• १५ वैशाख २०८१, शनिबार

अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला (फोटो फिचर)

blog

मेलमा सहभागि इण्डोनेसियाका कलाकार । तस्बिर: केशब गुरुङ

काठमाडौं, फागुन २५ गते। १२ औँ अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला २०८० आयोजना गरिएको छ। नेपाली लोक संस्कृतिको संरक्षण र संवर्द्धन गर्ने उद्देश्यले एभरेष्ट नेपाल कल्चर ग्रुपले शुक्रबार काठमाडौँको वसन्तपुर झोछेमा मेलाको आयोजना गरेको हो।

‘पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक संस्कृतिको आधार’ नारासहित काठमाडौँमा सुरु भएको मेला  देशका विभिन्न थलोमा आयोजना भएको छ।

फागुन २१ गते दाङको घोराही, फागुन २३ गते पोखरामा आयोजना भई सकेको छ भने फागुन २५ गते काठमाडौँको वसन्तपुर दरबार क्षेत्रमा आयोजना गरिएको मेला  फागुन २६ गते काठमाडौँको मनमैजुमा आयोजना हुनेछ।

मेलामा भारत, इण्डोनेसिया, मलेसिया, पोल्याण्ड, दक्षिण अफ्रिका, अष्ट्रिया, बेल्जियम, बोस्टवाना, इस्टोनिया, जर्मनीलगायत देशका कलाकारको सहभागिता छ। सो अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला बज्रकला कुञ्जले आयोजना गर्नुभएको हो ।

Author
केशब गुरुङ

केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।