• २२ वैशाख २०८१, शनिबार

तस्बिरमा २९ औं महानगर दिवस

blog

आफ्नो सांस्कृतिक नृत्य प्रस्तुत गर्दै नेवार समुदाय । तस्बिर: केशब गुरुङ

काठटमाडौं, मङ्सिर २९ गते । काठमाडौं महानगरपालिकाले २९औं महानगर दिवस मनाएको छ । शुक्रबार काठमाडौंको टुँडिखेलमा एक समारोहको आयोजना गरी महानगर दिवस मनाइएको हो । 

हरेक वर्ष मङ्सिर २९ गतेका दिन महानगरले महानगर दिवसकाे रुपमा कार्यक्रमको आयोजना गर्दै आएको छ। कार्यक्रममा महानगरमा भएको दमकल, गाडी, सरसफाइ गर्ने मेसिन तथा विभिन्न सांस्कृतिक झाँकी र्‍यालीको पनि प्रदर्शन गरिनुका साथै विभिन्न व्यक्तिलाई सम्मान गरेको थियो । 

कार्यक्रममा प्रमुख अतिथिका रूपमा प्रधानमन्त्री प्रचण्डसहित सांसद, महानगर प्रमुख, उपप्रमुख, प्रधानसेनापति, प्रहरी, खेलाडीलगायत सर्वसाधारणको उपस्थिति थियो। 



Author
केशब गुरुङ

केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।