि एक हप्ते चकटी बुनाइ तालिम सञ्चालन गरेको छ ।
नारायणगढ–मुग्लिन सडक आजदेखि दिउँसो बन्द नहुने
तुइन खोलामा पुल बनाउनका लागि पहाड काट्न सुरू भएपछि दिउँसो चार घण्टा दैनिक बन्द हुँदै आएको नारायणगढ–मुग्लिन सडक आजदेखि बन्द नहुने भएको छ ।
भारतीय दूध आयातमा प्रतिबन्धले किसानलाई राहत
कोशी प्रदेशको डेरी उद्योग सङ्घले नेपाल सरकारद्वारा दुग्धजन्य पदार्थको आयातमा लगाइएको प्रतिबन्धको स्वागत गरेको छ । सङ्घमा आबद्ध आठ ठूला डेरी उद्योगका सञ्चालकको शनिबार दमकमा सम्पन्न बैठकले हालै दुग्धजन्य पदार्थको आयातमा सरकारले लगाएको प्रतिबन्धले स्वदेशी डेरी उद्योगलाई राहत पुग्ने ठहर गरेको हो ।
आकासे पुल निर्माण सुरु
चक्रपथको कलङ्की–कोटेश्वर खण्डमा विगत छ वर्षदेखि अलपत्र रहेका आकासे पुलको निर्माण सुरु भएको छ । ललितपुरको महालक्ष्मी स्थान, सानेपा र काठमाडौँको बल्खु चोकमा आकासे पुल निर्माणका लागि ठेक्का सम्झौता भएको थियो । यसअघि गोरखापत्रले ‘चक्रपथका तीन आकासे पुल अलपत्र’ शीर्षकमा माघ ६ गते समाचार प्रकाशित गरेको थियो ।
पहिचानको आधारमा प्रदेशको पुनःनामकरण गर्नुपर्छ : अध्यक्ष यादव
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पहिचानका आधारमा प्रदेशहरूको पुनः नामकरण हुनुपर्ने माग गर्नुभएको छ ।
खोप अभियान सफल पार्न रसुवाका स्वास्थ्यकर्मी क्रियाशील
यही फागुन १३ गते आइतबारदेखि देशभरका नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई दादुराविरुद्धको खोप लगाइँदै छ ।
स्वास्थ्य बिमा कार्यक्रम भ्रष्टाचारको माध्यम बन्दै : सभामुख घिमिरे
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले स्वास्थ्य बिमा कार्यक्रम आफैँ भ्रष्टाचारको माध्यम बनिरहेको बताउनुभएको छ ।
अँगेनोको आगोले घर खरानी
पानी परेर चिसो बढेपछि कोठा न्यानो बनाउन अँगेनोमा बालेको आगो सल्किँदा उत्तरी धादिङको गङ्गाजमुना गाउँपालिका-१ रिचेतमा एउटा घर जलेर खरानी भएको छ ।
प्रसूतिगृहबाट नवजात शिशु चोरी गर्ने महिला सार्वजनिक
काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूतिगृह तथा स्त्री रोग अस्पतालबाट शुक्रबार नवजात शिशु चोरी गर्ने महिलालाई प्रहरीले सार्वजनिक गरेको छ ।
कृषिलाई प्राथमिकता दिँदै राक्सिराङ
पश्चिम मकवानपुरको राक्सिराङ गाउँपालिकाले कृषिलाई प्रवर्द्धन गर्न प्राथमिकता दिएको छ । पालिकाले रैथाने बालीको संरक्षण, नियमित रूपमा हाट बजारका साथै स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्दै कृषि गरिरहेका किसानलाई पालिकास्तरबाट सहयोग उपलब्ध गराएको हो ।
‘मिथ्या सूचनाबाट राजनीतिक उपलब्धिमाथि प्रहार’
