बसको ठक्करबाट बालकको मृत्यु
चितवनको भरतपुरमा बसको ठक्करबाट बालकको मृत्यु भएको छ । नारायणगढबाट माडीतर्फ जाँदै गरेको ना४ख ५८१५ नम्बरको बसले नौ वर्षीय आरुष पौडेललाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।
नयाँ सत्ता गठबन्धन : बलियो बामशक्ति निर्माणको अभ्यास
प्रतिनिधि सभामा प्रमुख दल नेपाली कांग्रेससहितको सत्ता गठबन्धनमा खटपट भएपछि पुनः नयाँ गठबन्धनको जन्म भएको छ । प्रतिनिधि सभामा दोस्रो ठुलो दल नेकपा (एमाले) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई काँध थापेपछि पुरानै गठबन्धन ब्युँतिएको हो ।
लागूऔषध र दुई लाख सहित एक पक्राउ
जिल्ला प्रहरी कार्यालय चितवनले लागूऔषध अफिम जस्तो देखिने पदार्थ राखेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।
बालुवाटारमा नयाँ गठबन्धनको बैठक
प्रधानमन्त्री निवास बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी रहेको छ । नेपाली कांग्रेससँगको सत्ता गठबन्धनमा घटपट भएपछि नयाँ गठबन्धनको बैठक बसेको हो ।
दुध बिक्री नभएपछि दैनिक ४२ लाख घाटा बेहोर्दै किसान
दूधको बिक्री घटेपछि जिल्लाका दुग्ध उत्पादक किसानहरुले दैनिक ४२ लाखको घाटा बेहोर्दै आएका छन् । जिल्लामा उत्पादित दूधमध्ये ६० हजार लिटर बिक्री हुन नसक्दा सो रकम बराबरको क्षति बेहोर्न किसान बाध्य भएका हुन् ।
९ हजार बालबालिकालाई दादुरा र रुबेलाविरुद्धको खोप
सरकारको खोप अभियान अन्तर्गत दोलखामा करिब ९ हजार बालबालिकालाई दादुरा रुबेलाविरुद्धको खोप लगाइएको छ ।
जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै
जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दैछ । पार्टीका केन्द्रीय प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा सोमबार अपराह्न ४ बजे बैठक बस्न लागेको जानकारी दिनुभयो ।
‘हामी मिसन–२०८४ छोडदैनौं’
नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीले मिसन–२०८४ नछोड्ने बताउनुभएको छ ।
विद्यालयलाई प्रविधिमैत्री बनाउन वडा कार्यालयबाट ल्यापटप
बागलुङको जैमिनी नगरपालिका-१ को वडा कार्यालयले वडाभित्र रहेका पाँच सामुदायिक विद्यालयलाई ल्यापटप उपलब्ध गराएको छ ।
‘म रहुन्जेल नेपाली राजनीतिमा उथलपुथल भइरहन्छ’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली राजनीति पुनः नयाँ मोडमा आइपुगेको भन्नुहुँदै आफू रहुन्जेल नेपाली राजनीतिमा उथलपुथल कायमै रहने बताउनुभएको छ ।
लक्ष्यभन्दा ७३ प्रतिशत राजस्व सङ्कलन
आन्तरिक राजस्व कार्यालय, हेटौँडाले गत माघ मसान्तसम्ममा चालु आर्थिक वर्ष २०८०-०८१ का लागि पाएको लक्ष्यको ७३ प्रतिशतभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।
मन्त्रिपरिषद्को पुनर्गठन : तीन मन्त्रीको शपथ ग्रहण हुँदै
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारका मन्त्रीहरु फेरबदल हुने भएका छन् । नवनियुक्त मन्त्रीहरुको शपथ ग्रहणका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सोमबार अपरान्ह ५ बजेका लागि समय माग भएको छ ।
द्वन्द्वकालीन मुद्दा अब चाँडै समाधान हुन्छ : सभामुख घिमिरे
सभामुख देवराज घिमिरेले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयकमा दलका नेताहरू सहमतिनजिक पुगेकाले द्वन्द्वकालीन समस्या चाँडै समाधान हुने विश्वास व्यक्त गर्नुभएको छ ।
