अष्ट्रेलियन पर्वतारोही एली पेपरले अक्सिजन बिना अन्नपूर्ण हिमाल चढ्ने
अष्ट्रेलियन पर्वतारोही एली पेपरले अक्सिजन बिना अन्नपूर्ण हिमाल चढ्ने हुनुभएको छ । अष्ट्रेलियन पर्वतारोही पेपरले आज यहाँ पत्रकार सम्मेलन गरी सन् २०२६ भित्र बिनाअक्सिजन विश्वका आठ हजार मिटर अग्ला १४ हिमाल आरोहण गर्ने लक्ष्य लिएको जानकारी दिनुभयो ।
२० लाखको लागतमा कार्यालय भवन निर्माण
पार्टी कार्यकर्ता तथा शुभचिन्तकहरुको आर्थिक सहयोगमा मनमोहन अधिकारी स्मृति भवन निर्माण गरिएको छ । हेटौँडा उपमहानगरपालिका-८ मा एकतले चारकोठाको मनमोहन स्मृति भवन निर्माण भएको हो ।
उपभोक्ताको सुरक्षामा ध्यान दिन औषधी बिक्रेतालाई उपप्रमुखको आग्रह
काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले आम उपभोक्ताको सुरक्षामा ध्यान दिन औषधी बिक्रेताहरूलाई आग्रह गर्नुभएको छ ।
पालुङ गढीलाई पर्यटकीय गन्तव्य बनाइँदै
पर्यटकीय नगरी मकवानपुरको उत्तरी क्षेत्रमा रहेको पालुङ गढीलाई पर्यटकीय गन्तव्य बनाउने पहल थालिएको छ । थाहा नगरपालिका वडा नं. २ मा अवस्थित पालुङ गढीलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न स्थानीय सरकार र स्थानीयवासी जुटेका हुन् ।
नागस्तम्भ निर्माणसँगै काभ्रेको बस्नेत गाउँ धार्मिक पर्यटनस्थल बन्दै
जिल्लाको बनेपा नगरपालिका-५ बस्नेत गाउँलाई धार्मिक पर्यटकीयस्थल बनाउन स्थानीय जुटेका छन् ।
बोलेरोको ठक्करबाट बालक गम्भीर घाइते
ट्राफिक प्रहरीले चलाएको बोलेरोको ठक्करबाट एक बालक गम्भीर घाइते भएका छन् । ट्राफिक प्रहरी भूपाल लामाले चलाउनुभएको बा ७ च ५९६ नम्बरको बोलेरो गाडीको ठक्करबाट बाह्रबिसे नगरपालिका–३ का १३ वर्षीय दोर्जे शेर्पा गम्भीर घाइते हुनुभएको हो ।
एक सय ९९ हप्तादेखि निरन्तर सरसफाइ
काठमाडौँ महानगरपालिका-२६ सामाखुसी सङ्गमटोलदेखि पवित्रनगर चोकसम्म संस्कार समाज नेपालले विगत एक सय ९९ हप्तादेखि निरन्तर सरसफाइ कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।
बागमती प्रदेश सभाको बैठक मङ्गलबार बस्ने
बागमती प्रदेश सभाको चालु अधिवेशन बैठक यही फागुन २९ गते अपराह्न ३ बजे बस्ने भएको छ ।
कवाड खाना जस्तो प्रहरी कार्यालय (फोटो फिचर)
वर्षौँदेखि स्पष्ट रेकर्डसमेत नराखिएका करोडौँ सवारी साधन प्रहरी थानमा थन्किएका छन् । कतिपय सवारीसाधन त उपयोगमा आउने खालका पनि छन् ।
कास्कीको पर्चे केन्द्रबिन्दु भएर भूकम्प
कास्की जिल्लाको पर्चे केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ७ बजेर ३० मिनेट जाँदा पर्चे आसपास केन्द्रबिन्दु भएर चार रेक्टरस्केलको भूकम्प गएको हो ।
दान सङ्कलन गरेर बिन्दाबासिनी मन्दिर निमार्ण
सुनकोसी गाउँपालिका–७ पाङगे्रटारस्थित वसन्तपुरमा सहयोग जुटाएर बिन्दाबासिनी मन्दिर निमार्ण भएको छ । उक्त मन्दिर ३२ लाख बढी लागतमा निमार्ण सम्पन्न भएको निमार्ण समितिका अध्यक्ष शुकदेव तिमल्सिनाले जानकारी दिनुभयो ।
सडक विस्तारमा पाइप र ढल व्यवस्थापनमा समस्या
अरनिको राजमार्गको भक्तपुरदेखि काभ्रेपलाञ्चोकको सदरमुकाम धुलिखेलसम्म सडक विस्तारको कामले गति लिइरहेको छ । सडक काममा काभ्रेपलाञ्चोकको बनेपा र धुलिखेल नगरपालिकामा बिछ्याइएको खानेपानीको पाइप र ढल व्यवस्थापनमा समस्या देखिएको छ ।
आठ हजार बालबालिकालाई खोप
रामेछापका करिब आठ हजार बालबालिकाले दादुरा–रुबेला विरुद्धका खोप लगाएका छन् । रामेछाप जिल्लामा यो अभियान अन्तर्गत ११ हजार ५७९ जना बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाउने लक्ष्य थियो ।
