बकैयामा बिहीबार शोक बिदा
मकवानपुरको बकैया गाउँपालिकाले पालिकाको वडा नं. ७ का वडासदस्य रामकुमार तितुङको शोक बिदा दिने निर्णय गरेको छ ।
संसद् र संसदीय समितिको निर्देशन कार्यान्वयनमा
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् र संसदीय समितिले दिएको निर्देशनहरुलाई सरकारले उच्च महत्त्व दिई प्राथमिकताका साथ कार्यान्वयन गर्दै आएको दाबी गर्नुभएको छ ।
साहसी सरस्वती : राइडर बनेपछि बढेको आत्मविश्वास
कडा परिश्रम र मेहनत गरे प्रतिकूल परिस्थितिमा पनि जीत सम्भव हुन्छ भन्ने एक उदाहरणीय पात्र हुनुहुन्छ, सरस्वती महर्जन ।उपत्यकाको व्यस्त अनि धुलोधुँवायुक्त सडक, पाको हुँदै गएको उमेरमा दुई पाङ्ग्रे सवारीमा दिनहुँ १५ घण्टा दौडधूप गर्न सरस्वतीलाई भनेजस्तो सहज छैन ।
भक्तपुरका निजी विद्यालयले फागुनमै सुरु गरे भर्ना अभियान
सरकारले वैशाख १ गतेदेखि विद्यार्थी भर्ना अभियान सुरु गर्दैछ । चैतमा कक्षागत अन्तिम परीक्षा र त्यसको नतिजा सार्वजनिक गरेपछि बल्ल वैशाख १ गतेदेखि विद्यार्थी भर्ना अभियान सञ्चालन गरेर नयाँ भर्ना गर्नुपर्ने हो ।
विद्युत प्राधिकरणको नाफा १५ अर्ब ३६ करोड
नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८०/८१ को पहिलो ६ महिनामा १५ अर्ब ३६ करोड रुपियाँ नाफा कमाएको छ ।
बिजुलीको पोल ढलेर लाग्दा वडा सदस्यको मृत्यु
मकवानपुरको बकैया गाउँपालिका–७ को मानदमारमा एक बिजुलीको पोल ढलेर लाग्दा स्थानीय वडासदस्यको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाका वडासदस्य ४० वर्षीय रामकुमार तितुङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले राससलाई जानकारी दिनुभयो ।
राष्ट्रियसभा अध्यक्षमा माओवादी केन्द्रले उम्मेदवारी दिने
नेकपा (माओवादी केन्द्र) ले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छ । बुधवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बसेको स्थायी कमिटी बैठकले सो निर्णय गरेको हो ।
फागुन २२ गतेसम्म काठमाडौंका विभिन्न क्षेत्रमा चार घण्टा बत्ती जाने
नेपाल विद्युत् प्राधिकरणले महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने काम भइरहेकाले केही स्थानमा यही फागुन २२ गतेसम्म आपूर्ति बन्द हुने जनाएको छ ।
छ महिनामा कर्तव्य ज्यान मुद्दाका चार सय छ अभियुक्त पक्राउ
तीमध्ये पुरुष तीन सय ६० र महिला ४६ जना छन् । तीमध्ये सात पुरुष र एक जना महिला विदेशी हुन् । जम्मा पक्राउ परेकामध्ये काठमाडौँ उपत्यका प्रहरी कार्यालयअन्तर्गत २२, कोशी प्रदेशमा ८५, मधेसमा ५८, बागमतीमा ३२, गण्डकीमा ३२, लुम्बिनीमा ७९, कर्णालीमा ४९ र सुदूरपश्चिम प्रदेशमा ४९ जना रहेका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले राससलाई जानकारी दिनुभयो ।
छ जना ठेकेदारबाट छ करोड ५८ लाख असुल्दै सडक बोर्ड
सडक बोर्ड नेपालले छ वटा निर्माण कम्पनीबाट छ करोड ५८ लाख २० हजार ६९२ रुपियाँ असुल गर्न प्रक्रिया सुरु गरेको छ । बोर्डमा बुझाउनु पर्ने दस्तुर, मासिक किस्ता, हर्जाना र राजश्व समेत गरी यो रकम असुलका लागि प्रक्रिया अघि बढाएको हो ।
पश्चगामी शक्ति हाबी हुँदैछन्, जनभावना बुझेर काम गरौँ : सांसद हरिराम चौधरी
राष्ट्रियसभामा छवर्षे कार्यकाल मेरो पहिलो हो । पछिल्ला समय राष्ट्रियसभामा प्रतिनिधित्व र यसको औचित्यका बारेमा बहस भइरहेका छन् । कतिपय जानकारले संसदीय व्यवस्थामा राष्ट्रियसभा जनप्रतिनिधिको एक अविच्छिन्न सर्वोच्च संस्थाको रूपमा महत्त्वपूर्ण हुन्छ भनेर व्याख्या गरेका छन् ।
