परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक परिस्थितिअनुसार को सरकारमा हुन्छ र को हुँदैन भन्न सकिने अवस्था नरहेको बताउनुभएको छ ।
कामपाका ११८ औषधि पसल मापदण्डविपरीत
कामपा स्वास्थ्य विभागले गत असोज २१ गतेदेखि औषधि पसलको अनुगमन थालेको थियो । अहिलेसम्ममा वडा नं १, २ र ३ का अधिकांश र अन्य वडामा गरिएको अनुगमनका क्रममा उक्त सङ्ख्या ११८ औषधि पसलले आधारभूत मापदण्डसमेत पालन नगरेको पाइएको विभागले जनाएको छ ।
शून्य समय : विविध विषयमा सरकारको ध्यानाकर्षण
सांसद डोलप्रसाद अर्यालले शुक्लाफाँटा वन्यजन्तु आरक्षपीडित र नागढुङ्गा सुरुङमार्ग निर्माणमा भइरहेको ढिलाइबारे सदनमार्फत सरकारको ध्यानाकर्षण गर्नुभयो । सांसद डा तोसिमा कार्कीले खगेन्द्र नवजीवन केन्द्रको आर्थिक पारदर्शितामाथि प्रश्न उठाउनुभयो ।
ऊर्जा दक्षतामैत्री भवन निर्माणमा जोड
न्यून तापक्रम हुने उच्च हिमाली वा पहाडी क्षेत्रमा निर्माण भएका भवनलाई तताउन र तराई क्षेत्रमा निर्माण भएका भवनलाई चिसो बनाउनको लागि अधिक ऊर्जा खपत हुने गरेको हुँदा घर तथा भवन निर्माण गर्दा भौगोलिक अवस्थिति, हावापानी, उचाइ र तापक्रमअनुसार डिजाइन गरिनुपर्नेमा विज्ञहरुले जोड दिएका छन् ।
'गठबन्धन टुट्दैन'
नेपाली काग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा (माओवादी)सँगको गठबन्धन नतोडिने बताउनुभएको छ ।
स्थानीयका कारण रोकियो नागढुङ्गा सुरुङमार्गको काम
स्थानीयवासीको अवरोधका कारण नागढुङ्गा सुरुङमार्गको काम रोकिएको छ । नागढुङ्गादेखि धादिङको सिस्नेखोलासम्म जोड्ने सुरुङमार्गको काम फागुन ६ गतेदेखि रोकिएको आयोजनाले जनाएको छ ।
‘पत्रकारितालाई जिम्मेवार बनाउन सामयिक कानुन’
प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले राज्यको चौथो अङ्गका रूपमा रहेको पत्रकारितालाई सक्षम, सुदृढ, व्यावसायिक र जिम्मेवार बनाउन समय सुहाउँदो कानुनको आवश्यकता औँल्याउनुभएको छ ।
‘कलाघर सिन्धुली’ पर्यटन गन्तव्य बन्दै
सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–३ चपौलीस्थित ‘कलाघर सिन्धुली’ पर्यटन गन्तव्य बन्दै गएको छ ।
सङ्घीय संसदअन्तर्गत दुवै सदनको बैठक बस्दै
सङ्घीय संसदअन्तर्गत शुक्रबार दुवै सदनको बैठक बस्दैछ । जसअनुसार प्रतिनिधि सभाको बैठक बिहान ११ बजे सुरु हुनेछ ।
सन्तुलन र नियमनका लागि राष्ट्रियसभाको महत्व
विधि निर्माणका लागि राष्ट्रियसभा प्रतिनिधिसभासँगसँगै जिम्मेवार र सक्रिय रहँदै आएको छ । प्रतिनिधिसभा विघटन भएका बखत पनि बन्द नहुने प्रकृतिको राष्ट्रियसभा प्रबुद्ध व्यक्तिहरूको सहभागितामा शालिन प्रस्तुति दिने माथिल्लो सभाका रूपमा रहेको छ ।
चन्द्रागिरि र कर्जा सुरक्षण कोषबीच सहकार्य : बिनाधितोे कर्जा प्रवाह गर्न थप बाटो खुला
चन्द्रागिरि नगरपालिकाले आफ्ना उत्पादन, रोजगारी तथा व्यवसाय प्रवर्द्धन गर्न वित्तीय संस्थाको समन्वयमा विपन्न वर्ग तथा लघु उद्यमीलाई बिनाधितो प्रवाह हुने कर्जामा निक्षेप तथा कर्जा सुरक्षण कोषले सुरक्षण गरिदिने भएको छ ।
हट्यो प्रदेश सभाको अवरोध
बागमती प्रदेश सरकार र विपक्षी दलबिच बजेट भागबन्डामा लामो समयदेखि चल्दै आएको विवाद समाधान गर्न विशेष समिति बनाइएको छ । बागमती प्रदेश सभाको बिहीबार बसे
