प्रभावकारी बन्दै छ ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम
सिन्धुली जिल्लाका सामुदायिक माध्यमिक विद्यालयहरूमा बागमती प्रदेश सरकारले सञ्चालन गरेको ‘एक विद्यालय, एक नर्स कार्यक्रम’ प्रभावकारी बन्दै गएको छ । प्रदेश सरकारले विद्यालमै नर्स पठाएर स्वास्थ्य सेवा दिएसँगै विद्यार्थी सामान्य स्वास्थ्य जाँच र औषधीका लागि अन्यत्र जानुपर्ने बाध्यताबाट मुक्त भएका छन् । विद्यालयमै सामान्य स्वास्थ्य सेवासहित पढ्न पाउँदा विद्यार्थी पनि खुसी देखिन्छन् ।
यौन दुर्व्यवहारको आरोपमा शिक्षक पक्राउ
लिखुतामाकोशी गाउँपालिका –७ मा रहेको नवदर्शन माध्यमिक विद्यालयका शिक्षक मानबहादुर सार्की यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका छन् ।
अब सरकारले गति लिन्छ : उपमहासचिव पुन
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन ‘अनन्त’ ले सुशासन, समृद्धि र सामाजिक न्यायको एजेन्डासहित वर्तमान सरकार अगाडि बढेको बताउनुभएको छ ।
काठमाडौँ महानगरद्वारा ‘पुस्तकविहीन शुक्रबार’ मा प्रयोगात्मक शैक्षिक क्रियाकलाप सञ्चालनका लागि आव्हान
काठमाडौँ महानगरपालिकाले ‘पुस्तकविहीन शुक्रबार’ मा प्रयोगात्मक शैक्षिक क्रियाकलाप सञ्चालनका लागि इच्छुक सङ्घसंस्थालाई सूचीकृत हुन आव्हान गरेको छ ।
प्रधानमन्त्री प्रचण्डलाई नागरिक अभिनन्दन गरिने
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ज्यापू संस्कृति विकास कोषले पुस १० गते नागरिक अभिनन्दन गर्ने भएको छ ।
जनताले एमाले नेतृत्वको सरकार खोजेका छन् : उपाध्यक्ष ‘बादल’
नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले नेपाली जनताले नेकपा (एमाले) नेतृत्वको सरकार खोजेको बताउनुभएको छ । सोमबार एक कार्यक्रमबिच उपाध्यक्ष थापाले नेपाली जनताले नेकपा (एमाले) नेतृत्वको सरकार खोजेका बताउनुभएको हो ।
दलित सुकुम्वासीलाई जग्गाको निस्सा वितरण
ललितपुर महानगरपालिका, महाङ्काल गाउँपालिकाका ३६ घर परिवार भूमिहीन, दलित सुकुम्वासीलाई जग्गाको निस्सा वितरण गरिएको छ ।
माडीको सोमेश्वरगढीमा बढ्दै पर्यटक
चितवनको माडीस्थित सोमेश्वरगढी नेपाल र भारतको सिमाना (दशगजा) मा रहेको ऐतिहासिक धार्मिक पर्यटकीयस्थल हो । माडी उपत्यकाको दक्षिणमा पर्ने चुरे पहाडमा अवस्थित सोमेश्वर नेपाल र भारत दुवै देशका नागरिकको आस्थाको केन्द्रका रूपमा मानिन्छ ।
पाथीभरामा भक्तजनले चढाए १५ महिनामा ९८ तोला सुन
प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा पछिल्लो पटक ९८ तोलाभन्दा बढी सुन सङ्कलन भएको छ । पछिल्लो १५ महिनाको अवधिमा भक्तजनले चढाएको ९८ तोला ४१ लाल सुन सङ्कलन गरी तौल गरिएको तौल मूल्याङ्कन तथा ‘रिफाइन’ उपसमितिका अध्यक्ष शम्भुप्रसाद गौतमले बताउनुभयो ।
सिंहदरबारबाटै नारायणगढ-बुटवल र मुग्लिन-पोखरा सडकको ‘भर्चुअल’ निरीक्षण
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा रहेको ‘एक्सन रुम’बाट निर्माणाधीन नारायणगढ-बुटवल सडकखण्ड र मुग्लिन-पोखरा सडकखण्डको ‘भर्चुअल’ निरीक्षण गर्नुभएको छ ।
नेकपा एसमा विधान संशोधन सम्बन्धी प्रस्ताव पेस
सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालय बैठकमा विधान संशोधन सम्बन्धी प्रस्ताव पेस भएको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा सोमबार बसेको पार्टीको सचिवालय बैठकमा विधान संशोधन कार्यसमितिले विधान संशोधन सम्बन्धी प्रस्ताव पेस गरेको हो ।
‘अब केयुका बीडीएस टपरले गोल्ड मेडल पाउने’
