• १६ भदौ २०८१, आइतबार

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबिच भेटवार्ता

blog

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताबिच बालुवाटारमा भेटघाट । तस्बिर : प्रदीपराज वन्त

काठमाडौँ, फागुन २१ गते । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता जारी रहेको छ ।

अध्यक्ष ओलीका प्रेस संयोजक रामशरण बजगाइले करिब आधा घण्टादेखि बालुवाटारमा उहाँहरूबिच छलफल जारी रहेको जानकारी दिनुभयो । बैठक परिसरमा सञ्चारकर्मीसँग बोल्दै माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले  राजनीतिक कोर्स नयाँ ढङ्गबाट अघि बढ्ने विषयमा छलफल भइरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो सबै कुराको एकता गरेर अघि जानुपर्छ भन्ने छलफल चलिरहेको छ । नयाँ स्टपेमा अघि बढ्दा वामपन्थी समीकरणको कुरा अघि बढ्छ । वामपन्थी पृष्ठभूमिमा माधव नेपालजी र  उहाँको पार्टीलाई सँगै लाने, उपेन्द्रजी समाजवादी मोर्चामै हुनुहुन्छ