अन्तर्राष्ट्रिय अपाङ्गता दिवस प्रभात फेरी (फोटो फिचर)
आइतबार ३२ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्व सहितको ऐक्यबद्धता’ मूल नारासहित यस वर्षको अपाङ्गता दिवस मनाइएको हो ।
आजको मौसम : काठमाडौँमा आज यस वर्षको अहिलेसम्मकै चिसो
हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव छ । कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
राप्रपा नेपालको बैठक मङ्सिर २४ र २५ मा
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)नेपालको केन्द्रीय समिति बैठक यही मङ्सिर २४ र २५ गते काठमाडौँमा बस्ने भएको छ । बैठकमा पार्टी अध्यक्ष कमल थापाले मुकुकको पछिल्लो राजनीतिक परिस्थिति, पार्टीको वैचारिक, साङ्गठनिक र रणनीतिक कार्यदिशाबारेमा राजनीतिक कार्यपत्र प्रस्तुत गर्नुहुने बताइएको छ ।
मुख्यमन्त्री जम्कट्टेलद्वारा सर्वदलीय बैठक आह्वान
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज सर्वदलीय बैठक आह्वान गर्नुभएको छ । उहाँले आज दिउँसो १ बजेका लागि बैठक बोलाउनुभएको हो ।
गाउँपालिकामा डेढ सय मोतीबिन्दुपीडित
दोलखाको गौरीशङ्कर गाउँपालिकाका विभिन्न स्थानमा गरिएको निःशुल्क मोतीबिन्दु छनोट शिविरबाट झन्डै डेढ सय मोतीबिन्दुका रोगी भेटिएका छन् । नेपाल नेत्र सङ्घ, कीर्तिपुर आँखा अस्पताल
भारती खरेल पुरस्कार गिरिलाई
भारती खरेल प्रतिष्ठानले अध्यात्मसाधनामा योगदान गरेबापत डा.स्वामी आत्मानन्द गिरि गलेश्वरधाम आश्रम देवघाटलाई यस वर्षको भारती खरेल पुरस्कार प्रदान गरेको छ ।
एसियाली बुद्धिचाल : भारतीय र बङ्गलादेशी खेलाडी उपाधि नजिक
हेटौँडामा जारी हेटौँडा कप एसियाली खुल्ला रेटिङ बुद्धिचाल प्रतियोगितामा शनिबारसम्म आइपुग्दा भारतीय सुभयान कुण्डु र बङ्गलादेशी मिनहाज उद्दिन प्रतियोगितामा अग्रता लिँदै उपाधि उन्मुख रहनुभएको छ ।
राष्ट्र निर्माणमा सबैको योगदान
पूर्वसुरक्षाकर्मी परिषद् नेपालसँग आबद्ध पदाधिकारीले पृथ्वीनारायण शाहको नेतृत्वमा भएको राष्ट्र निर्माणमा स्थान विशेषका आधारमा सबै जातजाति र समुदायको योगदान भएको चर्चा गर्नुभएको छ ।
कहिले आउला काठमाडौँमा मेलम्चीको पानी ?
खानेपानीमन्त्री महिन्द्रराय यादव खानेपानी आयोजना निरीक्षणका लागि मेलम्ची पुग्नुभएको छ । बाढीका कारण क्षति पुगेको मेलम्ची आयोजनाको मुहानलगायत क्षेत्रमा अनुगमनका लागि उहाँ त्यहाँ पुग्नुभएको हो ।
तेस्रो अन्तर्राष्ट्रिय जलरङ महोत्सव सुरु
अन्तर्राष्ट्रिय जलरङ महोत्सव नेपालमा सुरु भएको छ । नेपालमा सुरु भएको यो महोत्सवको तेस्रो संस्करण हो । महोत्सवको युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले काठमाडौँस्थित राष्ट्रिय कला परिषदमा शनिबार उद्घाटन गर्नुभयो ।
कामपाको स्वर्णिम योजना कार्यान्वयनको चरणमा
काठमाडौँ महानगरपालिकाले स्वर्णिम योजनाअन्तर्गतको परम्परागत वाद्य सामग्री तथा शैलीको संरक्षण गर्ने उद्देश्यले बाँसुरी वादन प्रतियोगिता आयोजन गर्ने भएको छ ।
सर्वाधिक पुरस्कार राशिको हाजिरीजवाफ
बागमती प्रदेश पर्यटन, उद्योग तथा सहकारी मन्त्री पुकार महर्जनले शनिबार दोस्रो विश्व नेवा: हाजिरीजवाफ प्रतियोगितामा विजेता टिमहरूलाई नगदसहित पुरस्कृत गर्नुभएको छ ।
जलरङ महोत्सव सुरु
