• २४ वैशाख २०८१, सोमबार

माओवादीले गठबन्धन टुटाए नयाँ समीकरण बनाएर जान एमाले तयार

blog

काठमाडौँ, फागुन २१ गते । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को सचिवालय बैठक सम्पन्न भएको छ । सरकारको नेतृत्व गर्दै आएको नेकपा (माओवादी) ले अर्को सत्ताको घटक नेपाली काँग्रेससँगको गठबन्धन टुटाएमा एमाले सरकारमा जाने निष्कर्ष निकालेको हो । 

बैठकले माओवादीले तत्काल सत्ता गठबन्धन टुटाए नयाँ समीकरण बनाएर अघि बढ्ने निष्कर्षमा पुगेको नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काँग्रेससँगको सत्ता गठबन्धन टुटाए सहकार्यका लागि नयाँ ढङ्गले छलफल गर्न एमाले तयार रहेको उहाँको बताउनुभयो । आज बिहान अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आकस्मिक रूपमा सचिवालय बैठक बसेको थियो ।