सङ्घीयताका समस्या समाधान हुँदै
सरकारले अन्तरतह समन्वय र सहजीकरण गरी सङ्घीयता कार्यान्वयनमा देखिएका समस्याको समाधान गर्ने कार्यलाई तीव्रता दिन थालेको छ ।
‘नयाँ सत्ता समीकरणले जनतामा आशा जगाएको छ’
नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सत्ता समीकरणमा आएको परिवर्तनलाई सकारात्मकरूपमा लिएको जनाएको छ । एमालेको आजको सचिवालय बैठकले पछिल्लो सत्ता समीकरणबाट राजनीतिक स्थायित्व कायम राख्न र जनतामा आशा जगाउन फलदायी हुने निष्कर्ष निकालेको हो ।
तराईबाट २० हजार लिटर दूध खरिद गरिँदै
हेटौँडा दुग्ध वितरण आयोजनाले तराईका जिल्लाबाट अहिले दैनिक करिब २० हजार लिटर दूध सङ्कलन गर्ने गरेको छ । सङ्कलित दूधमध्ये विराटनगरमा धुलो दूध उत्पादनका लागि दैनिक १२ हजार लिटर र हेटौँडा दूध विकास बोर्डलाई छ हजार लिटर गरी कूल १६ हजार लिटर दूध पठाउने गरेको आयोजनाले जनाएको छ ।
लेखनलाई अझ सशक्त बनाउन आग्रह
नेपाली साहित्यमा महिला लेखनले सामाजिक विसङ्गतिका विषय वस्तुलाई अझ सशक्तरुपमा प्रस्तुत गर्नुपर्नेमा जोड दिइएको छ ।
अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला (फोटो फिचर)
१२ औँ अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला २०८० आयोजना गरिएको छ। नेपाली लोक संस्कृतिको संरक्षण र संवर्द्धन गर्ने उद्देश्यले एभरेष्ट नेपाल कल्चर ग्रुपले शुक्रबार काठमाडौँको वसन्तपुर झोछेमा मेलाको आयोजना गरेको हो।
बोलेरो दुर्घटना हुँदा १२ जना घाइते
सिन्धुली जिल्लाको दुधौली नगरपालिका-१ हत्पतेडाँडास्थित गागन-लङ्गुरखोला भित्री सडकमा बोलेरो दुर्घटना हुँदा १२ जना दर्शनार्थी घाइते भएका छन् ।
महिला अधिकारका लागि छुट्टै निकाय स्थापना हुन्छ: मन्त्री चौधरी
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले महिला अधिकारको क्षेत्रमा काम गर्न छुट्टै संस्था बनाउने बताउनुभएको छ ।
चार लाखले गरे पशुपतिनाथको दर्शन
महाशिवरात्रिका अवसरमा आज चार लाख बढी भक्तजनले पशुपतिनाथको दर्शन एवम् पूजाअर्चना गरेका छन् । बिहान २ बजेदेखि नै पाशुपत क्षेत्रमा दर्शनार्थीको घुइँचो लागेको छ ।
फर्निचर कारखानामा लागेको आगो नियन्त्रणमा
काठमाडौँ गुह्येश्वरी एक फर्निचर कारखानामा लागेको आगो नियन्त्रणमा आएको छ । महानगरीय प्रहरी परिसर गौशाला प्रहरीका अनुसार फर्निचर कारखानामा दिउँसो २ बजेदेखि आगलागी भएको थियो ।
काठमाडौँ महानगरमा कुष्ठरोगका एक सय १० बिरामी
काठमाडौँ महानगरपालिकाभित्र कुष्ठरोगका एक सय १० बिरामी फेला परेका छन् । स्वास्थ्य सेवा विभाग, इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखाअन्तर्गत कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन शाखाले विभिन्न सरकारी तथा गैरसरकारी संस्थासँगको सहकार्यमा गरेको अध्ययनमा आव २०७९/८० मा महानगरभित्र मात्र एक सय १० कुष्ठरोगका बिरामी फेला पारेका हुन् ।
तस्बिरमा २६१ औँ सेना दिवस
सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले आफ्नो स्थापनाको २६१ औँ वार्षिकोत्सव शुक्रबार काठमाडौंसहित मुलुकभर मनाएको छ।
उत्कृष्ट खेलाडीलाई मेडल तथा ट्रफी प्रदान
नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा एमाले खेलकुद विभाग प्रमुख कर्णबहादुर थापाले स्ववियूले गरेको रचनात्मक कामका प्रशंसा गर्दै गतिविधिलाई निरन्तरता दिन आग्रह गर्नुभएको छ ।
सिन्धुलीमा खानेपानीको समस्या
सुख्खा मौसम सुरु भएसँगै सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुलीमाढीमा खानेपानीको समस्या भएको छ । सुख्खा मौसमका कारण मुहानमा नै खानेपानीको स्रोत घट्दै गएपछि समस्या भएको उपभोक्ता बताउँछन् ।
