महानगरको स्वर्णिम योजना सम्पन्नपछि राजधानीको मुहार फेरिन्छ : उपप्रमुख
काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनीता डङ्गोलले महानगरले ल्याएका १० गौरव र २५ स्वर्णिम योजनाहरु सम्पन्न भएसँगै सङ्घीय राजधानीको मुहार फेरिने दाबी गर्नुभएको छ ।
राष्ट्रिय हितलाई केन्द्रमा राखेर काम गर्ने सचिव लम्सालको प्रतिबद्धता
नवनियुक्त परराष्ट्र सचिव सेवा लम्सालले देशको राष्ट्रिय हितलाई केन्द्रमा राखेर सन्तुलित परराष्ट्र नीति कार्यान्वयनमा निष्ठापूर्वक लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
बीमा प्राधिकरणले काम गर्ने प्रक्रियामा परिवर्तन गर्न आवश्यक : अर्थमन्त्री
अर्थमन्त्री डा.प्रकाशशरण महतले बीमा प्राधिकरणले काम गर्ने प्रक्रियामा धेरै परिर्वतन गर्न आवश्यक रहेको बताउनुभएको छ ।
नवराजका बुवा धन्यवाद दिन काठमाडौंमा
जाजरकोट भेरी नगरपालिका–४ का मुनलाल नेपाली छोरा नवराज विकको न्यायका लागि पैरवी र सहयोग गर्नेलाई धन्यवाद दिन काठमाडौं आउनु भएको छ ।
तस्बिरमा २९ औं महानगर दिवस
शुक्रबार काठमाडौंको टुँडिखेलमा एक समारोहको आयोजना गरी महानगर दिवस मनाइएको हो ।
गुणस्तर वृद्धि गरी नेपाललाई शैक्षिक ‘हब’ बनाउन सकिन्छ : मन्त्री गुरुङ
कानुन, न्याय तथा संसदयि मामिलामन्त्री धनराज गुरुङले उच्च शिक्षाका लागि नेपाली युवा विदेशिने क्रम रोकेर नेपालमा विदेश विद्यार्थी आउन सक्ने गरी नेपाललाई शैक्षिक ‘हब’ बनाउनुपर्ने बताउनुभएको छ ।
काठमाडौंमा फोहोरको दिगो व्यवस्थापन हुन्छ : प्रमुख साह
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले काठमाडौं उपत्यकाको फोहोरकाे दीर्घकालीन व्यवस्थापन गर्नका लागि आवश्यक सहयोग गर्न प्रधानमन्त्रीसँग आग्रह गर्नुभएको छ ।
संविधानले तीनै तहको सरकारको प्रष्ट व्यवस्था गरेको छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको संविधानले सहकारिता र सहअस्तित्वको आधारमा तीन तहको सरकारको प्रष्ट व्यवस्था गरेको बताउनुभएको छ ।
जुनार बेच्न भ्याइनभ्याइ
रामेछाप, मङ्सिर २९ गते । रामेछाप नगरपालिका–६ ओख्रेनीका शेरबहादुर तामाङलाई जुनार बेच्न भ्याइनभ्याइ छ । जुनार खरिद गर्न व्यापारी र सर्वसाधारण बारीमै आउने गरेका उहाँले बताउनुभयो । तामाङले भन्नुभयो– “बजारको समस्या छैन ।” व्यापारीले गत वर्ष नै खरिदका लागि रकम दिएका उहाँको भनाइ छ । जुनारको जुस बनाउने व्यापारीले पनि किसानसँग सोझै सम्पर्क गर्ने गरेका छन । धेरैजसो व्यापारी बगैँचामै आएर खरिद गरेर लैजान्छन् । मागअनुसार जुनार उपलब्ध गराउन नसकिएको तामाङको भनाइ छ । सुन्तला बगैँचाबाटै प्रतिकिलो रु. एक सय र जुनार प्रतिकिलो रु. ५० देखि रु ६० सम्ममा बिक्री हुने गरेको छ । पहेंलपुर बगैँचा अवलोकन गर्न विभिन्न समूह तथा संस्था एवं विद्यालयका विद्यार्थी आउने गरेका तामाङले बताउनुभयो । रामेछापमा विगत वर्षभन्दा यस वर्ष जुनारको उत्पादन बढेको छ । यसअघि प्रतिहेक्टर २० मेट्रिक टन उत्पादन हुने गरेकामा यस वर्ष प्रतिहेक्टर ३० मेट्रिक टनका दरले उत्पादन बढेको हो । जिल्लामा विगत वर्षको तुलनामा यस वर्ष जुनार उत्पादन बढ्नुको कारण बेलैमा रोग किरा नियन्त्रण गर्नु र प्राविधिक सहयोग प्राप्त हुनु हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले रामेछाप नगरपालिकामा जुनार जोनका रुपमा विभिन्न कार्यक्रम सञ्चालन गरेका कारण