• ११ मंसिर २०८१, मङ्गलबार

दान सङ्कलन गरेर बिन्दाबासिनी मन्दिर निमार्ण

blog

सुनकोसी गाँउपालिका ७ वसन्तपुरमा निमार्ण भएको बिन्दाबासिनी मन्दिर । तस्बिर: चित्र

चित्र मिजार

सिन्धुपाल्चोक, फागुन २६ गते । सुनकोसी गाउँपालिका–७ पाङगे्रटारस्थित वसन्तपुरमा सहयोग जुटाएर बिन्दाबासिनी मन्दिर निमार्ण भएको छ । उक्त मन्दिर ३२ लाख बढी लागतमा निमार्ण सम्पन्न भएको निमार्ण समितिका अध्यक्ष शुकदेव तिमल्सिनाले जानकारी दिनुभयो । 

सुनकोसी गाउँपालिकाको १५ लाख, उक्त गाउँपालिका अध्यक्ष टपिन्द्रप्रसाद तिमल्सिनाले व्यक्तिगत रूपमा ५ लाख, निमार्ण समितिका अध्यक्ष शुकदेव तिमल्सिनाले व्यक्तिगत रूपमा ५ लाख, रामशरण तिमल्सिनाले १ लाख ५० हजार, ध्रुव तिमल्सिनाले १ लाख ११ हजार, सिताराम तिमल्सिना ५१ हजार, विनोद तिमल्सिनाले ५० हजार, प्रकाश तिमल्सिना ५० हजार, महेश तिमल्सिना ५० हजार लगायतका सहयोगीले सहयोगी दिएर उक्त मन्दिर निमार्ण भएको अध्यक्ष तिमल्सिनाले बताउनुभएको छ । 

सो मन्दिर निमार्णका लागि स्थानीयहरूले गच्छेअनुसार सहयोग गरेका छन् ।  विभिन्न सङ्घसंस्था र व्यक्तिको सहयोगमा मन्दिर निमार्ण भएको हो । मन्दिर निमार्णमा ५ हजारदेखि सहयोग गर्ने सहयोगी दाताको नाम शिलालेखमा राखिने अध्यक्ष तिमल्सिनाले बताउनुभयो । पोखरामा रहेको बिन्दाबासिनी मन्दिरको झल्को दिने उक्त मन्दिरमा माता बिन्दाबासिनीको प्रतिमा राखिएको छ । 

यसै गरी उक्त स्थान वसन्तपुरमै १ करोड ५० लाख बढी लागतमा निमार्ण हुने बाबा गोरखनाथ मन्दिरको शिलान्यास गरिएको छ । ९० फिट उचाइको भव्य गोरखनाथ मन्दिर बन्ने तिमल्सिनाले बताउनुभयो ।