काठमाडौँ विश्वविद्यालयले आगामी दीक्षान्त समारोहमा व्याचलर इन डेन्टल सर्जरी (बीडीएस) मा सर्वोत्कृष्ट एक जना विद्यार्थीलाई पनि स्वर्ण पदक दिने भएको छ ।
ललितपुर महानगरपालिकामा स्वास्थ्य बिमा सुरु
ललितपुर महानगरपालिकामा स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको छ । ललितपुर महानगरपालिकाको १०५औँ स्थापना दिवसको अवसरमा महानगरभित्र स्वास्थ्य बिमा सुरु भएको हो ।
मेलम्चीको पानी छिटो ल्याउन माग गर्दै प्रदर्शन
काठमाडौँ उपत्यका मेलम्ची खानेपानी सङ्घर्ष समितिले मेलम्चीको पानी छिटो काठमाडौँ ल्याउन माग गर्दै विरोध प्रदर्शन गरेको छ ।
नक्कली सवारी दर्ता किताब बनाउने पक्राउ
लिखत कीर्ते गरी नक्कली सवारी दर्ता किताब बनाएको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
निर्दोष व्यक्ति थुनामा पर्ने अवस्थाको अन्त्य गर्छु : प्रस्तावित न्यायाधीश पोखरेल
सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश सुनिलकुमार पोखरेलले आफू न्यायाधीश नियुक्त भएमा निर्दोष व्यक्ति लामो समय थुनामा बस्नुपर्ने अवस्थाको अन्त्य गर्ने बताउनुभएको छ ।
सभापति देउवाद्वारा मेहताको निधनप्रति दुःख व्यक्त
नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सुनसरीका पार्टी नेता लालीप्रसाद मेहताको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ ।
नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३८ दशमलव १४ अङ्कले उकालो लागेर दुई हजार ६० दशमलव ४९ मा पुगेको छ ।
सरकार र नेकपाबीच भएको तीनबुँदे सम्झौता कार्यान्वयन गर्न समाजवादी मोर्चाको आग्रह
समाजवादी मोर्चा नेपालले नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टीबीच भएको तीनबुँदे सम्झौता पूर्णरुपमा कार्यान्वयन गर्न सरकार र सम्बद्ध पक्षलाई आग्रह गरेको छ । मोर्चाका संयोजक माधवकुमार नेपालले आज वक्तव्य जारी गर्दै मुलुकको वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि द्वन्द्व पैदा हुने स्थिति आउन नदिन सबैमा आह्वान गर्नुभएको हो ।
स्वास्थ्य बीमाका बिरामीले १० प्रतिशत आफैँ तिर्नुपर्ने
स्वास्थ्य बीमाका बिरामीले लागत साझेदारी (कोपेमेन्ट) गर्नुपर्ने भएको छ । स्वास्थ्य बीमा बोर्डले आगामी माघ १ गतेदेखि १० प्रतिशत बिरामीबाट उपचार खर्च लिने गरी कोपेमेन्ट गर्न लागेको हो ।
अब योग्यताको आधारमा विश्वविद्यालयमा उपकुलपतिको नियुक्ति हुन्छ: प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहालले योग्यताको आधारमा त्रिभुवन विश्वविद्यालयमा उपकुलपतिको नियुक्ति गर्ने बताउनुभएको छ ।
सङ्घीय सांसदको टोली चीन प्रस्थान
सङ्घीय संसद्का सदस्यको एक टोली १० दिने चीन भ्रमणका लागि आज बेइजिङ प्रस्थान गरेको छ । नेकपा (माओवादी केन्द्र) का मुख्य सचेतक हितराज पाण्डेको नेतृत्वमा २० सदस्यीय टोली आज छेन्दु हुँदै बेइजिङ प्रस्थान गरेको हो ।
त्रिभुवन विश्वविद्यालयबाट ७४ हजार विद्यार्थी दीक्षित (फोटो फिचर)
त्रिभुवन विश्वविद्यालयको ४९ औँ दीक्षान्त समारोहमा आज विभिन्न सङ्काय र तहमा उपाधिप्राप्त १२ हजार चार सय १५ विद्यार्थी दीक्षित भएका छन् ।
आज अन्तर्राष्ट्रिय आप्रवासी दिवस मनाइँदै
आज डिसेम्बर १८ अर्थात अन्तर्राष्ट्रिय आप्रवासी दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । अन्तर्राष्ट्रिय आप्रवासी दिवस नेपालमा पनि सरकारी, गैरसरकारी, निजी क्षेत्र, ट्रेड युनियन, नागरिक सामाज र आप्रवासी श्रमिक तथा श्रमिकका परिवारले विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ ।