सरकारको ध्यान ठुला कृषि परियोजनामा
काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका–७, होक्सेमा पहिलो ‘महिला उद्यमी हरित औद्योगिक पार्क’ निर्माणले मूर्त रूप लिएको छ । दक्षिण एसियाली महिला विकास मञ्च र पाँचखाल नगरपालिकाको संयुक्त आयोजनामा बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्कको शिलान्यास गर्नुभयो । शिलान्यास समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सरकारले ठुला कृषि परियोजनाको सञ्चालन र उत्पादनमा आधारित अनुदानमा जोड दिँदै आएको बताउनुभयो ।
हेलिकोप्टर उडान–अवतरण नलिन्चोकबाट गर्ने तयारी
नेपाल नागरिक उड्डयन प्राधिकरणले भक्तपुरको नलिन्चोकमा निर्माण गरेको हेलिपोर्ट छ महिनाभित्रै सञ्चालनमा ल्याइने भएको छ । २०७९ साउन १ गतेबाट निर्माण सुरु गरिएको उक्त हेलिप्याडमा परीक्षण उडान गरिएको छ । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले माउन्टेन एयरको हेलिकोप्टरबाट परीक्षण उडान गरिएको र परीक्षण उडानको प्रतिवेदनका आधारमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हेलिकोप्टर उडान नलिन्चोकमा स्थानान्तरण गरिने बताउनुभयो ।
भाडा निर्धारण गर्न ढिलाइ
सार्वजनिक यातायातमा विद्युतीय सवारीसाधनको सङ्ख्या र सेवा बढे पनि उपभोक्ताले भाडा भने पेट्रोल र डिजेलबाट चल्ने सवारीसाधन सरह नै तिर्नुपरेको छ । विद्युतीय सार्वजनिक सवारीको भाडाका सम्बन्धमा नियमनकारी निकायले नहेर्दा यो समस्या बढ्दो छ । पेट्रोल तथा डिजेलबाट चल्ने सार्वजनिक सवारीसाधनका हकमा सङ्घीय सरकारले हरेक वर्ष विज्ञ समूहसँगको परामर्शमा भाडादर निर्धारण गर्ने गरे पनि विद्युतीय सार्वजनिक सवारीसाधन चल्न थालेको धेरै हुँदा पनि नियमनकारी निकायले वास्ता गरेको छैन । जसका कारण सञ्चालन खर्च निकै नै कम लाग्ने त्यस्ता विद्युतीय सवारीसाधनले पेट्रोल र डिजेलबाट चल्ने सवारीसाधन सरहकै भाडा असुलिरहेका छन् ।
रातको समयमा चोरी गर्ने ६ जना पक्राउ
प्रहरीले विभिन्न मिति र ठाउँबाट रातको समयमा चोरी गरेको अभियोगमा ६ जनालाई उपत्यकाका विभिन्न स्थानबाट मङ्गलबार पक्राउ गरेको छ ।
ट्रकको ठक्करबाट विद्यार्थीको मृत्यु
पूर्व पश्चिम राजमार्गको मकवानपुर मनहरी गाउँपालिकाको रमनाटारस्थित सडक खण्डमा ट्रकको ठक्करबाट बालकको मृत्यु भएको छ ।
सुर्तीजन्य पदार्थ बिक्री गरेको पाइए जफत गरी पसल बन्द गरिने
काठमाडौँ महानगरपालिकाले भोलि बिहिबारदेखि सुर्तीजन्य पदार्थ पूर्णरुपमा निषेध गर्ने घोषणा गरेको छ ।
हायस दुर्घटनामा १२ जना घाइते
बिपी राजमार्ग अन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–२ भद्रकाली नजिक हायस दुर्घटना भएको छ । बुधबार दिउँसो १ बजेतिर भएको दुर्घटनामा परी १२ जना भएका छन् ।
सुनकोशी–मरिण डाईभर्सनको सुरुङ निर्माण ठप्प
राष्ट्रिय गौरवको सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ निर्माणको काम पहिरोका कारण रोकिएको छ । सुरुङ भित्र पहिरो गई टीवीएम मेसिन थिचेपछि १४ दिनदेखि सुरुङ निर्माणको काम रोकिएको उक्त आयोजनाले जनाएको छ ।
सन्तुलित विकासका लागि संसदीय समितिमा छलफल
मुलुकको सन्तुलित विकासका लागि सम्बन्धित निकायसँग समन्वय गर्न संसदीय समितिमा छलफल भएको छ । दिगो विकास तथा सुशासन समितिद्वारा आज आयोजित ‘सुशासन प्रवर्द्धन र सन्तुलित विकासमा सङ्घीय सांसद र सरोकारवालासँग अन्तरक्रिया’मा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सबैले अधिकारका विषय उठाउने तर आफ्नो कर्तव्य बिर्सँदा सन्तुलित विकासले गति लिन नसकेको बताउनुभयो ।
नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक दुई दशमलव ६० अङ्कले बढेर एक हजार नौ सय ८८ दशमलव चारको विन्दु कायम भएको हो ।
