• ८ जेठ २०८१, मङ्गलबार

काँग्रेस प्रमुख सचेतक लेखक भारतमा सम्मानित

blog

काठमाडौँ, मङ्सिर १० गते । नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखक भारतमा सम्मानित हुनुभएको छ । लखनउ  विश्वविद्यालयले  विश्वविद्यालयबाट अध्ययन गरी काँग्रेसको प्रमुख सचेतक तथा राजनीतिको माध्यमबाट समाजमा योगदान पुर्‍याएको भन्दै सम्मान गरेको हो ।

विश्वविद्यालयले लेखकसहित  स्वदेश तथा  विदेशमा  समाजका विभिन्न ओहदामा रही विशिष्ट योगदान पुर्‍याएका ७ पूर्वविद्यार्थीहरुलाई  विश्वविद्यालयको १०३ औ स्थापना दिवसको उपलक्ष्यमा सम्मान गरेको हो ।

लेखकले सन् १७८३ देखि १९८९ सम्म लखनउ विश्वविद्यालयबाट कानुनमा स्नातक र इतिहासमा स्नातकोत्तर अध्ययन गर्नुभएको थियो ।