भरतपुर ‘हेल्थ हब’को रूपमा विकास हुँदै
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुर महानगरपालिका स्वास्थ्य क्षेत्रमा नयाँ “हब”को रूपमा विकास हुँदै गएको बताउनुभएको छ ।
जल तथा मौसम विज्ञान नीति ल्याइँदै
नेपालमा पहिलो पटक जल तथा मौसम विज्ञान नीति आउने भएको छ । विभिन्न नाम हुँदै करिब एक सय वर्षको यात्रा गरेको जल तथा मौसम विज्ञान विभाग आफ्नै नीतिमा उभिन खोजेको हो । हालसम्म विभागले जलस्रोत, ऊर्जा, सिँचाइलगायत छरिएर रहेका नीतिमा टेकेर काम गरिरहेको जनाइएको छ ।
ललितपुरले कोरियाको सीप र प्रविधि अनुसरण गर्नुपर्ने
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ललितपुर महानगरको निमन्त्रणामा नेपाल आएका कोरियाको चेओरवन सहरका मेयर ली ह्युन जोङले शिष्टाचार भेट गर्नुभएको छ ।
अपाङ्गता भएकालाई क्षमताअनुसारको रोजगारी दिनुपर्छ : मन्त्री आचार्य
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले रोजगारीको ठुलो समस्याबिच अपाङ्गता भएका व्यक्तिलाई क्षमताअनुसारको रोजगारी दिने कार्य सह्रानीय रहेको बताउनुभएको छ ।
पुनः नामकरणको माग गर्दै प्रदर्शन
कोशी प्रदेशको नाम खारेजीको माग गर्दै पहिचानवादीले काठमाडौँमा प्रदर्शन गरेका छन् । गत वर्ष फागुन १७ गते प्रदेश १ को नाम कोशी नामकरण गरिएको थियो ।
कोशी र गण्डकी प्रदेशमा आंशिक बदली हुने
बिहीबार राति कोशी र गण्डकी प्रदेशको मौसम आंशिक बदली रहने जनाइएको छ । बाँकी प्रदेशको मौसम सफा रहने छ । मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गका अनुसार गण्डकी र कोशी प्रदेशको मौसम आंशिक बदली रहे पनि पानी पर्ने कुनै सम्भावना छैन ।
सेजन सदस्यको १६ करोड रुपियाँ बराबरको स्वास्थ्य बिमा
नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले संस्थामा आबद्ध सदस्यहरूको स्वास्थ्य बिमा गरेको छ । सेजनले हिमालयन एभरेष्ट इन्स्योरेन्समा १५ करोड ९६ लाख रुपियाँ बराबरको स्वास्थ्य बिमा गरेको हो।
राष्ट्रिय महाधिवेशनमा एउटै दस्ताबेजमा छलफल गर्ने नेकपा एसको निर्णय
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले आसन्न १० औँ राष्ट्रिय महाधिवेशनमा वैचारिक छलफलका लागि एउटै दस्ताबेज प्रस्तुत निर्णय गरेको छ ।
‘अपाङ्गताका विषय सम्बोधन गर्न रणनीति योजना जरुरी’
अपाङ्गता भएका महिलाको अधिकार र संरक्षणका सवाललाई सम्बन्धित निकायले रणनीतिक योजनासहित सम्बोधन गर्नुपर्नेमा सरोकारवाला पक्षले जोड दिएका छन् ।
शितभण्डार र जुस उद्योग प्रयोगविहीन
सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–४ दोभानटारमा एक दशकअघि निर्माण गरिएको जुनार शितभण्डार र जुस उद्योग प्रयोगविहीन अवस्थामा छ ।
दाताको सहयोगमा सुविधा सम्पन्न आँखा अस्पताल भवन
नेपाल नेत्रज्योति सङ्घ चितवन शाखाले दाताको सहयोगमा तीनतले सुविधासम्पन्न अस्पताल भवन निर्माण गरेको छ । भरतपुर आँखा अस्पताल हाताभित्र २५ हजार पाँच सय स्क्वायर फिटको भवन निर्माण गरिएको हो ।
‘पक्राउ परेका मिटरब्याजी पीडितलाई रिहा गर’
राष्ट्रिय सभा सदस्य विमला घिमिरेले मिटरब्याजी पीडितहरूको माग सम्बोधन गर्न सरकारसँग आग्रह गर्नुभएको छ । बिहीबारको राष्ट्रिय सभा बैठकमा उहाँले सो माग गर्नुभएको हो ।