आजको मौसम: कोशी, बागमती र गण्डकीमा आंशिक बदली
कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आज आंशिक बदली रहने छ । अन्य भू–भागको मौसम भने मुख्यतया सफा रहने छ ।
‘वैचारिक मतभेदले कांग्रेससँग सहकार्य टुट्यो’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द आचार्यले राजनीतिक तथा वैचारिक मतभेदका कारण नेपाली कांग्रेससँगको सहकार्य टुटेको बताउनुभएको छ । पछिल्लो राजनीतिक समीकरण भएपछि राजनीतिक वृत्तमा देखिएका विविध पक्षबारे राष्ट्रिय समाचार समिति (रासस) ले गरेको सङ्क्षिप्त कुराकानीमा उहाँले यस्तो बताउनुभएको हो ।
नसर्ने रोगको उपचारमा सहुलियत प्रदान
बागमती प्रदेश सरकारले प्रादेशिक अस्पतालको श-या वृद्धि, प्राविधिक कर्मचारीको दरबन्दी थपलगायतमा कार्य गर्दै स्वास्थ्य सेवामाथिको नागरिकको पहुँच वृद्धिसँगै सहुलियतपूर्ण स्वास्थ्य सेवामा जोड दिएको छ ।
सहकारीको ऋण चुक्ता गर्न आग्रह
समयमै सहकारीको ऋण नतिर्दा बचत फिर्तामा समेत समस्या भएको भन्दै बागमती प्रदेश सरकारले सहकारीबाट लिएको ऋण समयमै चुक्ता गर्न आग्रह गरेको छ ।
किसानलाई भुक्तानी गर्न नसकेको डिडिसी नाफामा
दुध उत्पादन गर्ने किसानलाई लामो समयदेखि भुक्तानी नदिएको दुग्ध विकास संस्थान (डिडिसी) यो चालु आर्थिक वर्षमा नाफा कमाएको छ । प्राप्त विवरण अनुसार छ वर्षदेखि घाटामा रहेको डिडिसी यो चालु आव २०८०/८१ को छ महिनामा नाफामा गएको देखिन्छ ।
‘नेपाललाई औषधीमा आत्मनिर्भर बनाउन सरकार सकारात्मक’
नेपाली औषधी उद्योगलाई प्रवर्धन गर्ने उद्देश्यसहित ‘नवौँ फर्मा एक्स्पो’ चितवनमा सुरु भएको छ । नेपाल औषधी उत्पादक सङ्घ (एपोन) को आयोजनामा भरतपुरमा तीन दिनसम्म सञ्चालन हुने उक्त एक्स्पोमा देश विदेशका गरी १८० वटा औषधी उद्योग, औषधी उपकरण तथा स्वास्थ्य विज्ञानसम्बन्धी स्टलहरू प्रदर्शन गरिएको छ ।
वैदेशिक रोजगारका श्रमिकको परिवारलाई जोड्ने तयारी
सामाजिक सुरक्षा कोषले श्रम स्वीकृति लिएर विदेश गएका श्रमिकका परिवारलाई जोड्ने गरी तयारी गरेको छ । वैदेशिक रोजगारीमा श्रम स्वीकृति लिएर जानेलाई सामाजिक सुरक्षा आबद्धता अनिवार्य गरिएकाले पहिलो पटक गरेर विदेश जाने सबै भए पनि यसलाई निरन्तरता दिने असाध्यै कम भएपछि अबदेखि परिवारलाई जोडेपछि निरन्तरता हुने भन्दै यस्तो तयारी गरेको हो ।
स्थानीय तहका छब्बिस पदमा उपनिर्वाचन
स्थानीय तहका २६ पदमा उपनिर्वाचन गर्नुपर्ने देखिएको छ । पछिल्लो पटक थप तीन जना वडाध्यक्षको निधन भएपछि स्थानीय तहमा उपनिर्वाचन गर्नुपर्ने पदको सङ्ख्या २६ पुगेको हो ।
सङ्घीयताका समस्या समाधान हुँदै
सरकारले अन्तरतह समन्वय र सहजीकरण गरी सङ्घीयता कार्यान्वयनमा देखिएका समस्याको समाधान गर्ने कार्यलाई तीव्रता दिन थालेको छ ।
‘नयाँ सत्ता समीकरणले जनतामा आशा जगाएको छ’
नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सत्ता समीकरणमा आएको परिवर्तनलाई सकारात्मकरूपमा लिएको जनाएको छ । एमालेको आजको सचिवालय बैठकले पछिल्लो सत्ता समीकरणबाट राजनीतिक स्थायित्व कायम राख्न र जनतामा आशा जगाउन फलदायी हुने निष्कर्ष निकालेको हो ।
तराईबाट २० हजार लिटर दूध खरिद गरिँदै
हेटौँडा दुग्ध वितरण आयोजनाले तराईका जिल्लाबाट अहिले दैनिक करिब २० हजार लिटर दूध सङ्कलन गर्ने गरेको छ । सङ्कलित दूधमध्ये विराटनगरमा धुलो दूध उत्पादनका लागि दैनिक १२ हजार लिटर र हेटौँडा दूध विकास बोर्डलाई छ हजार लिटर गरी कूल १६ हजार लिटर दूध पठाउने गरेको आयोजनाले जनाएको छ ।