उत्पादन वृद्धि भएको कृषक बताउँछन् । जुनार किलोका हिसाबले भन्दा पनि बगैँचामा फलेका आधारमा बिक्री गर्ने गरिएको तामाङले बताउनुभयो । अमिलो जातको फलफूलमा पर्ने जुनारको यो वर्ष उत्पादनसँगै बजार मूल्य पनि बढेको छ । गत वर्ष जुनार बगैँचाबाट प्रतिकिलो रु. ३० देखि रु ४० मा बिक्री हुने गरेको थियो । केही वर्ष यहाँको जुनारमा फल कुहाउने आसा किराको प्रकोपका कारण बगैँचामा पाक्ने समयसम्म जुनार झरेर नास हुने गरेको थियो । थोरै बाँकी रहे पनि त्यसमा किरा भेटिन्थे । यस पटक भने त्यस्तो नभएको कृषक लालबहादुर तामाङले बताउनुभयो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख थिरलाल गैरेका अनुसार यस वर्ष रामेछापमा जुनारको उत्पादन ह्वात्तै बढेको छ । उहाँका अनुसार प्रतिहेक्टर ३० मेट्रिक टनसम्म उत्पादन पुगेको छ । यो उत्पादन अहिलेसम्मकै उच्च हो । कम स्याहार भएका बगैँचामा पनि प्रतिहेक्टर २० मेट्रिक टन उत्पादन हुने गरेको पाइएको छ । उक्त परियोजना र रामेछाप नगरपालिकाको सहयोगमा जुनार मुख्य उत्पादन हुने क्षेत्र सुकाजोर, ओख्रेनी, रामेछाप, रामपुरलगायतको क्षेत्रमा अभियानको रुपमा विषादी छर्ने काम गरेकाले किसानको बगैँचामा पर्याप्त जुनार फलेको पनि प्रमुख गैरेले बताउनुभयो । अघिल्ला वर्षमा बोटमा भन्दा भुइमा बढी झर्ने गरेको जुनार यस वर्ष र अघिल्लो वर्ष गरी दुई वर्ष औँसाले फल कुहाएर झारेको नदेखिएको प्रमुख गैरेले बताउनुभयो । फल कुहाउने औँसाबाट जुनार जोगाउनका लािग १० पटकसम्म विषादी छरेको उहाँको भनाइ छ । जुनार जोगाउन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले मागे जति विषादी उपलब्ध गराएको थियो भने रामेछाप नगरपालिकाले जनशक्ति उपलब्ध गराएको थियो । रामेछाप नगरापालिकामा मात्र हैन मन्थली नगरपालिका र दोरम्बा शैलुङ गाउँपालिकाको जुनार हुने क्षेत्रमा पनि रोगकिरा नियन्त्रण भएका कारण पर्याप्त जुनार फलेका छन् । विगतका वर्षहरुमा जस्तो अवस्थामा जुनार देखिएको थियो त्यो अवस्थाका यस वर्ष नभएको कृषक हिमाल तामाङ बताउनुहुन्छ । रामेछापको ओख्रेनी र सुकाजोरका बगैँचामा जुनार पाकेर पहेँलपुर देखिन थालेका छन् । कृषि ज्ञान केन्द्र रामेछापका अनुसार जिल्लामा सात सय २१ हेक्टर जमिनमा जुनार खेती गरिएको छ । गत वर्ष १५ हजार मेट्रिक टन उत्पादन भएकोमा य वर्ष भने १८ हजार मेट्रिक टन पुग्ने अनुमान गरिएको छ । जिल्लाको रामेछाप, रामपुर , सुकाजोर ओखे्रनी, फुलासी सालु, भलुवाजोर, हिमगंगा, लखनपुरलगायतका क्षेत्रमा जुनारको व्यावसायिक उत्पादन हुने गरेको छ । कृषि ज्ञान केन्द्र रामेछापका प्रमुख मीनबहादुर पुन जिल्लामा कृषिउपज र फलफूलको यकिन तथ्याङ्क सङ्कलन गर्ने काम भइरहेको बताउनुहुन्छ । रासस
मेलम्चीको पानी उपत्यका आउने टुङ्गो छैन
काठमाडौंवासीले वर्षाैंपछि मेलम्ची खानेपानीको स्वाद चाख्न पाए पनि बाढी,पहिरो जस्ता प्राकृतिक प्रकोपका कारण फेरी अन्यौलता बढाएको छ । प्राकृतिक प्रकोपसँगै सरकारी बेवास्ताका कारण पनि मेलम्चीको पानी काठमाडौैंमा आउन सकेको छैन ।
कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
दिउँसो १२ः१५ बजे ललितपुरको सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्ने उक्त बैठकमा महासमिति बैठक तयारी, जाजरकोट भूकम्प, समसामयिक राजनीतिकलगायत विषयमा छलफल हुने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
