• ४ पुस २०८१, बिहिबार

युनाइटेड स्टेट्सका कमाण्डर एक्विलिनोद्वारा अभ्यास शान्ति प्रयास–४ को अवलोकन

blog

युनाइटेड स्टेट्स इन्डो प्यासिफिक कमाण्डरका एक्विलिनोले वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र पाँचखालमा सञ्चालन भइरहेको बहुराष्ट्रिय अभ्यास शान्ति प्रयास–४ को अवलोकन गर्नुहुँदै । तस्बिर : जनसम्पर्क तथा सूचना निर्देशनालय

काठमाडौं, फागुन १३ गते । युनाइटेड स्टेट्स इन्डो प्यासिफिक कमाण्डरका एड्मिरल जोन सी एक्विलिनोले वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र पाँचखालमा सञ्चालन भइरहेको बहुराष्ट्रिय अध्यास शान्ति प्रयास–४ को अवलोकन गर्नुभएको छ । उहाँलाई आइतबार अभ्यास सञ्चालन सम्बन्धमा जानकारी गराइएको थियो ।

यस अवसरमा कमाण्डर एक्विलिनोले अभ्याससँग सम्बन्धित सैद्धान्तिक र व्यवहारिक गतिविधिहरूको अवलोकन तथा सहभागीहरूसँग अन्तरक्रिया गर्नुभएको थियो ।

उहाँले अभ्यास शान्ति प्रयास-४ को सफल आयोजनाले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापना मिसनहरूमा सहभागी हुने फौजको पेसागत दक्षता र आपसी समन्वयात्मक क्षमतामा अभिवृद्धि गराउने कुरा व्यक्त गर्नुभयो ।

उहाँले नेपाली सेनासँग यस किसिमको बहुराष्ट्रिय अभ्यासमा सहकार्य गर्न पाउँदा खुसी लागेको कुरा व्यक्त गर्दै अभ्यासमा सहभागी सबैलाई आभार प्रकट गर्नुभयो ।

भ्रमण क्रममा बलाधिकृत रथी अशोक राज सिग्देल उपस्थिति हुनुहुन्थ्यो । यस्तै, रथीवृन्द, अधिकृतका साथै अभ्यासमा सहभागीहरूको उपस्थिति  थियो ।

हिजो (शनिबार) नेपाल भ्रमणका लागि आउनुभएका कमाण्डर एक्विलिनोलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी सिग्देलले स्वागत गर्नुभएको थियो ।