• १३ साउन २०८१, आइतबार

९ हजार बालबालिकालाई दादुरा र रुबेलाविरुद्धको खोप

blog

सदरमुकाम चरिकोट सातदोबाटोको खोप केन्द्रमा खोप लगाइँदै । तस्बिर : बाबुराम शर्मा

बाबुराम शर्मा 

दोलखा, फागुन २१ गते । सरकारको खोप अभियान अन्तर्गत दोलखामा करिब ९ हजार बालबालिकालाई दादुरा रुबेलाविरुद्धको खोप लगाइएको छ । स्वास्थ्य कार्यालयको समन्वयमा यहाँका नौ स्थानीय तहका १६० केन्द्रमा आठ हजार ४४९ नौ महिनादेखि पाँच वर्षमुनिका बालबालिकालाई दादुरा रुबेलाविरुद्धको खोप लगाइएको बताइएको छ । 

जिल्लाको खोप लक्ष्यको नजिक नजिक पुगेको छ । लक्ष्य नौ हजार ९६६ रहेकोमा आठ हजार ४४९ ले यो खोप लगाएका हुन् । स्वास्थ्य कार्यालयले समयमै खोप पुर्‍याएको थियो । खोप सञ्चालनका समयमा कुनै समस्या आउन नदिन एक पालिका एक चिकित्सकसहितको स्वास्थ्य टोली व्यवस्था गरिएको थियो । 

सदरमुकाम चरिकोट स्थितको भीमेश्वर नगरपालिकामा भने लक्ष्यभन्दा बढी अर्थात् लक्ष्य दुई हजार छ मा दुई हजार १३१ जनाले यो खोप लगाएका नगरका स्वास्थ्य शाखा संयोजक श्याम खडकाले जानकारी दिनुभयो । 

सबैभन्दा कम खोप तामाकोसी गाउँपालिकामा छ सय रहे तापनि लक्ष्यको ९५ प्रतिशतले खोप लगाएका थिए । कालिञ्चोक गाउँपालिकामा एक हजार २३५, बिगु गाउँपालिकामा ९०५, जिरी नगरपालिकामा ८७२, वैतेश्वर गाउँपालिकामा ७४७, शैलुङ गाउँपालिकामा ६६३, गौरीशङ्कर गाउँपालिकामा ६५३ र मेलुङ गाउँपालिकामा ६४३ ले खोप लगाएका थिए ।