पूर्वी मकवानपुर र काठमाडौँ नजिकिँदै
मकवानपुरको पूर्वी गाउँपालिका बकैया गाउँपालिका–४ र ११ जोड्ने सडक स्तरोन्नति सुरु गरिएको छ । हेटौँडा–धरान–चतरा सडकखण्ड र कान्ति लोकपथलाई जोड्ने गरी गाउँपालिकाले ट्र्याक निर्माण गरेको उक्त सडकखण्डको स्तरोन्नतिको काम बागमती प्रदेश सरकार र गाउँपालिकाको बजेटमा दुई खण्डमा गरी सुरु गरिएको हो ।
बालिका बलात्कार घटना वृद्धि
चितवन जिल्लामा तीन वर्षयता मानव अधिकार उल्लङ्घन घटनाको दर्तामा कमी आएको पाइएको छ । मानव अधिकारसम्बन्धी काम गर्दै आएको संस्था अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले बिहीबार भरतपुरमा सार्वजनिक गरेको तथ्याङ्कमा समग्र घटनाको दर्ता सङ्ख्यामा कमी आएको जानकारी दिइएको छ ।
चितवन कारागारमा एक सय कैदीबन्दी बिरामी
जिल्ला कारागार कार्यालय चितवनमा रहेका एक सय ११ कैदीबन्दी बिरामी भएको पाइएको छ । उनीहरु विभिन्न रोगबाट पीडित छन् ।
नेपाल भाषाको म्युजिक भिडियो सार्वजनिक
नेपालभाषाको म्युजिक भिडियो एल्बम ‘असं बजाः मंगः बजाः’ बिहीबार कीर्तिपुर पाँगामा सार्वजनिक गरिएको छ ।
रैथाने बाली उत्पादनमा जोड दिऔँ : अर्थमन्त्री डा. महत
अर्थमन्त्री डा. प्रकाशशरण महतले रैथाने बालीको उत्पादन र जोड दिन आग्रह गर्नुभयो ।
'अदालतकै निर्णय कार्यान्वयन नहुने देशमा अनागरिक बनेको छु'
करिब ५७ वर्ष अघि काठमाडौँ आएर मजदुरी गरी बस्नुभएकी सानुमाया क्षेत्रीले ७० वर्षको उमेरमा पनि नागरिकता पाउनुभएको छैन । पारिवारिक समस्याका कारण राजधानीमा आएर आफैँ गरी खान्छु भन्ने अठोट लिएर करिब १३ वर्षको उमेरमा काभ्रेबाट राजधानी छिरेको धमिलो सम्झना मात्र छ, उहाँसँग ।
ओहोदाको प्रमाणपत्र प्रस्तुत
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष श्रीलङ्का, पनामा र बेल्जियमका राजदूतहरूले ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ । राष्ट्रपति भवनमा आज बेग्ला-बेग्लै आयोजित विशेष समारोहमा उहाँहरूले आ-आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको हो ।
चौध किलो सुन प्रकरणमा अहिलेसम्म पाँच पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यही मङ्सिर २१ गते राति बरामद गरिएको १४ किलो सुन प्रकरणमा हालसम्म पाँच जना पक्राउ परेका छन् ।
‘म्याचुरेटी’ गर्दै औषधि व्यवस्था विभाग
औषधि व्यवस्था विभागले कामको विश्वसनीयताको लागि ‘म्याचुरेटी’ (परिपक्कता) को तीन तहमा पुग्ने तयारी थालेको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले तोकेको मानाङ्कअनुसार विभाग परिपक्कताको तीन तहमा पुग्ने तयारी गरेको हो ।
संविधानले उपलब्ध गराएका अधिकार जनताले महसुस गर्न पाउनुपर्छ : उपसभामुख
उपसभामुख इन्दिरा रानाले संविधानले दिएको अधिकारहरू जनताले महसुस गर्न पाउनुपर्ने बताउनुभएको छ ।
सङ्घीय संसद्लाई माग गरेजति नै बजेट दिनुपर्छ : अध्यक्ष तिमिल्सिना
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आगामी दिनमा सङ्घीय संसद्ले माग गरे बमोजिमको बजेट विनियोजन हुनुपर्ने बताउनुभएको छ ।
चार महिनामा भित्रियो चार खर्ब ७७ अर्ब रेमिट्यान्स
चालू आर्थिक वर्षको पहिलो चार महिना अर्थात् साउनदेखि कात्तिकसम्म चार खर्ब ७७ अर्ब ९६ करोड रुपियाँ रेमिट्यान्स भित्रिएको छ ।
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा भर्खरै बैठक सुरु भएको हो ।