बेमौसममा पनि सौराहामा पर्यटकीय चहलपहल
चितवन निकुञ्ज आसपासका क्षेत्र बर्सातको तीन महिना ‘अफ सिजन’ मानिन्छ तर यस वर्ष भने बर्सातको समय ‘अफ सिजन’ नभएको पर्यटन व्यवसायीले जानकारी दिएका छन् । जङ्गल सफारीका लागि परिचित चितवन राष्ट्रिय निकुञ्जमा यही असार १६ देखि जिप सफारीका लागि जङ्गल प्रवेशमा रोक लगाइएको छ । निकुञ्जभित्र प्रवेश रोक लगाए पनि मध्यवर्ती क्षेत्रमा भने पर्यटकको गतिविधि रोकिएको छैन ।
जङ्गली च्याउ खाँदा सात जना बिरामी
मकवानपुरको भीमफेदी गाउँपालिकामा जङ्गली च्याउ खाँदा एकै परिवारका सात जना बिरामी परेका छन् ।
नेकपा एसको नेतृत्व चयन हुँदै
नेकपा (एकीकृत समाजवादी) को नेतृत्व चयनका लागि आज निर्वाचन हुँदै छ । शीर्ष नेताहरूबिच सकेसम्म सहमति गरेर नेतृत्व टुङ्ग्याउने भनिए पनि अहिलेसम्म सहमति जुट्न सकेको छैन ।
जिल्ला प्रशासन कार्यालयमा स्वास्थ्य सहायता केन्द्र सञ्चालन
जिल्ला प्रशासन कार्यालय नुवाकोटमा ज्येष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षणको लागि स्वास्थ्य सहायता केन्द्र सञ्चालनमा ल्याइएको छ ।
बालबालिकामा पुस्तक पढ्ने बानीकाे विकासमा जाेड
नेपाल प्रज्ञा– प्रतिष्ठानका उपकुलपति तथा बाल साहित्य विभाग प्रमुख विमलकृष्ण श्रेष्ठले बाल्यकालदेखि नै बालबालिकामा पुस्तक पढ्ने बानी लगाउनुपर्नेमा जोड दिनु भएको छ । बाल्यकालको अध्ययन बानीले जीवनभरका लागि काम लाग्ने बताउनु हुँदै उहाँले हिजोआज अध्ययनको संस्कार नै हट्दै गएको बताउनुभयो ।
रास्वपा महामन्त्री ढकाल सात दिनका लागि निलम्बित
राष्ट्रिय स्वतन्त्र पार्टी [रास्वपा]ले पार्टीका महामन्त्री एवं प्रवक्ता डा मुलुक ढकाललाई एक हप्ताका लागि निलम्बन गरेको छ । पार्टीको अनुशासन आयोगको सिफारिसमा उहाँलाई पार्टीको केन्द्रीय समितिले निलम्बन गरेको हो ।
नेपाली नाटकको भूमिकामाथि परिसंवाद
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको नाटक विभागद्वारा ‘सामाजिक जागरणमा नेपाली नाटकको भूमिका’ विषयक परिसंवाद बुधबार सम्पन्न गरिएको छ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सभा सदस्य पुरु लम्सालले ‘सामाजिक जागरणमा नेपाली नाटकको भूमिका’ विषयमा तयार पारिएको लघु अनुसन्धान प्रस्तुत गर्नुभएको थियो ।
सडक भित्रिएपछि हरायो पोल्दक
गहुँको जाँडमा गहुँकै सातु मिसाएर तयार पारिएको खाजा हो, पोल्दक । दोलखाका जिरेल समुदायमा पोल्दक कुनै समय निकै प्रचलनमा थियो । करिब एक मानाको डल्लो (गहुँको जाँड र सातु मिसाइएको) पोल्दक र आलुको अचारसहितको खाजा जिरेल समुदायमा निकै सम्मानित मानिन्थ्यो । यसले थोरै मादकता दिन्थ्यो । भोक मेटिन्थ्यो । थकाइ बिर्सिइन्थ्यो । आपसमा रमाइलो गरी मेला सकिन्थ्यो । जिरी माध्यमिक विद्यालयका पूर्वप्रधानाध्यापक टेकबहादुर जिरेलका अनुसार खेतीको समयमा पोल्दक अनिवार्य हुन्थ्यो । अहिले आधुनिकतासँगै जिरेल समुदायको परम्परागत खाजा पोल्दक विस्थापित भएको छ ।
साढे सात अर्बको अलैँची निर्यात
