• ५ जेठ २०८१, शनिबार

प्रधानमन्त्री र कतारका विदेश राज्यमन्त्रीबीच भेट

blog

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेटवार्ता गर्नुहुँदै कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखैरी । तस्बिर : गोरखापत्र

काठमाडौं, मङ्सिर ८ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखैरीबीच शिष्टाचार भेटवार्ता भएको छ ।

नेपालको दुई दिने भ्रमणमा बिहीबार काठमाडौं आउनुभएका अल–मुखैरीले शुक्रबार प्रधानमन्त्री प्रचण्डसँग भेट गर्नुभएको हो ।

भेटमा दुई देशबीचको सम्बन्ध विस्तारबारे छलफल भएको छ । साथै भेटका क्रममा रोजगारी, व्यापार तथा लगानी आदानप्रदान, सहकार्यको विकास र उच्च स्तरीय भ्रमणलगायत साझा हितका विषयमा छलफल भएको थियो ।