विभागद्वारा न्यून गुणस्तरका तीन औषधि बिक्री वितरणमा रोक
औषधि व्यवस्था विभागले तीन वटा औषधिको बिक्री वितरणमा रोक लगाएको छ । विभागका महानिर्देशक नारायणप्रसाद ढकालले राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा न्यून गुणस्तर पाइएकाले ती औषधिको बिक्री वितरणमा रोक लगाएको बताउनुभयो ।
अनीशलाई प्रधान सेनापति म्याराथन उपाधि
प्रधान सेनापति खुरा म्याराथनको उपाधि पर्वतका अनीश थापामगरले जित्नुभएको छ । शनिबार काठमाडौँमा सम्पन्न म्याराथन पुरुषमा अनीशले निर्धारित दुरी दुई घण्टा २२ मिनेट ५९ सेकेन्डमा पूरा गर्नुभयो । उहाँले मोटर साइकल र तीन लाख रुपियाँ पुरस्कार पाउनुभयो ।
संस्कृति संरक्षणका लागि हायू समुदायलाई सामग्री हस्तान्तरण
काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-१० मा रहेको लोपोन्मुख आदिवासी जनजाति हायू समुदायलाई विशेष सामग्री हस्तान्तरण गरिएको छ ।
उत्पादन बढाउन सुन्तला बोटको उपचार
काभ्रेपलान्चोक जिल्लाको पनौती नगरपालिका–१० सत्यालडाँडामा रहेको पुरानो सुन्तला बगैँचामा रहेका सुन्तलाका बोटहरुको उपचार गरिएको छ ।
‘युवालाई नेतृत्वदायी भूमिका प्रदान गर्न सरकार क्रियाशील’
युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले युवालाई रोजगारी सिर्जना गरी उद्यमशीलता, क्षमता र नेतृत्व विकासमा सरकारले जोड दिइएको बताउनुभएको छ ।
नेपालको बाह्य सम्बन्ध एक सय ८२ देशमा विस्तार
नेपालले टोङ्गा अधिराज्यसँग कूटनीतिक सम्बन्ध स्थापना गरेको छ । योसँगै नेपालको बाह्य सम्बन्ध एक सय ८२ देशमा विस्तार भएको छ ।
निशु भइन् मिसेस नेपाल आइडल २०२४
सन् २०२४ को मिसेस नेपाल आइडलको ताज सप्तरीकी निशु काफ्लेले पहिरिनु भएको छ । ताजसँगै काफ्लेले इजिप्टमा हुन गइरहेको नेपाल फेसन एण्ड इन्टरटेनमेन्ट अवार्डमा इन्ट्रिप्याकेज समेत प्राप्त गर्नुभएको छ ।
वसन्त ऋतु सुरु हुनैलाग्दा ठमेलमा पर्यटकको चहलपहल
पर्यटकीय याम सुरु हुनैलागेको बेलामा सङ्घीय राजधानी काठमाडौँको मुख्य पर्यटकीय केन्द्र ठमेलमा पर्यटकको चहलपहल सुरु भएको छ ।
देश वृद्धाश्रम बन्ने खतरा
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले सुशासनको पक्षमा थप नयाँ योजना तयार पारेको बताउनुभयो ।
संवैधानिक र कानुनीरुपमै कमजोर बन्यो राष्ट्रिय सभा
संविधान निर्माणका क्रममा राष्ट्रिय सभालाई कस्तो बताउने भनेर गम्भीररुपमा छलफल चल्यो । यसलाई अधिकारसम्पन्न, प्रतिनिधिमूलक र गुणस्तरीय कसरी बनाउने भनेर बहस, छलफल चलेको थियो ।
‘समृद्ध मेलम्ची हाम्रो सपना’
सिन्धुपाल्चोकका १२ स्थानीय तहमध्ये एक मेलम्ची नगरपालिकामा २०७८ सालको जनगणना अनुसार ४१ हजार ६३ जनसङ्ख्या रहेको छ । नगरपालिकाले ‘मेलम्ची समृद्धिको आधार : कृषि, पर्यटन
विज्ञान प्रदर्शनीमा हलेश्वर माध्यमिक विद्यालय प्रथम
माध्यमिक तह विज्ञान प्रदर्शनी कार्यक्रममा गौरीशङ्कर गाउँपालिका–५ को हलेश्वर माध्यमिक विद्यालयले प्रथम भएको छ । विद्यालयले नगद पाँच हजार र प्रमाणपत्र समेत प्राप्त गरेको छ ।
