सामाजिक सञ्जालको सही उपयोग गर्न सुझाव
नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । ललितपुरमा हालै भएको ‘जनप्रतिनिधिसँग प्रेस सेन्टर’ विषयक कार्यक्रममा सहभागीले सूचना प्रविधिको प्रभाव रहेको वर्तमान समयमा सत्यतथ्य सूचना र घटनालाई चाँडो र प्रभावकारी रूपमा सम्प्रेषण गर्दै सुसूचित गराउने नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा वक्ताको जोड छ ।
वैकल्पिक बासस्थान मिलाउन मिटरब्याज पीडितको माग
मिटरब्याज पीडितले वैकल्पिक व्यवस्थापनबिना नै भृकुटीमण्डपबाट हटाउन खोजिएकोप्रति आपत्ति जनाउँदै वैकल्पिक बासस्थानको व्यवस्था गर्न माग गरेका छन् ।
जनताको अवस्था बदल्ने अभियानको नेतृत्व नयाँ पुस्ताले लिनुपर्छ : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जनताको अवस्था बदल्ने अभियानको नेतृत्व नयाँ पुस्ताले गर्नुपर्ने बताउनुभएको छ ।
राष्ट्र बैङ्कले बैङ्किङ क्षेत्र ढल्न दिँदैन : गभर्नर अधिकारी
नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैङ्कको नियामकीय अधिकारभित्र रहेका बैङ्क तथा वित्तीय संस्थामा समस्या आउन नदिने बताउनुभएको छ ।
निषेधित क्षेत्र तोड्ने ४९ जना लघुवित्त ऋणी प्रहरी नियन्त्रणमा
काठमाडौँको बानेश्वरस्थित संसद् भवन क्षेत्र वरपर कायम गरिएको निषेधित क्षेत्र तोडेको आरोपमा प्रहरीले ४९ जना लघुवित्त ऋणीलाई नियन्त्रणमा लिएको छ ।
कालापत्थरमा महिला दिवस मनाइने
जलवायुपरिवर्तन तथा महिला सशक्तीकरणका क्षेत्रमा काम गर्दै आएको संस्था साथसाथैले यस वर्षको अन्तर्राष्ट्रिय महिला दिवस सगरमाथा क्षेत्रको कालापत्थरमा मनाउने भएको छ ।
नेप्से परिसूचक १३ अङ्कले बढ्यो
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १३ दशमलव २८ अङ्कले उकालो लागेर एक हजार नौ सय ९२ दशमलव ३० मा पुगेको छ ।
आत्मनिर्भर बनाउन अचार बनाउने तालिम
दोलखाको बिगु गाउँपालिकाका स्थानीय महिलालाई आत्मनिर्भर बनाउन अचार बनाउने तालिम प्रदान गरिएको छ । विगु गाउँपालिकाको आयोजनामा युवा उद्यमी साझेदारी कार्यक्रम अन्तर्गत गाउँपालिका २ ओराङका स्थानीयलाई ४ दिने तालिम प्रदान गरिएको हो ।
१५ हजार बालबालिकालाई दादुरा-रुबेला विरुद्धको खोप
सिन्धुपाल्चोकका १५ हजार ६७९ बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाउन सुरु गरिएको छ ।
एक करोड एक लाखको क्यान्सर उपचार कोष स्थापना
क्यान्सरकै कारण छोरा गुमाएका पराजुली दम्पतीले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा एक करोड एक लाख ११ हजार १११ रुपियाँ बराबरको ‘क्यान्सर पीडित उपचार कोष’ स्थापना गर्नुभएको छ ।
सुन तस्करी प्रकरणमा कलेज सञ्चालक पक्राउ
सुन तस्करी प्रकरणमा एक कलेज सञ्चालक पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले पर्वत फुलबारी-२ घर भएका काठमाडौँको डिल्लीबजार कालिकास्थानस्थित प्लाटिनम कलेजका कार्यकारी अध्यक्ष जीवनकुमार गुरुङलाई आज पक्राउ गरेको छ ।
स्वास्थ्य संस्थामा छैन पर्याप्त सुविधा
काभ्रेपलाञ्चोकमा रहेका अधिकांश सरकारी स्वामित्वका स्वास्थ्य संस्थामा भवन, खानेपानीको सुविधा, इन्टरनेट, बर्थिङ सेन्टर, गुरुयोजना र आफ्नै एम्बुलेन्स नरहेको पाइएको छ । स्वास्थ्य तथा
कानुन र विकास निर्माणका कार्यलाई सँगै लैजानुपर्ने बाध्यता सांसदसँग छ : सांसद चौधरी
सङ्घीय संसद्लाई गतिशील तुल्याउने र बिजनेस दिने प्रमुख जिम्मेवारी सरकारको हो । तर यहाँ प्रतिपक्षले सदन चल्न दिएन भनेर उल्टै आरोप लगाउने चलन छ । प्रतिपक्षको प्रमुख जिम्मेवारी भनेको सरकारका कामको निगरानी गर्ने, सचेत गराउने र सुझाव दिने हो ।
जलविद्युत् आयोजनाले जलयात्रा व्यवसाय सङ्कटमा