सरकारमा सहभागी हुन अन्य राजनीतिक दललाई एमालेको आग्रह
सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) ले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी हुन अन्य राजनीतिक दलहरूलाई पनि आग्रह गरेको छ ।
नेपाली महिला आन्दोलनको विकास : सम्भावना र चुनौती
जनसङ्ख्याको आधा हिस्सा ओगट्ने महिलाहरू समाजको अस्तित्व, गति र रूपान्तरणका समान साझेदार हुन् । सामाजिक विकासको कुनै अवस्थामा समाजको चरित्र मातृसत्तात्मक थियो । परिवार र समाजको अगुवाइ महिलाहरुले नै गर्दथे ।
महिलाका संवैधानिक अधिकार सुनिश्चित गर्नुपर्ने
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकको विकासका लागि महिलाका संवैधानिक अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभएको छ ।
विभेद हटाउन तीनै तहका सरकार क्रियाशील हुन आवश्यक
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले महिला र पुरुषका बिचमा विद्यमान आर्थिक, सामाजिक तथा सांस्कृतिक विभेद हटाउनेतर्फ तीनै तहका सरकार क्रियाशील हुन आवश्यक रहेकोमा जोडदिनुभएको छ ।
चाडपर्वबाट एकता र मेलमिलापको आधार बन्ने
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले चाडपर्वका माध्यमबाट सामूहिक भावनालाई अझ विकसित गर्दै सबैमा एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पुग्ने बताउनुभएको छ ।
‘महिला सशक्तीकरणका लागि नीतिगत व्यवस्था छ’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिलाको हक, हित र अधिकारको संरक्षण एवं प्रवर्द्धन, महिला सहभागिता, सशक्तीकरण र समानताको लागि सरकारले नीतिगत, कानुनी तथा संस्थागत व्यवस्था गरेको बताउनुभएको छ ।
नेकपा एमालेको सचिवालय बैठक जारी
सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक जारी छ । शुक्रवार बिहान साढे ९ बजेबाट पार्टी केन्द्रीय कार्यालय च्यासलमा एमालेको सचिवालय बैठक सुरु भएको हो ।
महिलामाथि हुने भेदभाव हटाउन सबै लाग्नुपर्छ
महिलामाथि हुने विभेद आपसी सहकार्यबाट तोड्न सबै लागि पर्नुपर्ने बताउनुभएको छ । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा प्रतिनिधि सभा सदस्य एवं कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति डा. आरजु राणा देउवाले यस्तो बताउनु भएको हो ।
युवालक्षित वृत्ति मार्गनिर्देशन सेवा सुरु
विद्यार्थी तथा युवालाई उनीहरूको रुचि र खुबीका आधारमा भविष्यमा अध्ययन गर्ने विषय तथा रोजगारीका सम्भावनाका बारेमा जानकारी दिने उद्देश्यले बागमती प्रदेशमा ‘वृत्ति मार्गनिर्देशन सेवा’ को सुरुवात गरिएको छ । बागमती प्रदेश सामाजिक विकासमन्त्री कुमारी मोक्तान र नेपालका लागि स्विट्जरल्यान्डका राजदूत डा. डेनियल मेउलीले धुलिखेलमा एक कार्यव्रmमका बिच वृत्ति मार्गनिर्देशक सेवाको शुभारम्भ गर्नुभएको हो ।
आज ११४औैँ अन्तर्राष्ट्रिय महिला दिवस
आज ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवस विविध कार्यक्रम आयोजना गरेर मनाइँदै छ । विश्व महिला आन्दोलनको आधुनिक अभियान सन् १९१० मार्च ८ तारिखबाट सुरु भएसँगै हरेक वर्ष श्रमिक महिलाका अधिकार स्थापित गर्ने उद्देश्यसहित अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै आइएको छ ।
गोरखापत्रकर्मी खतिवडा सहित ३० जना महिला सम्मानित
चन्द्रलोक प्रतिष्ठानले ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा समाजमा विभिन्न क्षेत्रमा योगदान पुर्याउनुभएका महिलालाई सम्मान गरेको छ ।