• १३ साउन २०८१, आइतबार

सरकार फेरिने, नफेरिनेबारे प्रधानमन्त्रीलाई थाहा होला: अध्यक्ष ओली

blog

काठमाडौँ,  फागुन २१ गते । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार परिवर्तनबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई थाहा हुने बताउनुभएको छ । सोमबार बिहान बालकोटमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीको जिज्ञासामा बोल्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।

अध्यक्ष ओलीले भन्नुभयो, यो सरकार फेरिन्छ, फेरिँदैन प्रधानमन्त्रीले जान्नुपर्ने कुरा हो । प्रधानमन्त्रीजीले बोलाउनुभएको छ, सायद चिया खाना बोलाउनुभएको होला । यसै गरी, एमाले उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्री प्रचण्डले अहिले भइरहेको गठबन्धन टुटाउन चाहेमा नयाँ ढङ्गले छलफल गर्न एमाले तयार रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, देशको राजनीतिक स्थिति कति अप्ठ्यारो छ । एक्लै अघि बढ्ने  स्थिति  त छैन । कुनै न कुनैसँग सहकार्य गर्नुपर्ने बाध्यात्मक स्थिति छ, जसबाट जनताले डेलिभरी पाउला तुलनात्मक रूपमा । प्रधानमन्त्रीले गठबन्धन टुटाउन चाहने हो भने नयाँ ढङ्गले छलफल गर्न तयार छौँ ।