जनताको आस्था र विश्वास नै न्यायपालिकाको पुँजी हो : प्रधानन्यायाधीश श्रेष्ठ
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिकाको पुँजी जनताको अदालतप्रतिको आस्था र विश्वास भएको बताउनुभएको छ । गोरखा जिल्ला अदालतको नवनिर्मित भवनको आज उद्घाटन गर्नुहुँदै उहाँले न्यायपालिकाले जनतामा अदालतप्रतिको आस्था र विश्वास अभिवृद्धि गर्दै लैजानुपर्नेमा जोड दिनुभयो ।
गोरखापत्रकर्मी अर्याललाई मातृ शोक
गोरखापत्र संस्थानमा कार्यरत प्रुफरिडर विनोद अर्यालकी आमा कृष्णकुमारी अर्यालको ८६ वर्षको उमेरमा निधन भएको छ ।
जनताका मौलिक संस्कृतिको संरक्षण गर्नुपर्छ : पूर्वप्रधानमन्त्री खनाल
नेकपा एकीकृत समाजवादीका नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले मुलुकमा सांस्कृतिक पहिचान कायम गर्न सबै जाति तथा समुदायका भाषा, साहित्यको संरक्षण गर्नुपर्ने बताउनुभएको छ ।
महिला तथा बालबालिका विभाग खारेज
सरकारले महिला तथा बालबालिका विभाग खारेज गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले महिला तथा बालबालिका विभाग खारेज गर्ने निर्णय गरेको हो ।
जर्मनी सरकारबाट प्रस्तावित पाँच अर्ब नौ करोड अनुदान स्वीकार गर्ने निर्णय
सरकारले जर्मनी सरकारबाट प्रस्तावित ३५ मिलियन यूरो (करिब पाँच अर्ब नौ करोड) अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।
परराष्ट्रमन्त्री साउदलाई रास्वपाको ध्यानार्कषणपत्र
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुसी सेनामा स्वस्फुर्त भर्ना भएका नेपालीको यकिन विवरण पत्ता लगाई नेपाल फर्काउन र बन्धक बनाइएकाको सकुशल रिहाइ गर्न सरकारको ध्यानार्कषण गराएको छ ।
नागढुङ्गाबाट दुई किलो सुनसहित तीन जना पक्राउ
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले आज काठमाडौँको नागढुङ्गाबाट दुई किलो सुनसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रसुवा गोसाइँकुण्ड गाउँपालिका घर भएका २६ वर्षीय विरु तामाङ, २८ वर्षीय ग्याल्सेङ तामाङ र २१ वर्षीय सुनिल भुजेल रहेका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिनुभयो ।
‘प्रत्यक्षतर्फ तेत्तीस प्रतिशत महिलालाई जिताउनुपर्छ’
प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले संविधानमा व्यवस्था गरिएको ३३ प्रतिशत महिला कोटामा प्रत्यक्षतर्फ नै महिलालाई जिताउनुपर्ने जरुरी भएको बताउनुभएको छ ।
लोकतन्त्रलाई परिणाममुखी बनाउन सामूहिक प्रतिबद्धता आवश्यक : प्रमुख निर्वाचन आयुक्त
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले लोकतन्त्रलाई परिणाममुखी बनाउन सामूहिक प्रतिबद्धता आवश्यक रहेको बताउनुभएको छ ।
रोकिएको हात्ती महोत्सव यसपालि हुँदै
विगत चार वर्षदेखि रोकिएको रोमाञ्चकारी हात्ती महोत्सव यस वर्ष पुनः नयाँ ढङ्गले हुने भएको छ ।
स्वास्थ्य क्षेत्रको रणनीति कार्यान्वयन गर्न सबैको सहयोग आवश्यक : मन्त्री बस्नेत
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रको लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण रणनीति, २०८० कार्यान्वयनका लागि सबैको सहयोग आवश्यक रहेको बताउनुभएको छ ।
इन्टरपोलको ९१औं महासभामा सहभागी भई प्रहरी महानिरीक्षक कुँवर स्वदेश फिर्ता
प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर अष्ट्रियाको भियनामा सम्पन्न इन्टरपोलको ९१औं महासभामा सहभागी भई स्वदेश फर्किनु भएको छ ।
सवारी दुर्घटनामा एकको मृत्यु
पूर्व पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका १५ स्थित रातोमाटे सडकखण्डमा बसको ठक्करबाट मोटरसाइकलमा सवार यात्रुको मृत्यु भएको छ ।
१४ किलो सुन छानबिन गर्न ६ सदस्यीय समिति गठन