हनुमन्ते खोलामा भेटियो एक युवकको शव
मध्यपुर थिमि नगरपालिका‐९ राधेराधेस्थित हनुमन्ते खोलामा आज रगताम्मे अवस्थामा एक युवकको शव फेला परेको छ । इलामको इलाम नगरपालिका‐३ घर भई हाल काठमाडौँ तीनकुने बस्ने २६ वर्षीय छत्र थापाको शव फेला परेको प्रहरीले जनाएको छ ।
देशमा परिवर्तन आवश्यक छ : अध्यक्ष ओली
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुुकको विकास र समृद्धिका लागि देशमा परिवर्तन आवश्यक भएको बताउनुभएको छ । नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) को ७७औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले देशको परिस्थिति छिटोछिटो हिँडेको उल्लेख गर्दै यथास्थितिको अन्त्य र
नेप्से परिसूचक छ प्रतिशतले बढेपछि आजका लागि कारोबार स्थगित
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक छ प्रतिशतले बढेपछि आजको शेयर कारोबार स्थगित भएको छ । आज बजार खुले लगत्तै परिसूचक चार प्रतिशतले वृद्धि भएको थियो ।
नेपालको राजनीतिमा ‘कोर्स करेक्सन’, वामपन्थी ध्रुवीकरण अघि बढ्यो
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सचिव देवेन्द्र पौडेलले नेपालको राजनीतिलाई ‘कोर्स करेक्सन’ गरेर वामपन्थी ध्रुवीकरणतर्फ लैजानुपर्छ भनेर नयाँ गठबन्धन बनाइएको दाबी गर्नुभएको छ ।
शालीनको मृत्युको रहष्य खुल्यो
पूर्वी चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतनको होस्टेलमा शङ्कास्पद रूपमा मृत फेला परेकी शालीन पोखरेलको शव परीक्षण गर्दा झुण्डिएर मृत्यु भएको कारण खुलेको छ ।
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबिच भेटवार्ता
प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता जारी रहेको छ ।
काँग्रेस पदाधिकारी बैठक
नेपाली काँग्रेसको पदाधिकारी बैठक जारी छ । काँग्रेस सभापति शेरबहादुर देउवाले निजी निवास धुम्बाराहीमा पदाधिकारी तथा पूर्व पदाधिकारीहरूसँग समसामयिक राजनीतिक विषयमा अनौपचारिक छलफल गरिरहनुभएको स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो ।
सरकार फेरिने, नफेरिनेबारे प्रधानमन्त्रीलाई थाहा होला: अध्यक्ष ओली
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार परिवर्तनबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लाई थाहा हुने बताउनुभएको छ । सोमबार बिहान बालकोटमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीको जिज्ञासामा बोल्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।
शान्ति प्रक्रिया चाँडै टुङ्गोमा पुग्नेछ: मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य रेखा शर्माले शान्ति प्रक्रिया चाडै टुङ्गोमा पुग्ने बताउनुभएको छ ।
माओवादीले गठबन्धन टुटाए नयाँ समीकरण बनाएर जान एमाले तयार
नेपाल कम्युनिस्ट पार्टी (एमाले)को सचिवालय बैठक सम्पन्न भएको छ । बैठकले तत्काल सत्ता गठबन्धन टुटाए नयाँ समीकरण बनाएर अघि बढ्ने निष्कर्षमा पुगेको नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो ।
मनमोहक महादेवी आमायाङ्ग्री
सिन्धुपाल्चोकको ह्योल्मोभूमि हेलम्बुलाई दर्जनौँ कलात्मक र मनमोहक गुम्बा र मानेछोर्तेनको सहरका रूपमा लिने गरिन्छ । हेलम्बु गाउँपालिका र पाँचपोखरी थाङ्पाल गाउँ