‘समुदायसँग मेयर स्वास्थ्य’
चितवनको भरतपुर महानगरपालिकाले ६८ वर्ष उमेर पार गरेका ज्येष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य परीक्षण गर्ने कार्यव्रmम सुरु गरेको छ । भरतपुर–२४ का ७२ वर्षीय टीकाराम भट्टराईको स्वास्थ्य परीक्षणसँगै बुधबारदेखि सो अभियान शुभारम्भ गरिएको हो ।
पराजुलीको ड्रिमि आइज विमोचन
पत्रकार तथा कथाकार वसन्त पराजुलीको अङ्ग्रेजी कथाहरूको सङ्ग्रह ड्रिमि आइज विमोचन भएको छ । नेपाल इङ्लिस ल्याङ्वेज टिचर्स एसोसिएसन (नेल्टा) चितवनको आयोजनामा एक कार्यक्रमका बिच कवि डाँडा साहित्य समाजका अध्यक्ष एलबी क्षेत्री, भिलेज अफ इङ्लिस राइटर्स (भ्यू) चितवनका अध्यक्ष डाक्टर केशवराज चालिसे, नेल्टा चितवनका अध्यक्ष बटुकलाल तामाङ, भुँडी पुराण पब्लिकेसन्सका प्रबन्ध निर्देशक केशव पराजुली, साहित्यकार हरि गौतमलगायतले कृतिको संयुक्त रूपमा विमोचन गर्नुभएको हो ।
काभ्रेको कमाइ ‘कालीकाठको दाना’
पछिल्ला केही वर्षदेखि जिल्लाको विभिन्न राष्ट्रिय, सामुदायिक र निजी वनमा खेर गइरहेको ‘कालीकाठको दाना’ आम्दानीको स्रोत बन्न पुगेको छ । विशेष गरी पेटका विभिन्न रोग
मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम प्रारम्भ
लखाको सदरमुकाम चरिकोट स्थितको पशुपति चौलागाईँ स्मृति अस्पतालमा मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम प्रारम्भ भएको छ । तीस वर्षमाथिका नसर्ने रोगको पहिचान,निदान,परामर्श र उपचार सम्बन्धी निःशुल्क कार्यक्रम रहेको अस्पताल प्रमुख ज्ञानेश्वर श्रेष्ठले जानकारी दिनु भयो ।
विवादले स्थानीय तहमा विकास र सेवा प्रभावित
स्थानीय तहमा जनप्रतिनिधिबिच विवाद बढ्दै जाँदा विकास निर्माण र सेवाप्रवाहको काम प्रभावित हुने गरेको छ । स्थानीय तहका प्रमुख, उपप्रमुख, वडाध्यक्ष, कार्यपालिका सदस्यबिच अल्पमत, बहुमत र अधिकारका विषयमा विवाद बढ्दै जाँदा सेवाप्रवाह र विकास निर्माणको काममा अवरोध आएको हो ।
महालक्ष्मीखोला–चखेल–सतुङ्गल सडक बन्द हुने
हेटौँडालाई काठमाडौँसँग जोड्ने सबैभन्दा छोटो दूरीको मार्ग महालक्ष्मीखोला–चखेल–देउराली–मातातीर्थ–सतुङ्गल सडक एक महिनाका लागि बन्द हुनेभएको छ ।
बालबालिकाको समृद्ध भविष्य सुनिश्चितताको माग
बाल क्लबका पूर्व सदस्यको राष्ट्रिय सम्मेलनमा बालबालिकाको समृद्ध भविष्य सुनिश्चितताको माग गरिएको छ । मङ्सिर १९ र २० गते काठमाडौँमा गरिएको सम्मेलन बुधबार २२ बुँदे काठमाडौँ घोषणा पत्र जारी गर्दै सकिएको हो ।
उत्कृष्ट अङ्क ल्याउने विद्यार्थी पुरस्कृत
रिडी राम्दी पाल्पाली समाज (रिरास) ले एसइईमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई सम्मानित गरेको छ । सो संस्थाले यहाँ आयोजित कार्यक्रममा विद्यार्थीलाई सम्मानित गरेको हो ।
रातको समयमा चोरी गर्ने तीन जना पक्राउ
रातको समयमा चोरी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाली नागरिकलाई भारतीय कागजात बनाइदिने तीन जना पक्राउ
काठमाडौँ उपत्यकाभित्रका क्यासिनोहरुमा प्रवेश गर्न भारतीय कागजात बनाइदिने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरण : खाणको निवेदनमा मङ्सिर २८ गते सुनुवाइ हुने
उच्च अदालत पाटनमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहनुभएका पूर्वमन्त्री बालकृष्ण खाणको निवेदनमाथि मङ्सिर २८ गते सुनुवाइ हुने भएको छ ।
छुट्टा–छुट्टै दुर्घटनामा दस जना घाइते
मकवानपुरमा बुधबार भएको छुट्टा–छुट्टै दुर्घटनामा दस जना घाइते भएका छन् ।
एनसेलबारे ४८ घण्टाभित्र धारणा सार्वजनिक गर्न सरकारलाई निर्देशन
दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियटा लिमिटेडको शेयर खरिद बिक्रीका सम्बन्धमा ४८ घण्टाभित्र आफ्नो धारणा सार्वजनिक गर्न प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले सरकारलाई निर्देशन दिएको छ ।
सशस्त्रको स्पेसल टास्क फोर्स तालिम
सशस्त्र प्रहरी बल नेपालको आयोजनामा हुल तथा दङ्गा व्यवस्थापन तालिम शिक्षालय लामापाटन पोखरामा स्पेसल टास्क फोर्स (एसटिएफ) तालिम सम्पन्न भएको छ ।
रुसी सैनिकमा भर्ती गराउने गिरोहका १२ जना सार्वजनिक
रसियामा सैनिकमा भर्ती गराउने भनी नेपाली नागरिकलाई पठाउने गिरोहका १२ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौँले बुधबार पत्रकार सम्मेलनमार्फत उनीहरूलाई सार्वजनिक गरेको हो ।
एनसेल बिक्री प्रकरणमा सरकारको कुनै कमजोरी छैन : माओवादी प्रवक्ता सापकोटा
नेकपा (माओवादी केन्द्र) का प्रवक्ता एवम् पूर्वसभामुख अग्नि सापकोटाले एनसेल बिक्री प्रकरणमा सरकारको कुनै कमजोरी नभएको बताउनुभएको छ ।
जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान
नता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ ।
न्युरोडबाट बरामद गरिएको सुन जोख्ने कार्य सुरु
राजधानीको न्युरोडबाट बरामद गरिएको सुन जोख्ने कार्य सुरु भएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उक्त सुनसहित एक जनालाई पक्राउसमेत गरेको छ ।
बहुवर्षीय आयोजनाको ठेक्कासम्बन्धी मापदण्ड स्वीकृत
बागमती प्रदेश सरकारले प्रदेशको बहुवर्षीय आयोजनाहरूको ठेक्का सम्बन्धी मापदण्ड स्वीकृत गरेको छ ।
प्राथमिकता क्रम बमोजिम विधेयकको मस्यौदा पठाउन कानुन मन्त्रालयको आग्रह
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले विधेयकको प्राथमिकता क्रम निर्धारण गरी सङ्घीय संसदमा पेस गर्ने सम्बन्धमा यथाशिघ्र विधेयक मस्यौदा तयारी गरी पठाउन सबै मन्त्रालयमा आग्रह गरेको छ ।
संवैधानिक नियुक्तिविरुद्धको रिट ‘हेर्न नभ्याइने’ सूचीमा
सर्वोच्च अदालतले संवैधानिक नियुक्तिविरुद्धको रिट ‘हेर्न नभ्याइने’ सूचीमा राखेको छ । विसं. २०७७ मङ्सिर १ गते सर्वोच्च अदालतमा दर्ता भएको रिटमाथि आज (बुधबार) संवैधानिक इजलासमा सुनुवाइका लागि पेशी तोकिएको थियो ।
न्युरोडबाट अवैध सुन कारोबारमा संलग्न पाण्डे पक्राउ
नेपाल प्रहरीले काठमाडौँको न्युरोडबाट अवैध सुन कारोबारमा संलग्न एक जनालाई सात केजी सुनसहित पक्राउ गरेको छ ।
तरकारीको उचित मूल्य नपाउँदा कृषक चिन्तित
पछिल्लो समय तरकारीको मूल्य ओरालो लागेर लागत मूल्यसमेत नपाउने अवस्थामा पुगेपछि कृषकहरु चिन्तित बनेका छन् ।
अत्यधिक योजनाको माग छ : मन्त्री लामा
बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिं लामाले अत्यधिक विकासका योजनाको माग आएपछि बजेट विनियोजनमा समस्या भएको बताउनुभएको छ ।