काठमाडौँमा आजदेखि तेस्रो अन्तर्राष्ट्रिय जलरङ महोत्सव सुरु भएको छ । बबरमहलस्थित नेपाल कला परिषदमा ३९ देशका तीन सय ४३ कलाकृति प्रदर्शनीसहित सुरु भएको महोत्सवको आज युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले उद्घाटन गर्नुभयो ।
चार महिनामा थपियो साढे ५७ अर्ब सार्वजनिक ऋण
चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो चौमासिक अवधिमा ५७ अर्ब ७१ करोडभन्दा बढी सार्वजनिक ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गत असार मसान्तसम्ममा २२ खर्ब ९९ अर्ब ३५ करोड २४ लाख बराबर रहेको सार्वजनिक ऋण कात्तिक मसान्तसम्म पुग्दा २३ खर्ब ५७ अर्ब छ करोड नाघेको हो ।
कवि भूपिनको कृति ‘भूपिनका कविता’ विमोचन
कवि भूपिनको कविता कृति ‘भूपिनका कविता’ शनिबार विमोचन गरिएको छ । अक्षर समूह चितवनको आयोजनामा भएको कृति सार्वजनिकीकरण कार्यक्रममा चितवनका अग्रज स्रष्टाहरूले पुस्तकको संयुक्तरुपमा विमोचन गर्नुभएको हो ।
अन्य सामाजिक सञ्जाल बन्द गर्ने कुरा गरेका छैनौँ : गृहमन्त्री
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले कानुनलाई हातमा लिने र अराजकता फैलाउनेलाई छुट दिन नसकिने बताउनुभएको छ ।
छनोट शिविरबाट १३० मोतियाविन्दुका रोगी भेटिए
दोलखाको गौरीशङ्कर गाउँपालिकाका विभिन्न स्थानमा गरिएको निःशुल्क मोतीबिन्दु छनोट शिविरबाट झण्डै डेढ सय मोतियाविन्दुका रोगी भेटिएका छन् ।
जुनसुकै विकल्प रोजेर भए पनि निर्माण व्यवसायीको भुक्तानी गर्छौं : मन्त्री ज्वाला
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जुनसुकै विकल्प रोजेर भएपनि निर्माण व्यवसायीहरूको भुक्तानी गर्ने बताउनुभएको छ । शनिबार काठमाडौँमा आयोजित नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) को १४ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
टिकट चोरीको घटनामा थप एक जना पक्राउ
जियोल्याण्ड ट्राभल्स एण्ड टुर प्रालिको युजर आइडी ह्याक गरेर दुई वटा एयरलाइन्सको टिकट चोरी गरेको घटनामा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले थप एक जनालाई पक्राउ गरेको छ ।
नारायणगोपाल स्मृति सम्मान तारादेवी र रसिकलाई
नारायणगोपाल सङ्गीत कोषले यस वर्षको ‘नारायणगोपाल स्मृति सम्मान’ ‘स्वरकिन्नरी’ तारादेवी र वाङ्मयसेवी गणेश रसिकलाई गर्ने भएको छ ।
हिमालय एयरलाइन्सको काठमाडौँ-साङ्घाई उडान
हिमालय एयरलाइन्सले चीनको साङ्घाई सहरमा सिधा उडान सुरु गरेको छ । एयरलाइन्सले चीनको ठुलो सहर साङ्घाईमा आजदेखि नियमित उडान प्रारम्भ गरेको हो ।
व्यवस्थाको विरोधमा आएका आवाजले कुनै असर पार्दैन : गृहमन्त्री श्रेष्ठ
नेपाल सरकारका गृहमन्त्री नारायणकाजी श्रेष्ठले व्यवस्थाको विरोधमा आएका आवाजले कुनै असर नपार्ने बताउनुभएको छ ।
समृद्ध मुलुकको लागि सूचना प्रविधिमा लगानी अपरिहार्य
विश्व बजारमा निकै लोकप्रिय बनेको सूचना प्रविधि सम्बन्धी व्यवसायलाई उच्चतम प्रयोग गर्न सकिएमा नेपालले पनि मनग्य फाइदा लिन सक्ने यस क्षेत्रका जानकारहरूले बताउनुभएको छ ।
पर्यटकीय पोखरी दुई वर्षदेखि सुक्खा
भीमेश्वर नगरपालिका–६ को पर्यटकीय क्षेत्र सिमपानीमा निर्माण गरिएको पोखरीलगायतका पर्यटकीय संरचना साढे दुई वर्षदेखि बेवारिसे बनेको छ । दोलखाको सदरमुकाम चरीकोटस्थित