तारकेश्वर परिदृश्य पुस्तक विमोचन
हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ, काठमाडौँको तारकेश्वर नगरपालिकाले शुक्रबार वडा नं ८ स्थित टुसालमा आयोजना गरेको तारकेश्वर परिदृश्य पुस्तक विमोचन तथा खेलाडी सम्मान कार्यक्रम २०८० मा पुस्तक विमोचन गर्दै ।
सेनाको हेलिकप्टरबाट सुत्केरीको उद्धार
सुत्केरी हुन नसकेर छटपटाइरहेकी रामेछापको दोरम्बा शैलुङ गाउँपालिका –२ दोरम्बाकी ४१ वर्षीया सपना तामाङलाई हेलिकप्टरमार्फत थप उपचारका लागि काठमाडौँ लगिएको छ ।
पाललाई हेटौँडा रनको उपाधि
हेटौँडामा आयोजित पहिलो खुला राष्ट्रिय पुरुष हेटौँडा रन प्रतियोगितामा काठमाडौँका मुकेश पाल प्रथम हुनुभएको छ ।
नागरिकका अपेक्षा पूरा गर्न सबै एकजुट बनौँ
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले विकास निर्माणका सवालमा सबै राजनीतिक दल एकजुट बन्नुपर्ने बताउनुभएको छ ।
वैदेशिक रोजगारीमा लाखौं ठगी गर्ने दुई जना पक्राउ
प्रहरीले वैदेशिक रोजगारीमा लाखौं रकम ठगी गर्ने दुई जना पक्राउ गरेको छ ।
भरतपुर अन्तर्राष्ट्रियस्तरको पर्यटकीय गन्तव्य बन्न सक्छः अध्यक्ष नेपाल
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले भरतपुरलाई अन्तर्राष्ट्रिय स्तरको पर्यटकीय गन्तव्य बनाउन सकिने बताउनुभएको छ ।
अपाङ्गता भएका महिलाको राष्ट्रिय सम्मेलन सुरु
अपाङ्गता भएका महिलाहरुको राष्ट्रिय सम्मेलन आजदेखि यहाँसुरु भएको छ । ‘मलाइ पनि तिमिसँगै गणना गरः मेरो आवाजले अर्थ राख्छ’ भन्ने नाराका साथ आजदेखि सुरु सम्मेलन काठमाडौँ घोषणापत्र जारी गर्दै यही फागुन २० गते सम्पन्न हुनेछ ।
ऊर्जामा सहायता बढाउन विद्युत प्राधिकरणको आग्रह
नेपाल विद्युत प्राधिकरणले ऊर्जा क्षेत्रमा सहायता बढाउन नेपालका अन्तराष्ट्रिय विकास साझेदारहरुलाई आग्रह गरेको छ ।
सम्पत्ति शुद्धीकरण विधेयक पारित
राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ पारित गरेको छ ।
अर्थतन्त्रका चुनौती सम्बोधन गर्दै समृद्धिको आधार तयार गर्न सरकार क्रियाशील : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार अर्थतन्त्रमा देखिएका चुनौती सम्बोधन गर्दै समृद्धिको आधार तयार गर्न क्रियाशील रहेको बताउनुभएको छ ।
‘पर्यटन प्रवर्द्धनका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक छ’
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पर्यटन क्षेत्रको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताउनुभएको छ । आज चितवनको नारायणी नदी किनारमा आयोजित ‘भरतपुर भ्रमण वर्ष २०२४’ को उदघाटन समारोहलाई सम्बोधन गर्दै उहाँले मुलुकको पर्यटन प्रवर्द्धनका लागि सबै क्षेत्रको सहकार्य आवश्यक रहेको बताउनुभयो ।
विद्यालयको पढाइले मात्र पठन संस्कृतिको विकास हुँदैनः अध्यक्ष ओली
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली विद्यालयको पढाइले मात्रै पठन संस्कृतिको विकास नहुने बताउनुभएको छ ।