चालु आर्थिक वर्षको ११ महिनामा सात अर्ब ४७ करोड ६५ लाख ३६ हजार रुपियाँ बराबरको अलैँची निर्यात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आवको साउनदेखि जेठ महिनासम्म सात अर्ब ४७ करोड रुपियाँ बराबरको ११ हजार ७९९ मेट्रिक टन अलैँची निर्यात भएका छन् । गत वर्षको सो अवधिमा सात अर्ब ७० करोड २१ लाख ८६ हजार रुपियाँ बराबरको १५ हजार ६४४ मेट्रिक टन अलैँची निर्यात भएको थियो । अधिकांश वस्तुको जस्तै अलैँचीको निर्यातमा समेत कमी आएको छ । गत वर्षको तुलनामा यस अलैँची निर्यातमा वर्ष २३ करोड रुपियाँ वर्ष २३ करोड रुपियाँ बराबरको कमी आएको विभागको तथ्याङ्कमा उल्लेख छ ।
सडकको खाल्डोमा पानी भरिँदा दुर्घटना
पठाओ चालक विकल शाक्यको मोटरसाइकल नयाँबजारस्थित सोह्रखुट्टे–बालाजु सडकखण्डमा पानीले भरिएको खाल्डोमा दुर्घटना भयो । बुधबार बिहान खाल्डोमा खसेको मोटरसाइकलमा यात्रुसहित दुई जना हुनुहुन्थ्यो । मानवीय क्षति नभए पनि मोटरसाइकल र मोबाइलमा भने क्षति भयो ।
एक व्यक्ति एक सहकारीमा मात्र सञ्चालक
अब एक व्यक्ति एकभन्दा धेरै सहकारी संस्थामा सञ्चालक हुन नपाउने भएको छ । एकभन्दा धेरै सहकारी संस्थामा सञ्चालक हुनेले एउटामा मात्र रहने गरी अन्य संस्थाबाट सञ्चालक पद छाड्नुपर्ने भएको छ । सहकारी संस्थाको नियामक निकाय सङ्घीय सहकारी विभागले बुधबार एक सर्कुलर जारी गर्दै नयाँ व्यवस्था अनुसार नगर्ने सञ्चालकलाई कारबाही गर्ने जनाएको छ । विभागका अनुसार सहकारी बैङ्कको हकमा समेत यही नियम लागु हुने भएको छ ।
कोरियाको भिसा समय बेच्ने आठ जना पक्राउ
दक्षिण कोरिया दूतावासको भिसा लिने समय बेचेर ठगी गर्ने आठ जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बुधबार भोजपुरको पौवादुङ्मा–५ का दीपेन्द्र राई, नवलपुरको देवचुली–१२ का पवन काफ्ले, कावासोती–८ का सङ्घर्ष ढकाल, काठमाडौँ कलङ्कीका नवीन पौडेल, पोखरा–९ का समेश शेरचन र गोरखाको चुमनुब्री का–७ का छिरिङ निमा लामा रहेको जनाएको छ । पक्राउ पर्ने अन्य दुई जनाको नाम प्रहरीले खुलाएको छैन ।
एआई प्रयोगको अवधारणापत्र तयार
नेपालमा कृत्रिम बौद्धिकता (एआई) को प्रयोग तथा अभ्याससम्बन्धी अवधारणापत्र तयार पारिएको छ । अवधारणाकै अभावमा नीति र कानुन पनि बन्न समस्या भएको सन्दर्भमा ती सबैको आधार तय गर्न सरकारले पहिलो पटक यससम्बन्धी अवधारणापत्र तयार गरेको हो । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग तथा अभ्याससम्बन्धी अवधारणा नै नभएको अवस्थामा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अवधारणापत्र तयार पारेको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गठन गरेको समितिले अवधारणापत्रको प्रतिवेदन बुधबार प्रस्तुत गरेको हो । मन्त्रालयका सहसचिव अनिलकुमार दत्तको संयोजकत्वमा गठित समितिका सदस्य मन्त्रालयका उपसचिव नारायण तिमिल्सिना, सूचना प्रविधि विभागका सूचना प्रविधि निर्देशक पवित्र डङ्गोल, इन्जिनियरिङ अध्ययन संस्थानका उपप्राध्यापक डा. बाबुराम दवाडी र सदस्य सचिवमा मन्त्रालयका कम्प्युटर इन्जिनियर सूर्यप्रकाश उपाध्याय रहनुभएको थियो । पाँच महिनाको अध्ययनपछि तयार पारिएको प्रतिवेदनमा एआईको विकास, प्रयो