प्रस्तावित ‘त्रिशूली जलविद्युुत आयोजना’ले जलयात्रा व्यवसायमा सङ्कटमा पर्ने जनाउँदै व्यवसायी चिन्तित बनेका छन् । इच्छाकामना गाउँपालिकाको फिस्लिङमा भएको सार्वजनिक सुनुवाइमा सहभागी जनप्रतिनिधि, जलयात्रा व्यवसायी र नदी संरक्षणकर्मीले यस्तो बताएका हुन् ।
विद्यार्थीका लागि चित्रकला तालिम
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र काठमाडौँ महानगरपालिका शिक्षा विभागबिच ‘शिक्षामा सिप’ कार्यक्रम अन्तर्गत महानगरभित्रका नौ विद्यालयका १९ समूहमा ‘स्केचिङ एन्ड स्कप्चर’ ‘क’ तालिम असोज महिनाबाट सुरु भएको थियो । काठमाडौँ महानगरपालिकाभित्रका विश्व निकेतन माध्यमिक विद्यालय (त्रिपुरेश्वर), रत्नराज्य माध्यमिक विद्यालय (पुरानो बानेश्वर), ज्ञानोदय माध्यमिक विद्यालय (बाफल), तरुण माध्यमिक विद्यालय (बालाजु), गीतामाता माध्यमिक विद्यालय (विजेश्वरी), कन्या मन्दिर माध्यमिक विद्यालय (न्ह्योखा), सहिद
दुई न्यायाधीश बर्खास्त गर्न सिफारिस
न्याय परिषद्ले उच्च अदालतका न्यायाधीश डा. नवराज थपलियालाई बर्खास्त गर्न सिफारिस गरेको छ । परिषद्ले आइतबार थपलियासहित जिल्ला न्यायाधीश अम्बिकाप्रसाद निरौलालाई पनि बर्खास्तको सिफारिस गरेको हो । खराब आचरण र कार्यक्षमता अभावमा उनीहरूलाई कारबाहीको सिफारिस भएको परिषद्ले जनाएको छ । परिषद्ले उच्चका एक र जिल्लाका तीन न्यायाधीशमाथि छानबिन समिति बनाएर अध्ययन गरेको थियो । सिफारिस अब प्रधान न्यायाधीशबाट कार्यान्वयन हुने छ ।
मिटरब्याजपीडितलाई वार्तामा आउन आह्वान
आन्दोलनरत अनुचित लेनदेन (मिटरब्याज) पीडितलाई सरकारले छलफलका लागि बोलाएको छ । मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर सङ्घर्ष समितिलाई आइतबार पत्र पठाउँदै गृह मन्त्रालयले वार्ताका लागि बोलाएको हो ।
युनाइटेड स्टेट्सका कमाण्डर एक्विलिनोद्वारा अभ्यास शान्ति प्रयास–४ को अवलोकन
युनाइटेड स्टेट्स इन्डो प्यासिफिक कमाण्डरका एड्मिरल जोन सी एक्विलिनोले वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र पाँचखालमा सञ्चालन भइरहेको बहुराष्ट्रिय अध्यास शान्ति प्रयास–४ को अवलोकन गर्नुभएको छ । उहाँलाई आइतबार अभ्यास सञ्चालन सम्बन्धमा जानकारी गराइएको थियो ।
तीन सयभन्दा बढी अवैध विद्यालय सञ्चालन, स्थानीय तह मौन
मध्यपुरथिमि नगरपालिका बोडे सिन्टिटार पौवामा विगत चार वर्षदेखि सञ्चालनमा रहेको विद्यालयको नाम हो संस्कार गुरुकुल । करोडौँ लगानी, सुन्दर वातावरण र संस्कारसहितको गुणस्तरीय शिक्षाका नाममा सञ्चालित उक्त विद्यालयमा कक्षा नर्सरीदेखि कक्षा ८ सम्म सञ्चालनमा छ ।
नेपाली चिकित्सकले गरे दोस्रो सफल कलेजो प्रत्यारोपण
त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकहरूले दोस्रो सफल कलेजो प्रत्यारोपण गरेका छन् । अस्पतालका डा.रमेशसिंह भण्डारी नेतृत्वसहितको टोलीले अस्पतालमा दोस्रो पटक सफल कलेजो प्रत्यारोपण गरेको हो ।
जापान नेपालको हितैषी मित्र र भरपर्दो विकासको सहयात्री : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले जापान नेपालको एक हितैषी मित्र हुनुका साथै नेपालको दिगो र भरपर्दो विकासको सहयात्री भएको बताउनुभएको छ ।
प्रतिनिधिसभा बैठक सुरु
प्रतिनिधिसभाको आजको बैठक शुरु भएको छ । बैठक शुरु भएलगत्तै प्रमुख प्रतिपक्ष दलले यसअघिका बैठकमा उठाएका विषयहरु सरकारले बेवास्ता गरेको भन्दै संसदको पुनःध्यानाकर्षण गराएको छ ।
प्रतिनिधि सभाको बैठक (प्रत्यक्ष प्रसारण)
सङ्घीय सांसदअन्तर्गत आज प्रतिनिधि सभाको बैठक सुरु भएको छ ।
जताततै जामैजामः ठूला सवारी प्रवेश रोक नीति कार्यान्वयन भएन
काठमाडौं उपत्यकाका भित्री सडकमा निषेधित समयमा ठूला मालबहाक सवारी साधनको प्रवेश हुन नदिने नीति कार्यान्वययनमा आएको छैन ।