खोला सरसफाइ र पूजा गर्दै माझी समुदायले मनाए ‘लदी’पर्व
खोलालाई भगवान्का रूपमा मान्दै माझी समुदायले सामूहिक पूजा तथा नदी सफा गरी मङ्गलबार धुमधामका साथ मौलिक ‘लदी’ अर्थात् ‘कोशीपर्व’ मनाएका छन् । पूजासँगै सामूहिक भोज र नाचगान गरी उनीहरूले यो पर्व मनाएका हुन् ।
अष्ट्रेलियामा ‘नेपाल लगानी प्रवर्द्धन’ कार्यक्रम
नेपाल लगानीको उत्कृष्ट गन्तव्य भएकाले निर्धक्क भएर लगानी गर्न उद्यमी-व्यवसायीलाई आह्वान गर्दै अष्ट्रेलियामा ‘नेपालमा लगानी प्रवर्द्धन’ कार्यक्रम आयोजना गरिएको छ ।
रोकिएका विधेयक चाँडो टुङ्ग्याउन निर्देशन
राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिले सुशासनसम्बन्धी कानुनको तत्काल पुनरावलोकन गर्न सरकारलाई निर्देशन दिएको छ ।
परराष्ट्र सचिव भारत प्रस्थान
एसिया इकोनोमिक डाइलगमा भाग लिन परराष्ट्र सचिव सेवा लम्साल आज भारत प्रस्थान गर्नुभएको छ । यही फागुन १६ र १७ गते भारतको पुनेमा आयोजना हुने सो कार्यक्रममा परराष्ट्र सचिव लम्साल नेतृत्वको प्रतिनिधिमण्डल उद्घाटन सत्रमा सहभागी हुनेछ ।
‘दातृ निकायको सुझावका आधारमा नै सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुन संशोधनको प्रक्रियामा’
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले अवैध कारोबारलाई रोक्न सम्पत्ति शुद्धीकरण (मनी लाण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक संसदमा पेस गरिएको बताउनुभएको छ ।
‘विश्वविद्यालय थप्ने कि भएकालाई राम्रो बनाउने ?’
प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा नयाँ विश्वविद्यालय थप्दै जाने कि भएका विश्वविद्यालयलाई गुणस्तरीय र व्यवस्थित बनाउने भन्नेमा सांसदहरूबिच मतान्तर देखिएको छ ।
संसद् भवन र सिंहदरबार अगाडिको फुटपाथ निषेधित क्षेत्र
प्रहरीले नयाँबानेश्वरको सङ्घीय संसद् भवन र सिंहदरबार अगाडिको फुटपाथलाई निषेधित क्षेत्र तोकेको छ ।
दुधको मूल्य घट्दै गएपछि रामेछापका गाईपालक किसान चिन्तित
रामेछाप जिल्लाका गाईपालक किसानका सबै दुध जिल्लामा रहेको डेरी सञ्चालकहरूले नलिएका कारण सहकारीलाई सस्तोमा बेच्नु बाध्य हुनुपर्दा यहाँका किसान चिन्तित बनेका छन् ।
नेप्सेको उकालो यात्रा जारी
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक नौ दशमलव ३४ अङ्कले उकालो लागेर दुई हजार एक दशमलव ६४ मा पुगेको छ ।
संस्थापक विषयमा टुङ्गो लगाउने महासङ्घको प्रतिबद्धता
नेपाल पत्रकार महासङ्घको संस्थापक अध्यक्षको विषयमा अध्ययन गरी टुङ्गो लगाउन महासङ्घका अध्यक्षसहित नेतृत्व गणले प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
प्रधानाध्यापकसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा
राष्ट्रिय माध्यमिक विद्यालय, लौकही सुनसरीका तत्कालीन प्रधानाध्यापक धनीलाल यादवविरुद्ध ६४ हजार नौ सय रुपियाँको भ्रष्टाचार मुद्दा दायर भएको छ ।
स्वर्गीय आचार्य आदर्श व्यक्तिः मन्त्री किराँती
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले गीत-सङ्गीतको धरोहर वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यको निधनले यस क्षेत्रलाई अपूरणीय क्षति पुगेको बताउनुभएको छ ।
साउनयता विद्युत वितरणतर्फका नौ सबस्टेसन सञ्चालनमा
नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्षको साउनयता विद्युत वितरणतर्फका नौ वटा सबस्टेसन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको छ ।