महानगर प्रमुख दाहाल र बेलायतका उपसभामुख भेटवार्ता
भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले संयुक्त अधिराज्य बेलायतको हाउस अफ कमन्सका उपसभामुख निजेल इभान्ससँग भेटवार्ता गर्नुभएको छ ।
छ मन्त्रालयको कार्यभार मुख्यमन्त्री जम्कट्टेललाई
बागमती प्रदेश सरकारबाट नेपाली कांग्रेस अलग्गिएसँगै कांग्रेसका मन्त्रीहरूले सम्हाल्दै आएको मन्त्रालयको जिम्मेवारीसमेत मुख्यमन्त्री शालिकराम जम्कट्टेलमा आएको छ ।
बागमती सरकारको ३४ प्रतिशतभन्दा कम आम्दानी
बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०/०८१ को माघ महिना सकिँदा करिब एक तिहाइ मात्र आम्दानी भएको छ ।
प्रेरणादायी महिला पौडेल र सुनुवार सम्मानित
माइती नेपालले ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवसमा प्रेरणादायी कार्य गर्ने मेनुका पौडेल र रत्नकुमारी सुनुवारलाई सम्मानित गरेको छ ।
मकैको खोस्टाबाट सजावटका सामान बनाउने तालिम
उद्योग तथा वाणिज्य कार्यालय दोलखाको आयोजना तथा जनहित चित्रेश्वर बहुउद्देश्यीय सहकारी संस्था लिको सहजीकरणमा चरिकोटमा आयोजना गरिएको १० दिने तालिम सम्पन्न भएको छ ।
महिला हिंसा अन्त्यका लागि तीनै तहका सरकारसँग मिलेर काम गरिरहेका छौँ
मुलुकमा महिला अधिकारको संरक्षण, संवद्र्धन र नीतिगत वकालतका लागि गठित राष्ट्रिय महिला आयोगले महिला, अपाङ्गता भएका महिला, बालिका, यौनिक तथा अल्पसङ्ख्यकका अधिकारका विषय सम्बोधन गर्न पहल गर्दै आएको छ ।
प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसदअन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ । बिहीबार बिहान ११ बजेबाट सुरु भएको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने लगायतका कार्यसूची रहेको छ ।
२० लाख बालबालिकाले दादुराको खोप लगाए
बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमका अनुसार कुल ५७ लाख ४२ हजार नौ सय ९३ बालबालिकामध्ये प्रारम्भिक चरणमा अहिलेसम्म करिब २० लाखले खोप लगाएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले संसदमा सम्बोधन गर्ने
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै हुनुहुन्छ । प्रधानमन्त्री प्रचण्डले बिहीबारको प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्न लाग्नु भएको उहाँको सचिवालयले जनाएको छ ।
कीर्तिपुर नगरपालिका–१ का वडाअध्यक्षको निधन
कीर्तिपुर नगरपालिका वडा नं. १ का अध्यक्ष हिरालाल महर्जनको निधन भएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद बासकोटाका अनुसार महर्जनको बिहीबार असामयिक निधन भएको हो ।
नवगठित मन्त्रिपरिषद् बैठक : यी हुन दुई निर्णय
नवगठित मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सम्पन्न भएको छ। नेकपा एमाले सहितको समर्थनमा बनेको नयाँ गठबन्धनको मन्त्री परिषद्को पहिलो बैठक आज बिहान बसेको हो ।
काँग्रेस संसदीय दलको बैठक बस्दै
आज काँग्रेस संसदीय दलको बैठक बस्दैछ । बैठक आज बिहान ९ बजे संसद भवनस्थित ल्होत्से हलमा बस्नेछ । बैठकमा संसदमा प्रश्तुत हुने बारेमा सांसदहरुलाई प्रशिक्षण दिइनेछ ।
आज प्रतिनिधि र राष्ट्रिय सभा बैठक बस्दै
आज प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दै छ । राष्ट्रिय सभाको बैठक बिहान ११ बजेका लागि तय भएको छ भने राष्ट्रिय सभाको बैठक अपराह्न १ः१७ बजे बस्ने गरी तय भएको छ ।
काठमाडौँको सुरक्षा थप चुस्त पार्न ‘जिपीएस’सहित ‘इ–क्यूआरटी’ परिचालित
काठमाडौँ उपत्यकामा थप शान्ति, सुरक्षा सुदृढ बनाउन, अपराध नियन्त्रण एवं न्यूनीकरणका लागि जिपीएस प्रणालीसहित इलेक्ट्रोनिक्स क्वीक रेस्पोन्स टिम (इ–क्यूआरटी’ परिचालन गर्न सुरुआत गरिएको छ ।
चीनको आर्थिक विकासले नेपाललाई पनि फाइदा पुग्छ : विज्ञ
छिमेकी मुलुक चीनले गरेको आर्थिक विकासले नेपाललगायतका छिमेकी मुलुकलाई फाइदा पुग्नसक्ने बताइएको छ । चाइना मिडिया गुप्रको आयोजना तथा नेपाल–चीन युवामैत्री सङ्घको सहआयोजनामा बुधबार यहाँ आयोजित ‘चीनको आर्थिक विकास र छिमेकी देशका लागि नयाँ अवसर’ विषयक अन्तक्र्रियामा वक्ताहरूले चीनको आर्थिक विकासले अन्य छिमेकी मुलुकलाई फाइदा पुग्ने बताएका हुन् ।
निर्माणाधीन ग्वार्को फ्लाइओभर : भराउनुपर्ने जरिवाना, दिन खोजिँदै छ क्षतिपूर्ति
ग्वार्कोमा निर्माणाधीन आकासे मार्ग (फ्लाइओभर ग्रेट सेपरेटेड इन्टर्सेक्सन) को ठेकेदार कम्पनीबाट हर्जना तिराउनुपर्नेमा उल्टै क्षतिपूर्ति दिन चलखेल भएको छ । सम्झौता अनुसार निर्धारित समयमा काम सम्पन्न नहुने भएपछि निर्माणको जिम्मा पाएका ठेकेदार कम्पनीले जरिवाना तिर्नुपर्नेमा सडक विभागले उल्टै ठेकेदार कम्पनीलाई नै क्षतिपूर्ति दिने देखिएको छ । त्यसका लागि ठेकेदार कम्पनीले क्षतिपूर्ति माग गर्दै सडक विभागमा निवेदन पनि दिइसकेको छ । आरसी, समानान्तर र रेलिग्रे (संयुक्त) निर्माण कम्पनीले सो फ्लाइओभर निर्माणको जिम्मा पाएको हो ।
सात महिला चलचित्रकर्मी सम्मानित
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाली चलचित्रमा योगदान पुर्याउनुभएका महिला चलचित्रकर्मीलाई सम्मान गर्नुभएको छ । अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा चलचित्र विकास बोर्डद्वारा बुधबार आयोजित कार्यक्रममा सम्मानित हुनुहुनेमा अभिनेत्री केकी अधिकारी, प्रियङ्का कार्की, सरिता लामिछाने, निर्देशक रेनाशा वान्तवा राई, प्राविधिक ऋतु राना, द्वन्द्व निर्देशक किरण दाहाल हुनुहुन्छ । उहाँहरुलाई जनही नगद रु २५ हजारसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।
खेलकुद क्षेत्रको विकास गर्ने: खेलकुद मन्त्री श्रेष्ठ
नवनियुक्त युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले युवा तथा खेलकुद क्षेत्रको विकासका लागि आफू सक्रिय भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । मन्त्री श्रेष्ठले आज खेलकुद मन्त्रालयमा पदभार ग्रहण गर्दै खेलकुद राष्ट्रको प्रतिष्ठासँग जोडिएका विषय भएकाले यस क्षेत्रलाई अन्तर्राष्ट्रिय जगतसम्म पु¥याउन सक्दो प्रयास गर्ने बताउनुभयो ।
मन्त्री अधिकारीद्वारा पदबहालीः भूमि व्यवस्था र सहकारी क्षेत्रमा सुधार गर्छु
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमि व्यवस्था तथा सहकारीको क्षेत्रमा आफूले सुधार गर्न अधितम प्रयास गर्ने बताउनुभएको छ ।
छिमेकी राष्ट्रसँगको सम्बन्धलाई प्राथमिकतामा राखेर काम गर्न सरकार प्रतिबद्ध: उपप्रधानमन्त्री श्रेष्ठ
नवनियुक्त उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले छिमेकी राष्ट्रसँगको सम्बन्धलाई अझ सुदृढ बनाउने विषय सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ ।
इयूले लगाएको उडान प्रतिबन्ध हटाउँछौँः पर्यटनमन्त्री तामाङ
नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नेपालको हवाई क्षेत्रलाई युरोपेली सङ्घ ९इयू०ले लगाएको उडान प्रतिबन्ध चाँडै हटाइने विश्वास व्यक्त गर्नुभएको छ ।
सङ्घीयता कार्यान्वयका लागि आवश्यक कानुन बनाउँछु: कानुन मन्त्री गिरी
नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले नेपालको संविधान तथा सङ्घीयता कार्यान्वयनका लागि आवश्यकपर्ने कानुनहरू निर्माण गर्ने बताउनुभएको छ ।
मन्त्रालयको कामलाई परिणाममुखी बनाउनुपर्छः खानेपानीमन्त्री राई
नवनियुक्त खानेपानीमन्त्री राजेन्द्रकुमार राईले मन्त्रालयको कामलाई परिणाममुखी र प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ । खानेपानी मन्त्रालयमा पदबहालीपछि कर्मचारीलाई निर्देशन दिँदै उहाँले राजनीतिक र प्रशासनिक नेतृत्व मिलेर आमजनताले अनुभूति गर्नेगरी काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उमेर घटाउने प्रस्तावले ‘फ्रेस’ जनशक्तिलाई चोट
सरकारले लोक सेवा आयोगको परीक्षा तयारी गरेर बसेका ‘फ्रेस’ जनशक्तिमाथि चोट पुग्ने गरी सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा प्रस्ताव गरेको छ । अहिले निजामती सेवा ऐनमा उल्लिखित लोक सेवा आयोगको परीक्षा दिन पाउने उमेर हदलाई घटाएर निजामती सेवामा नयाँ जनशक्ति आउने सम्भावनालाई खुम्च्याइएको छ ।