• ६ जेठ २०८१, आइतबार

तीनकुने पुगेका व्यवसायी प्रसाईंका समर्थक पक्राउ

blog

व्यवसायी दुर्गा प्रसाईंले आह्वान गरेको विरोध प्रदर्शनमा सहभागी हुन तीनकुने पुगेका प्रदर्शनकारीलाई पक्राउ गर्दै प्रहरी । तस्बिर : गोरखापत्र

काठमाडौं, मङ्सिर ८ गते । व्यवसायी दुर्गा प्रसाईंले आह्वान गरेको विरोध प्रदर्शनमा सहभागी हुन तीनकुने पुगेका प्रदर्शनकारीहरु पक्राउ परेका छन् ।

बिहीबार बल्खु क्षेत्रमा आन्दोलन गरेका व्यवसायी प्रसाईं समूहले आज (शुक्रबार)बाट तीनकुनेमा प्रदर्शन गर्ने बताएका थिए । तर जिल्ला प्रशासन कार्यालय काठमाडौंले भने तीनकुनेमा कार्यक्रम गर्न प्रसाईंलाई अनुमति दिएको छैन ।

अहिले तीनकुनेमा प्रहरी बाक्लोरूपमा परिचालन गरिएको छ । त्यहाँ हिँडडुल गर्ने सर्वसाधारणलाई समेत प्रहरीले निगरानी बढाएको छ । शङ्कास्पद व्यक्तिमाथि प्रहरीले निगरानी खानतलासी गरिरहेको छ ।