पछिल्लो समयमा मिथ्या सूचनाबाट प्राप्त राजनीतिक उपलब्धिमाथि लगातार प्रहार हुन थालेको भन्दै चिन्ता व्यक्त गरिएको छ ।
प्रधानमन्त्रीद्वारा धनुषा र सिरहा जोड्न पुल शिलान्यास
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धनुषा र सिरहा जोड्ने पक्की पुलको शिलान्यास गर्नुभएको छ । धनुषाको सबैला नगरपालिका-४ र सिरहाको कल्याणपुर नगरपालिका-५ जोड्ने पक्की पुलको शनिबार शिलान्यास गर्नुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
रोसी सभ्यता र संस्कृति
ललितपुर जिल्लामा फूलचोकी अवस्थित छिन् । फूलचोकीको दायाँबाट लीलावती, बायाँबाट गोदावरी बग्छिन् । लीलावती भूमिडाँडा र्यालेबाट उद्गमित छिन् । खोपासीका विद्वान् विश्वनाथ उलकले लीलावतीको सन्दर्भसँग जोडिएको एउटा चर्चित किंवदन्ती व्यक्त गर्नुभएको छ । उहाँका अनुसार नेपालको पौराणिक कालखण्डमा फूलचोकी माईसमक्ष पनौती र पाटनका राजाहरू पानी माग्न गएछन् । फूलचोकी देवीले आफूलाई राम्रा राम्रा सुन चाँदीका गरगहना दिनेलाई खोलाको पानी छो
मरेर बाँचेकी कमलीको गुहार, ‘छोराछोरीले हेरेनन् ’
रोगी शरीरले थलिएका कमली तामाङलाई बुढ्यौली उमेरमा सन्तानको मायाले सताउँछ । कमलीको आँखा आफ्ना सन्तानलाई हेर्न जतिबेलै तड्पिरहन्छ । अन्दाजी ६० वर्ष उमेरकी कमलीका छ जना सन्तान छन् ।
नारायणगढ ईश्वरी माई मन्दिर(फोटो फिचर)
भरतपुर उपमहानगरपालिका– १ पुलचोकमा अवस्थित प्रख्यात ईश्वरी माईको मन्दिर । नारायणगढको नारायणी नदीको पुग्नु अगावै पुलचोकको उत्तरतर्फको सडकको केही दुरीमा बायाँतर्फ यो प्यागोडा शैलीको ईश्वरी माईको मन्दिर रहेको छ ।
‘मिटरब्याज पीडितको जायज माग सम्बोधन हुने’
देशका विभिन्न स्थानबाट पैदलयात्रा ९न्याय मार्च० गर्दै काठमाडौैँ पुगेका मिटरब्याज पीडितले आज भृकुटीमण्डपमा प्रदर्शन गरेका छन् । मिटरब्याज पीडितका समस्या समाधान गर्न कानुन संशोधन गरिए पनि त्यसको प्रभावकारिता नदेखिएको र पीडितले न्याय पाउन नसकेको भन्दै उनीहरु २३ दिनको लामो ‘न्याय मार्च’ गरेर काठमाडौँ आएका हुन् ।
परराष्ट्रमन्त्री साउद र भारतीय विदेशमन्त्री जयशङ्करबीच भेटवार्ता
परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र भारतीय विदेशमन्त्री एस जयशङ्करबीच भेटवार्ता भएको छ ।
असारसम्म सबै घरमा बिजुली बाल्छौँ
सिन्धुली जिल्लाको फिक्कल गाउँपालिका साबिक छ वटा गाविस मिलेर बनेको स्थानीय तह हो । मध्यपहाडी राजमार्गले छोएको यो स्थानीय तहले विकासका लागि निकै सम्भावना बोकेको छ । यस गाउँपालिकामा २०७९
जिल्ला समन्वय प्रमुख गौतम आमरण अनशनमा
जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दिपककुमार गौतम शुक्रबार दिउँसोदेखि आमरण अनशन बस्नुभएको छ।