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद करिब १४ किलो सुन छानबिन गर्न भन्सार विभागले ६ सदस्यीय छानबिन समिति गठन गरेको छ ।
रियल स्टेट र शेयर कर्जाको जाेखिम भार घट्यो
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/०८१ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ ।
हराउँदै छन् काठका ठेकी
उहाँ धेरै मेहनतका साथ खोलाको पानीलाई डोहो¥याएर उच्च स्थानमा ल्याई त्यहाँबाट झरेको पानीको सहायताले काठका ठेकी बनाउनुहुन्छ । रामेछाप र दोलखाको सिमानाबाट बग्ने मिल्ती खोलाको पानीको साहाराले काठमा जीवन्त कला भरेर काँचो काठलाई आकारमा ढाल्नुहुन्छ धनबहादुर।
आधा शतकदेखि लालपुर्जाको पखाईमा भुम्लूवासी
काभ्रेपलाञ्चोकको भुम्लू गाउँपालिकास्थित दुई वडाका करिब एक हजार दुई सय परिवार झन्डै ५० वर्षदेखि लालपुर्जाविहीन अवस्थामा रहका छन् । कैयौँ पटक सरकारीस्तरबाट स्थलगत भ्रमण र अनुगमन–निरीक्षण गरिए पनि अझै उनीहरुले लालपुर्जा (जग्गाधनी प्रमाणपुर्जा) पाएका छैनन् ।
बाहिर आउँदैनन् पुरुष हिंसाका तथ्याङ्क
घरपरिवार वा समाजमा पुरुषमाथि हुने हिंसाको यकिन तथ्याङ्क बाहिर आएको पाइँदैन ।
जथाभावी शतबीज नछर्न पशुपति क्षेत्र विकास कोषको आग्रह
पशुपतिनाथ मन्दिर परिसरमा यही मङ्सिर २४ गते रातिदेखि सुरु हुने बालाचतुर्दशी पर्वमा जथाभावी शतबीज नछर्न पशुपति क्षेत्र विकास कोषले आग्रह गरेको छ ।
उच्च रक्तचाप नियन्त्रणका उपायबारे काभ्रेमा छलफल
उच्च रक्तचाप नियन्त्रण गर्न काभ्रेपलाञ्चोकमा बृहत् छलफल सुरु गरिएको छ । धुलिखेलमा बिहीबारदेखि थालिएको कार्यशाला काभ्रेपलाञ्चोक, धादिङ, रामेछाप, चितवनलगायत जिल्लाका सरोकारवालाको सहभागिता छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १४ किलो सुनसहित घले पक्राउ
बिहीबार राती दुबई फ्लाइटबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँ आएका गोरखा वारपाकका चन्द्र घले करिब १४ किलो सुनसहित पक्राउ परेका छन् ।
मिटरब्याजीले लिएको सात कठ्ठा बढी जग्गा फिर्ता
मिटरब्याजीले लिएको सात कठ्ठा १३ दशमलव पाँच धुर जग्गा छलफलबाट पीडितलाई फिर्ता गरिएको छ । भरतपुर महानगरपालिका–४ निवासी पीडितको जग्गा भरतपुर –२ निवासी पीडकले फिर्ता गर्ने सहमति गरेका हुन् ।
मन्त्रालय नै सार्वजनिक गर्दैनन् सूचना
बागमती प्रदेश सरकारले कानुन पालना, पारदर्शी र नागरिकप्रति जवाफदेहिता पालना नगरेको पाइएको छ । ऐन, कानुनको पालना एवं कार्यान्वयन प्रदेश सरकारका मन्त्रालय र मातहतका निकायले नै गर्ने गरेका छैनन् । बागमती प्रदेश सरकारले सरकारको कामकारबाहीलाई खुला र पारदर्शी बनाई नागरिकप्रति जवाफदेही र जिम्मेवार बनाउन प्रदेश सूचनाको हकसम्बन्धी ऐन, २०७६ बनाएको छ । ऐनमा सार्वजनिक निकायले आफ्नो निकायसँग सम्बन्धित सूचनासहितको विवरण चौमासिक रूपमा स्वतः प्रकाशन गर्नुपर्ने व्यवस्था गरिएको छ । तथापि, प्रदेश सरकारका मन्त्रालय र सरकारका निकायले नै उक्त ऐन पालना एवं कार्यान्वयनमा अटेर गर्दै आएका छन् ।
सतुङ्गल सडक एक महिना बन्द
बागमती प्रदेशको राजधानी हेटौँडालाई सङ्घीय राजधानी काठमाडौँसँग जोड्ने सबैभन्दा छोटो मार्ग महालक्ष्मीखोला–चखेल–देउराली–मातातीर्थ–सतुङ्गल सडक एक महिनाका लागि बन्द गरिएको छ । सडक स्तरोन्नतिको काम भइरहेकाले बिहीबारबाट एक महिनाका लागि सवारी आवागमन बन्द गरिएको हो । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–५ का वडाध्यक्ष दूतराज तितुङका अनुसार मकवानपुर र काठमाडौँ दुवैतर्फ सडक स्तरोन्नतिको काम भइरहेको र निर्धारित समयसीमाभित्र सडकको काम पूरा गर्नुपर्ने भएकाले सवारी आवागमन बन्द गरिएको हो ।