प्रदेशले संविधानप्रदत्त एकल अधिकार पाएनन् : मन्त्री लामिछाने
बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले राजनीतिक समूहको घेराबन्दीमा पर्दा प्रदेश सरकारहरूले एकल अधिकारको सूचिमा रहेका अधिकारहरूको कार्यान्वयन गर्न नसकेको टिप्पणी गर्नुभएको छ ।
‘पर्वतीय क्षेत्रलाई जलवायु सङ्कटबाट जोगाउन सहकार्य गर्नुपर्नेमा जोड’
पछिल्लो समय जलवायु परिवर्तनले निम्ताउँदै गरेको सङ्कट न्यूनीकरणका लागि सहकार्य आवश्यक रहेकामा सरोकार भएकाहरूले जोड दिएका छन् ।
जापान पठाइदिन्छु भनी ठगी गर्ने एक जना पक्राउ
वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी जापान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
यही कार्यकालमा देशले समृद्धितर्फ फड्को मार्छ : अर्थमन्त्री
नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल वर्तमान सरकारका उपप्रधानमन्त्री एवं अर्थमन्त्री हुनुहुन्छ । कोरोना महामारी, रुस युक्रेन युद्ध आदिका कारण बिग्रिएको विश्वको अर्थतन्त्रको असर नेपालमा पनि पर्यो र अर्थतन्त्र सङ्कटमा परेका बेला उहाँले अर्थमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको छ ।
साङ्गठनिक संरचना फेरबदल गर्दै एकीकृत समाजवादी
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को आजको स्थायी कमिटी बैठकले पार्टी नेताहरूको कार्य विभाजन तथा संरचनामा फेरबदल गर्ने भएको छ ।
पुँजीबजार चलायमान बनाउन लगानीकर्ताको मुख्य भूमिका हुन्छः बोर्ड अध्यक्ष श्रेष्ठ
नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पुँजीबजार चलायमान हुन लगानीकर्ताको मनोबल उच्च हुन आवश्यक रहेको बताउनुभएको छ ।
एनपिएलः आज दुई खेल हुँदै
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)मा आज दुई खेल हुँदैछन् ।
नेपाली चलचित्रलाई प्राथमिकता
काठमाडौँको मौसम चिसिएसँगै नेपाली चलचित्रको व्यापार पनि चिसिन थालेको छ ।
महानगर दिवसमा साङ्गीतिक प्रस्तुति
चर्चित कलाकार र ब्यान्डले मङ्सिर २९ गते टुँडिखेल मैदानमा साङ्गीतिक प्रस्तुति दिने भएका छन् ।
३.९ डिग्रीमा झर्यो काठमाडौँको तापक्रम
काठमाडौँ उपत्यकामा निरन्तर तापक्रम घटिरहेको छ । यो क्रम जारी रहने मौसमविद्हरूले बताएका छन् । यद्यपि यहाँको मौसम भने सफा रहने छ ।
नवदुर्गा नाच सम्पन्न
मल्लकालदेखि भक्तपुरबाट नवदुर्गाका गण आएर पशुपति क्षेत्रको जयवागेश्वरीमा देखाइने नवदुर्गा नाच सम्पन्न भएको छ ।
करिब सवा २१ अर्बको सहायता सम्झौता
नेपाल र एसियाली विकास बैङ्क (एडिबी) बिच नवीनतम यान्त्रिक सिँचाइ आयोजना र जलवायु उत्थानशील परिदृश्य र जीविकोपार्जन आयोजना (सिएलआरआरपी)
उद्योग वाणिज्य महासङ्घमा अध्यक्ष अब निर्वाचनबाटै
नेपाल उद्योग वाणिज्य महासङ्घ पुनः प्रत्यक्ष निर्वाचित अध्यक्ष प्रणालीमा फर्किएको छ ।
नेपालीलाई मलेसिया घुम्न आग्रह
नेपालका लागि मलेसियाका कार्यवाहक राजदूत मोहम्मद फिरदस आजमानले नेपालीलाई मलेसिया घुम्न जान आग्रह गर्नुभएको छ ।
प्रसारण लाइन निर्माणमा तीव्रता
मर्स्याङ्दी कोरिडोर २२० केभी प्रसारण लाइन आयोजना अन्तर्गत लमजुङको उदिपुर सबस्टेसनबाट तनहुँको आँबुखैरनीस्थित
आन्तरिक रोजगारी प्रवर्धन गर्नुपर्ने
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले आन्तरिक रोजगारीलाई प्रवर्धन गर्नुपर्ने बताउनुभएको छ
लैङ्गिक हिंसा अन्त्य हुनुपर्नेमा जोड
राष्ट्रिय सभाका उपाध्यक्ष बिमला घिमिरेले लैङ्गिक हिंसाको न्यूनीकरण होइन, अन्त्य हुनुपर्नेमा जोड दिनुभएको छ ।
जनसङ्ख्या नीति संशोधन गरिने
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले राष्ट्रिय जनसङ्ख्या नीति–२०७१ लाई संशोधन गरेर नयाँ नीति ल्याउन प्रक्रिया अघि बढाइएको बताउनुभएको छ ।
‘शिक्षकलाई राजनीतिबाट टाढा राखौँ’
सामुदायिक विद्यालयका शिक्षकलाई दलगत राजनीतिक गतिविधिबाट टाढा राख्न शिक्षाविद् तथा यस क्षेत्रका जानकारहरूले सुझाव दिनुभएको छ ।
सेवा प्रवाहमा स्थानीय सरकार सफल
पाँच वर्षका लागि निर्वाचित भएका स्थानीय तहका जनप्रतिनिधिको आधा कार्यकाल पूरा हुँदा सेवा प्रवाह र विकास निर्माणका क्षेत्रमा अपेक्षाकृत परिणाम हासिल भएका छन् ।
उपसचिवको आन्तरिक प्रतिस्पर्धा आफ्नै समूहबाट
लोक सेवा आयोगले राजपत्राङ्कित द्वितीय श्रेणी (उपसचिव) सम्मको आन्तरिक प्रतिस्पर्धाबाट हुने बढुवामा सम्बन्धित सेवा र समूहमा मात्र सीमित गर्नुपर्ने सुझाव दिएको छ ।
थानसिङमा बकुल्ला चरा
नुवाकोटको लिखु गाउँपालिका थानसिङमा बुधबार रुखमा बसिरहेका बकुल्ला चरा । अहाराका खोजीमा आउने पकुल्ला चरा यहाँ बास बस्ने गरेका छन् ।
प्रधानसेनापति सिग्देलद्वारा भारतीय समकक्षीसँग भेटवार्ता
मित्रराष्ट्र भारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति महारथी अशोकराज सिग्देलले आज भारतीयस्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीसँग भेटवार्ता गर्नुभएको छ ।
उपराष्ट्रपति यादव कतारको राष्ट्रिय दिवसमा सरिक
उपराष्ट्रपति रामसहायप्रसाद यादव मित्रराष्ट्र कतारको राष्ट्रिय दिवसको अवसरमा बुधबार काठमाडौँमा आयोजित विशेष कार्यक्रम (रिसेप्सन) मा सरिक हुनुभएको छ ।