महाधिवेशनमा प्रस्तुत दस्तावेज अनुमोदन
नेकपा (एकीकृत समाजवादी) को दशौँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गरिएका विभिन्न दस्तावेज अनुमोदन गरिएको छ । महाधिवेशन प्रतिनिधिद्वारा राजनीतिक, समाजवादी कार्यक्रम, विधान र साङ्गठनिक दस्तावेजलाई सुझावसहित अनुमोदन गरिएको पार्टी सचिव जीवनराम श्रेष्ठले जानकारी दिनुभयो ।
कांग्रेस-एमाले गठबन्धनलाई समर्थन गर्ने लोसपाको निर्णय
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बिच राष्ट्रिय सहमतिको सरकार गठन गर्न भएको सहमतिलाई सकारात्मक भन्दै त्यसको समर्थन गरेको छ ।
‘परिपक्व पत्रकारिताका लागि सम्पादकीय स्वतन्त्रता आवश्यक’
प्रेस काउन्सिल नेपालले परिपक्व पत्रकारिताका लागि सञ्चारमाध्यममा सम्पादकीय स्वतन्त्रता प्रदान गरिनुपर्ने आवश्यकता औँल्याएको छ ।
आधारहीन समाचार प्रसारण नगर्न प्रहरीको ध्यानाकर्षण
प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरोले भ्रामक तथा आधारहीन समाचार प्रसारण नगर्न ध्यानाकर्षण गराएको छ ।
रासायनिक मलको निर्भरता हटाउन स्वदेशमै जैविक मल उत्पादन गरिँदै
मुलुकमा रासायनिक मल उत्पादन गर्ने कारखाना नभएकाले कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयमार्फत अनुदानमा अन्तर्राष्ट्रिय बजारबाट आयात गरेर किसानसम्म पुर्याइने गरिएको छ ।
कांग्रेसद्वारा एमालेसँग भएको सहमतिको स्वागत र समर्थन
नेपाली कांग्रेसले नेपाल कम्युनिष्ट पार्टी (एमाले) सँग यही असार १७ गते राष्ट्रिय सहमतिको सरकार गठबन्धनमा गरेको सहमतिको स्वागत एवम् समर्थन गरेको छ ।
मिडियाको नीतिगत तहमा दलितको सहभागिता शून्य
संविधानको धारा ४० मा पहिलो पटक दलित हकको सुनिश्चित गरिएको छ । संविधानमा राज्यका सबै निकायमा दलितलाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने व्यवस्था गरिएको छ ।
‘कृषि दशकको कार्यान्वयनबाट समृद्धि सम्भव छ’
राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा समेटिएको कृषि दशकको कार्यान्वयनबाट समृद्धि सम्भव भएको बताउनुभएको छ ।
नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक तीन दशमलव ७९ अङ्कले बढेर दुई हजार एक सय चार दशमलव २२ को अङ्कमा कायम भएको हो ।
लगानी सम्मेलनमा प्रस्तुत दुई आयोजनामा आशयपत्र प्राप्त
गत वैशाख १६ र १७ गते यहाँ आयोजित तेस्रो लगानी सम्मेलनमा प्रस्तुत दुई आयोजनाका लागि आशयपत्र प्राप्त भएका छन् ।
संसदमा साङ्केतिक भाषाको दोभासे राख्न माग
संसदमा साङ्केतिक भाषाका लागि दोभासे राख्न माग गरिएको छ । राष्ट्रियसभाको आज बसेको बैठकको शून्य समयमा सांसद पदमबहादुर परियारले दोभासे राख्न माग गर्दै श्रवण शक्ति कमजोर भएकाहरूका लागि संसद् गतिविधिबारे जानकारी गराउन आवश्यक रहेको बताउनुभयो ।