औद्योगिक ग्रामले कृषि उत्पादनमा टेवा पुग्छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको अर्थतन्त्रको मूल आधारका रूपमा रहेको कृषि उत्पादनका लागि जोड दिने सरकारले नीति लिएको अवस्थामा यस्ता औद्योगिक ग्राम स्थापनाले त्यसलाई टेवा पुग्ने बताउनुभएको छ ।
दुई नाल भरुवा बन्दुकसहित एक जना नियन्त्रणमा
मकवानपुरको बकैया गाउँपालिका-११ स्थित सिमलट्वाकबाट प्रहरीले भरुवा बन्दुकसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
चितवन राष्ट्रिय निकुञ्जमा कर्मचारीको अभाव
दुर्लभ वन्यजन्तुको प्रमुख बास स्थानकोरुपमा रहेको चितवन राष्ट्रिय निकुञ्जमा कार्यक्षेत्र (फिल्ड)मा खटिने कर्मचारी अभाव हुँदा संरक्षणमा समस्या देखिएको छ । फिल्डमा खटिने जनशक्ति दरबन्दी भन्दा आधा कम छन् ।
सङ्घीय संसदका महासचिव गौतमको राजीनामा स्वीकृत
राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदका महासचिव भरतराज गौतमको राजीनामा स्वीकृत गर्नुभएको छ । राष्ट्रपति पौडेलले मङ्सिर २४ गतेदेखि लागू हुने गरी बुधबार गौतमको राजीनामा स्वीकृत गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
पाँच हजार मिटरब्याजपीडितका समस्या समाधान
सरकारद्वारा गठित अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगले निवेदन परेका २८ हजारमध्ये पाँच हजार एक सय ५५ उजुरीमा मिलापत्र गरेको छ ।
भिजिट भिसाको नक्कली कागजपत्र बनाउने गिरोहका ३२ जना पक्राउ
नक्कली कागजपत्र बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहका ३२ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । नक्कली कागजपत्र बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहमा संलग्न ट्राभल एजेन्सी सञ्चालक र सरकारी कर्मचारीसहित गरी ३२ जनालाई नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो ।
सङ्घीय सरकारविरुद्धको रिट ‘हेर्न नभ्याइने’ सूचीमा
सर्वोच्च अदालतले सङ्घीय सरकारविरुद्ध बागमती प्रदेश सरकारले दायर गरेको रिट निवेदन ‘हेर्न नभ्याइने’ सूचीमा राखेको छ ।
नेपालको शिक्षा मौलिक र अन्तर्राष्ट्रियस्तरको हुनु अत्यावश्यक छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको शिक्षा युग सुहाउँदो मौलिक र अन्तर्राष्ट्रियस्तरको हुनु अत्यावश्यक रहेको बताउनुभएको छ ।
नारायणगढ–मुग्लिन सडक खण्ड : थप आठ पुल सञ्चालनमा ल्याउने तयारी
नारायणगढ–मुग्लिन सडक खण्डमा निर्माण हुँदै गरेका थप आठ पुल दुई महिनाभित्रमा सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ । ती पुलको पहुँच मार्गको काम मात्र बाँकी छन् ।
चिसिँदै काठमाडौं, आज यस वर्षकै सबैभन्दा कम तापक्रम
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ५.७ डिग्री सेल्सियस पुगेको छ । यो यस वर्षकै सबैभन्दा कम तापक्रम हो । तापक्रम कम भएसँगै चिसो बढेको छ ।
जङ्गली हात्तीद्वारा घरमा क्षति
मकवानपुरको मनहरी गाउँपालिका –८ स्थित चिसापानीमा जङ्गली हात्तीले घरमा क्षति गरेको छ ।
टिकटक प्रतिबन्धविरुद्धको रिट ‘हेर्न नभ्याइने’ सूचीमा
सर्वोच्च अदालतले टिकटक प्रतिबन्धविरुद्धको रिट ‘हेर्न नभ्याइने’ सूचीमा राखेको छ । बुधबार सर्वोच्चका न्यायाधीशद्वय प्रकाश कुमार ढुंगाना र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा सुनुवाइका लागि पेशी तोकिएको थियो ।
२६४ वटा बस बिसौनी निर्माण गर्दै काठमाडौं महानगर
काठमाडौं महानगरपालिकाले २६४ ठाउँमा बस बिसौनी निर्माण गर्ने योजना बनाएको छ ।
सङ्घीय सरकारविरुद्धको रिट निवेदन संवैधानिक इजलासमा
सङ्घीय सरकारविरुद्ध बागमती प्रदेश सरकारले दायर गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ ।